गर्भावस्थाको अवधिमा चेतावनी संकेतहरू

तपाईंको गर्भावस्थाको अवधिमा निम्नमध्ये कुनै पनि अवस्था देखापर्छ भने, तपाईंले तुरून्तै चिकित्सकसँग परामर्श लिनुपर्छ वा अस्पतालको दुर्घटना तथा आपतकालीन विभागमा उपस्थित हुनुपर्छ:

  • पानी बग्ने वा पानी बग्ने संदिग्ध भएमा
  • योनी रक्तस्राव
  • लगातार पेट दुख्ने
  • गम्भीर वा तीव्र रूपमा सूजन बिग्रने (कृपया "प्रि-एक्लेम्पसिया" पुस्तिकाको सन्दर्भ लिनुहोस्)
  • गम्भीर रूपमा टाउको दुख्ने (कृपया "प्रि-एक्लेम्पसिया" पुस्तिकाको सन्दर्भ लिनुहोस्)
  • बच्चाको चालहरू उल्लेखनीय रूपमा घट्ने (कृपया "बच्चाको चालहरू" पुस्तिकाको सन्दर्भ लिनुहोस्)

पानी बग्ने

गर्भावस्थाको अवधिमा, तपाईंको बच्चा एमनियोटिक थैली भनिने तरल पदार्थले भरिएको झिल्लीको थैलीद्धारा घेरिन्छ। एमनियोटिक थैलीको झिल्ली फुट्दा, यसलाई पानी बग्ने वा चुहिने भनेर चिनिन्छ। गर्भवती महिलाहरूले तरल पदार्थ फुटेको वा योनीबाट पानी जस्तो तरल पदार्थको सानो मात्रा निरन्तर चुहिएको महसुस गर्न सक्छन्।

सामान्यतया प्रसव हुनुभन्दा अलिअघि वा प्रसवको अवधिमा पानी बग्ने वा चुहिने हुन्छ। अर्कोतर्फ, गर्भावस्थाको कुनै पनि चरणमा वा प्रसव सुरु हुनुभन्दा अगाडि पनि पानी बग्ने हुन सक्छ। यसलाई "प्रसव-पूर्व झिल्ली फुट्ने" भनिन्छ। धेरैजसो गर्भवती महिलाहरू झिल्ली फुटेको 24 घण्टाभित्र स्वाभाविक प्रसवमा जानेछन्। झिल्ली फुटे पश्चात समयावधि बढेसँगै गर्भ र बच्चाको संक्रमणको जोखिम बढ्दै जान्छ। यसकारण, एकपटक पानी बगेपछि तपाईं प्रसूति विशेषज्ञद्धारा मूल्याङ्कनका लागि तुरून्तै अस्पताल जानुपर्छ।

केही अवश्थाहरूमा, एमनियोटिक तरल पदार्थको अलि सानो मात्रा मात्र चुहिएको छ भयो भने, पानी बग्ने तथा योनीबाट पानी बग्ने वा मूत्र असंयम बीचको भिन्नता बताउन कठीन हुन सक्छ। तपाईं अनिश्चित हुनुहुन्छ भने, कृपया थप मूल्याङ्कनका लागि तुरून्तै आफ्नो प्रसूति विशेषज्ञसँग परामर्श लिनुहोस्।