गर्भवती आमाहरूले छोड्न वा सीमित गर्न आवश्यक पर्ने खाद्य पदार्थ वा पदार्थ

(Published 01/2017)

स्वास्थ्यकर जीवनशैलिले गर्भवती आमा र विकास भइरहेको पेटका भ्रूणहरूलाई सुरक्षित राख्दछ। गर्भवती आमाहरू निम्न बानी र अभ्यासहरूबाट टाढा रहन पर्छ।

  1. घुम्रपान छोड्ने

    चुरोट घुम्रपानले गर्भमै बच्चाको मृत्य हुने, समय भन्दा अगाडि जन्म हुने र जन्ममा कम तौल हुने जोखिमलाई बढाउँछ। घुम्रपान गरेको व्यक्तिको वरिपरि बस्नाले अचानक शिशुको मृत्यु हुने सिन्ड्रोम (SIDS), निमोनिया, ब्रोन्चिटिज र साना बालबालिकामा दमको जोखिमलाई बढाउँछ। तपाईंलाई घुम्रपान छोड्नमा मद्दत गर्नका लागि धैरै धुम्रपान निवारण कार्यक्रमहरू उपलब्ध छन्। यी कार्यक्रमहरू बारे आफ्नो चिकित्सक र परिचारिकालाई सोध्नुहोस्। गर्भवती आमाहरूका परिवार सदस्यहरूले घुम्रपान छोड्नेमा विचार गर्नुपर्छ।

  2. मदिरा पदार्थ (बियर, वाइन र मदिरासहित) छोड्ने

    मदिराले विकास भइरेहेको भ्रूणलाई हानी पुर्याउँछ। मदिरा सेवनले गर्भपात र गर्भमै बच्चाको मृत्यु हुने जोखिमलाई बढाउँछ। यसले कम तौल भएको, जन्मजात विकार, वृद्धि तथा विकासात्मक समस्याहरू भएको बच्चामा जोखिमलाई बढाउँछ। गर्भवती आमाहरूले मदिराको मात्रा जति भएता पनि सबै प्रकारहरूको मदिरा पदार्थको सेवनलाई छोड्नु पर्छ।

  3. उच्चा स्तरहरूमा मिथाइलमर्कुरी समावेश भएको माछा नखानुहोस्

    उच्च स्तरहरूमा, मिथाइलमर्कुरीले भ्रूण, शिशु र साना बालबालिकाको विकास भइरहेको स्नायु प्रणाली र मस्तिष्कलाई क्षति पुर्याउँछ। गर्भवती आमाहरूले सार्क (र सार्क फिन्स जस्ता त्यसका उत्पादन), स्वोर्डफिस, मार्लिन, किंग मैकेरल, ब्लूफिन टूना, बिगआई टूना, अल्बकोर टूना, येलोफिन टूना, स्पलेन्डिड अल्फोन्सिनो, ऑरेंज रफी, येलोबैकसेब्रीम र ड्यास-र-डट गोटफिस आदि सहित मिथाइलमर्कुरीका उच्च स्तरहरू समावेश भएको माछा खान छोड्नुपर्छ।

  4. काँचो तथा कम पाकेको समुद्री खाद्य, मासु र अण्डाहरू नखानुहोस्

    गर्भवती आमाहरूले खाद्य विषाक्तलाई रोक्न सबै राम्रोसँग पकाइएको खाना खानुपर्छ। मासु काट्दा खुन देखिएको छैन वा जुस रातो छैन भनी सुनिश्चित गर्नुहोस्। अण्डाको पहेँलो भाग जमेको हुनुपर्छ, पातलो होइन। खानालाई कम्तीमा पनि 30 सेकेण्डसम्मको लागि कम्तीमा पनि 75℃ मा पकाउनुहोस् वा फेरी तातो गराउनुहोस्।

  5. खानको लागि तयार फ्रिजमा राखिएका खानाहरू खान बन्द गर्नुहोस्

    चिसो तयार खाना र फ्रिजमा राखिएका खानाहरू लिस्टेरीया ब्याक्टेरियाद्वारा सजिलै दुषित हुनसक्छ. गर्भव्स्थाको अवधिमा लिस्टेरीया संक्रमणको परिणाम स्वरूप जन्मपतन, शिशुको प्रारम्भिक मृत्यु, अपरिपक्व प्रसूति, भर्खरै जन्मेका बच्चाहरूमा घातक समस्याहरू हुनसक्छ। गर्भव्स्थाको अवधिमा, काँचो ओइस्टर, काँचो समुद्रि खानाहरूसँग सश्मी वा सुशी,स्मोक्ड सेलमोन वा अन्य समुद्री खानहरू, पेट्स, हाम जस्तो डेलि मासु, टर्कि स्लाइस वा सलामी (सुपरमार्केटहरू वा सलाद बारहरूबाट), नरम आइस-क्रिम, नरम चिज (जस्तै फेटा, ब्रि, केमेमब्रट र निलो चिज जस्तो) र पास्चराईज्ड नगिरएको दुध (र त्यसबाट बनेका खानाहरू) खान बन्द गर्नुहोस्।

  6. क्याफिन समावेश भएका खाना वा पेय पदार्थहरूलाई सीमित गर्नुहोस्

    अत्याधिक क्याफिनले जन्मेपछि कम तौल हुने र गर्भपतनको जोखिमलाई बढाउन सक्छ। स्थानीय रेस्टुरेण्टहरूमा केहि ताजा कफि र हङ्ग-कङ्ग शैलि दुधको चियामा क्याफिनको मात्रा उच्च हुन्छ। गर्भवती आमाहरूले एक कप पिउँदा एकदमै धेरै क्याफिन प्राप्त गर्न सक्छन्। गर्भव्स्थाको अवधिमा, तपाईमको कफि र कडा चियाको उपभोगलाई सीमित गर्न वा क्याफिन नभएको चियाका विकल्पहरूतर्फ जान सुझाव गरिन्छ। त्यस बाहेक, तपाईंले क्याफिन भएका सफ्ट पेय पदार्थ, उर्जा प्रदान गर्ने पेयपदार्थहरू र चक्लेटको मात्रालाई पनि सीमित गर्नुपर्छ।