उहाँ गर्भवती हुनुहुन्छ! मैले उहाँका भावनाहरूको ख्याल कसरी राख्न सक्छु?

(11/2019 मा संशोधन गरिएको HTML सामग्री)

सूचक

उहाँ गर्भवती हुनुहुन्छ …

  • हुनेवाला बुवाको रूपमा,

    तपाईं आफ्नो साझेदारको गर्भावस्थाको अवधिमा उहाँको स्वास्थ्य र सुरक्षालाई लिएर चिन्तित हुन सक्नुहुन्छ।

  • नयाँ बुवाको रूपमा,

    तपाईं बाल स्याहार तालिकाहरूमा यति विघ्न डुब्न सक्नुहुन्छ कि तपाईंसँग आफ्नो साझेदार वा आफ्नै भावनाहरूमा पनि ध्यान दिने कुनै समय हुँदैन।

  • हजुरआमा-हजुरबुवाको रूपमा,

    तपाईं नयाँ आमाको लागि ध्यानपूर्वक धेरै पोषणयुक्त खाना बनाइरहेको हुन सक्नुहुन्छ।

  • साथीको रूपमा,

    तपाईंले नयाँ आमालाई थप आराम लिन सुझाव दिनुहुनेछ।

तपाईं उहाँको पारिवारिक सदस्य वा साथी जोसुकै भएपनि, बच्चालाई जन्म दिनुअघि र जन्म दिइसकेपछि आमाको शारीरिक स्वास्थ्यका साथै उहाँको मानसिक स्वास्थ्यको पनि ख्याल राख्न उत्तिकै महत्त्वपूर्ण हुन्छ।

अनुसन्धानले यो देखाउँछ कि, आमाले गर्भावस्थाभरि स्वस्थ मानसिक कल्याणलाई कायम राख्नुहुन्छ भने, उहाँ गर्भावस्थाको अवधिमा हुने भावनात्मक तथा शारीरिक परिवर्तनहरू र बच्चाको स्याहारबारे तनावसँग सामना गर्न थप योग्य हुनुहुनेछ। आमाको स्वस्थ मानसिक कल्याणमा, भ्रुण थप स्थिर भावना र व्यवहारहरूका साथ स्वस्थ तरिकाले बच्चामा विकास हुनेछ। साथसाथै, बुवा बच्चाको जन्म भएपछि हुने परिवर्तनहरूसँग सामना गर्न अझ सक्षम हुनुहुनेछ। यसकारण नयाँ आमाबुवाले सँगसँगै सुखी र स्वस्थ परिवार निर्माण गर्न सक्नुहुन्छ।

यो पुस्तिकाले तपाईंलाई आमाले बच्चालाई जन्म दिनुअघि र जन्म दिइसकेपछि भोग्ने भावनात्मक परिवर्तनहरूको बारेमा र आवश्यक परेको बेलामा कसरी सहायता खोज्ने भन्नेबारे बुझ्न मद्दत गर्नेछ।

गर्भावस्थादेखि जन्मसम्मको यात्रा

गर्भवती भएदेखि बच्चा नजन्मदासम्म, बुवा र आमाका विचार तथा भावनाहरू विभिन्न अभिव्यक्तिहरूका साथ सकारात्मक वा नकारात्मक हुन सक्छन्। त्यस्ता विचार तथा भावनाहरू सबै प्राकृतिक हुन्छन् र सही वा गलत भन्ने त्यस्तो कुनै कुरा हुँदैन।

सुरुवाती पोइन्ट: हाम्रो छिट्टै बच्चा हुनेछ!

  • गहन प्रतीक्षा (अन्त्यमा, हाम्रो माया सफल भएको छ!)
  • क्रोधित भएर (मेरी सासुआमाले भन्नुभयो, ''तपाईंले…गर्नुपर्छ'', मैले…खान मान्दिन? मैले थप स्वस्थर खाना खानुपर्छ…?)
  • डराउनु (प्राकृतिक डेलेभरी वा सिजेरियन सेक्सन? ; बच्चालाई मेरी सासुआमाद्वारा वा म आफैद्वारा स्याहार गरिनेछ? ; मैले सेवक वा Pui Yuet नियुक्त गर्नुपर्छ?)

म प्रसवमा छु!

  • राम्रो (मेरी श्रीमतीले संसारमा नयाँ जीवन भित्र्याउँदै हुनुहुन्छ! यो कठिन कार्य हो र उहाँले अद्भुत कार्य गर्दैं हुनुहुन्छ!)
  • उत्साहित (यो लामो प्रतीक्षापछि, मेरो बच्चा अन्त्यमा यहाँ हुनुहुन्छ!)

बच्चाको जन्म भयो!

  • राम्रो (हेर्नुहोस्, बच्चा मुस्कुराइ रहनुभएको छ! हेर्नुहोस्, बच्चा सर्दैं हुनुहुन्छ!)
  • बच्चालाई सम्झने (बच्चालाई हेर्नको लागि म काम पूरा गरेर घर जाने प्रतीक्षा गर्न सक्दिन!)
  • चिडचिडा हुने (मेरो बच्चा किन हरेक समय रोइरहनुहुन्छ? मैले जे गरेपनि बच्चा रून छोड्नुहुन्न।)
  • भ्रमित र असहाय हुने (मेरो बच्चाको स्याहारबारे बताउने धेरै मानिसहरू भेटिन्छन्। वास्तवमा बच्चाको ख्याल राख्न त्यति सजिलो छैन!)
  • चिन्तित (मेरो जीवन अस्त-व्यस्त भएको छ!) मसँग आफ्नो लागि कुनै समय छैन।)
  • निराश हुने (बच्चा जन्मिएपछि, मेरी श्रीमतीको पूर्ण रूपमा यौन सम्पर्कमा रूची हराएको जस्तो देखिन्छ…)

समय बित्यो! हाम्रो बच्चा अहिले केही महिनाको हुनुभयो!

  • सन्तुष्ट हुने (बच्चा 6 महिनाको हुनुभयो! उहाँका प्रतिक्रियाहरू एकदमै आकर्षक छन्!)
  • मन-छुने (बच्चाको स्याहारको अविश्वसनीय चुनौतीका बावजूद, उहाँलाई दिनहुँ बढ्दै गरेको देख्दा सबै कुरा सार्थक हुन्छ। सबै चुनौतीहरू पछाडि छोडिएका छन्।)

प्रसवपूर्व भावनात्मक परिवर्तनहरू

बुवा: मेरी श्रीमती र म सधैँ बच्चा चाहन्थ्यौं। उहाँ कसरी उदास हुन सक्नुहुन्छ?

आमा: मैले प्रसवोत्तर डिप्रेसनको बारेमा धेरै सुनेको छु तर प्रसवपूर्व डिप्रेसनको बारेमा केही पनि सुनेकी छैन!

  • गर्भावस्था उत्साह र प्रतीक्षाले भरिएको हुन्छ। तथापि, हामीले गर्भावस्थाका विभिन्न चरणहरूको अवधिमा र बच्चलाई जन्म दिइसकेपछि आमाले अनुभव गर्न सक्ने अन्य भावनाहरूलाई बेवस्ता गर्नुहुँदैन। यीमध्ये केही भावनाहरूमा चिन्ता, भ्रम, असहाय र चिडचिडापन पर्दछन्।
  • प्रसोवत्तर चुनौतीहरू बाहेक, आमाहरूले प्रसवपूर्व चरणमा पनि भावनात्मक समस्याहरूको अनुभव गर्न सक्नुहुन्छ।
  • प्रसवपूर्व भावनात्मक समस्या र तिनीहरूका प्रभावहरूका साथै गर्भावस्थाको अवधिमा आमाको मानसिक स्वास्थ्यको स्याहार गर्ने उपायहरू एकपटक हेरौं।

प्रसवपूर्व मनोदशा सम्बन्धी समस्याहरू:

  • गर्भवती महिलाले प्राय: धेरै शारीरिक परिवर्तनका साथै असहजता पनि अनुभव गर्नुहुन्छ, त्यसैले उहाँको जीवनशैली त्यसै अनुसार समायोजित गर्न आवश्यक हुन्छ। यस समायोजनले पनि उहाँका भावनाहरूमा प्रभाव पार्न सक्छ। उहाँ भ्रूणको विकास वा डेलिभरीपछि बालस्याहार प्रबन्धबारे चिन्तित हुन सक्नुहुन्छ। गर्भावस्थाको यात्रासँगै, आमाहरू कहिलेकाहीँ विभिन्न प्रकारका भावनात्मक अवरोधबाट पीडित हुन्छन्। परिवार र साथीहरूले आमाका भावनाहरूमा ध्यान दिन महत्त्वपूर्ण हुन्छ।
  • सामान्य रूपमा भन्नुपर्दा, मानिसहरूको जीवनमा हुने परिवर्तनहरूमा विभिन्न भावानात्मक प्रतिक्रियाहरू हुनु सामान्य हो। यद्यपि, कुनै पनि न्यून मनोदशा वा चिन्ता 2 हप्ताभन्दा बढीसम्म भइरहेमा र आमाको दैनिक कार्यपद्धति उल्लेखनीय रूपमा प्रभावित भएमा, उहाँ प्रसवपूर्व डिप्रेसनबाट पीडित भइरहेको हुन सक्छ।

प्रसवपूर्व मनोदशा सम्बन्धी समस्याहरूका प्रभावहरू:

  • महिला भावानात्मक समस्याहरूबाट पीडित हुनुहुन्छ भने, उहाँको मानसिक स्थिति, दैनिक कार्यपद्धति, कार्यसम्पादन र साथै उहाँको साझेदारसँगको सम्बन्ध पनि प्रभावित हुन सक्छ।
  • प्रसवपूर्व भावानात्मक समस्याहरूले भ्रुणको विकासमा प्रभाव पार्ने सम्भावना हुन सक्छ। प्रसवपूर्व डिप्रेसनबाट पीडित भइरहेका आमाहरूको गर्भपात वा अपरिपक्व प्रसव हुने उच्च सम्भावना हुन सक्छ। साथसाथै, अनुसन्धान खोजहरूले गर्भावस्थाको अवधिमा प्रसवपूर्व डिप्रेसन वा चिन्ता हुने आमाहरूको भावनात्मक नियमन र व्यवहारात्मक नियन्त्रणमा कठिनाइहरूका साथ बच्चाहरू हुने बढी सम्भावना छ भन्ने सुझाव दिन्छ।
  • प्रसवपूर्व डिप्रेसन वा चिन्ता भएका आमाहरूलाई प्रसवोत्तर डिप्रेसन पनि हुने उच्च जोखिम हुन सक्छ।

गर्भवती महिलाको ख्याल राख्ने:

परिवार र साथीहरू हुनेवाला आमाहरूको भावनात्मक स्वास्थ्यको ख्याल राख्ने सम्बन्धी विवरणहरूका लागि "प्रारम्भिक पहिचान" र "प्रसवपूर्व वा प्रसवोत्तर डिप्रेसन रोक्ने" को अध्यायहरूमा जान सक्नुहुन्छ।

प्रसोवत्तर भावनात्मक परिवर्तनहरू

आमा A: म हरेक समय थकित महसुस गर्छु र मलाई भोक कम लाग्छ… कहिलेकाहीँ म बच्चाले पर्याप्त खाना नखाने, सन्चो महसुस नगर्नेबारे चिन्तित हुन्छ… के म प्रसोवत्तर डिप्रेसनबाट पीडित छु?

आमा B: म ठीक छु। सबैजनाले जन्म दिएपछि उत्तेजित र चिडचिडाहट महसुस गर्नुहुन्छ। मलाई केही निद्रा र आराम गर्न आवश्यक छ, त्यसपछि म ठीक हुनेछु!

  • जन्म दिएपछि भावनात्मक अस्थिरता अनुभव गर्नु सामान्य हो? यसलाई कुन बिन्दुबाट प्रसवोत्तर डिप्रेसनको रूपमा मानिनेछ? प्रसोवत्तर डिप्रेसनका लक्षणहरू के-के हुन्?
  • विविध प्रसवोत्तर मनोदशा समस्याहरूको व्यापकता, लक्षण र व्यवस्थापन बारे अध्ययन गरौँ।

आमाहरू हर्मोन सम्बन्धी परिवर्तन, भूमिका परिवर्तन, बच्चाको स्याहारमा आएका चुनौतीहरू र बच्चा जन्मिएपछिका पारिवारिक समस्याहरूका कारण मनोदशा सम्बन्धी समस्याहरूबाट पीडित हुने उच्च जोखिम हुन सक्छ।

प्रसवोत्तर मनोदशा समस्याहरूका 3 वर्गहरू छन्:

  1. प्रसवोत्तर उदासी
  2. प्रसवोत्तर डिप्रेसन
  3. प्रसवोत्तर मनोविकृति

तिनीहरूमध्ये प्रत्येकसँग यसको प्रबलता, क्लिनिकल प्रस्तुतीकरण, गम्भीरताको स्तर र व्यवस्थापन छ।

  1. प्रसवोत्तर उदासी
    • भावनात्मक अवरोधले 40 -देखि 80% प्रसवोत्तर महिलाहरूमा प्रभाव पार्छ।
    • यो प्राय: बच्चाको जन्मपछि 3 देखि 5 दिनभित्र देखापर्छ।
    • लक्षणहरूमा मनोदशा परिवर्तन हुने, बारम्बार रूने, अनिद्रा र चिडचिडा हुने समावेश हुन्छन्। यो क्षणिक अवस्था हो र लक्षणहरू पूर्णतया मध्यम खालका हुन्छन्।

    व्यवस्थापन: उचित स्याहार र सहायताका साथमा, लक्षणहरू प्राय: केही दिनभित्र स्वाभाविक रूपमा हराउनेछ।

  2. प्रसवोत्तर डिप्रेसन
    • प्रसोवत्तर डिप्रेसनको प्रबलता विश्वव्यापी रूपमा लगभग 13 देखि 19% छ। हङकङमा, दस प्रसोवत्तर महिलामध्ये एक जना प्रसोवत्तर डिप्रेसनबाट पीडित हुनुहुन्छ।
    • प्रसोवत्तर उदासिन मनोदशा सूचनाबिना देखापर्न सक्छ र विस्तारै गम्भीर हुन सक्छ। लक्षणहरूको सुरुवात सामान्यतया 6 हप्ताभित्रमा हुन्छ तर बच्चा जन्मिएको एक वर्षभित्रमा कुनै पनि समयमा निम्तन सक्छ।
    • निम्न लक्षणहरू 2 हप्ताभन्दा बढी समयसम्म देखा परेमा, प्रसोवत्तर डिप्रेसनबाट पीडित हुने सम्भावना उच्च हुन्छ:
      • उदास र दु:खी भएको महसुस हुने, अवास्तविक कारणबिना रूने जस्ता धेरैजसो दिनमा, लगभग प्रत्येक दिन न्यून मनोदशा रहने
      • उहाँलाई पहिला रूचि लाग्ने कुराहरूमा रूचि हराउने (बच्चाप्रति पनि रूचि गराउने)
      • भोक नलाग्ने
      • अनिन्द्रा वा बिहान छिटो उठ्ने
      • थकाइ लाग्ने र धेरैजसो दिन ऊर्जा हराउने
      • ध्यान केन्द्रित गर्न र निर्णयहरू बनाउन कठिनाइ हुने
      • दोषी, अयोग्य वा आशाहीन महसुस गर्ने
      • अत्याधिक चिन्ता र चिडचिडापन

    व्यवस्थापन: यदि अवस्थालाई समयमै उपचार गरेर प्रारम्भिक रूपमा पहिचान गरिएको छ र परिवारबाट सहायता प्राप्त भएको छ भने, धेरैजसो आमाहरू प्रसोवत्तर डिप्रेसनबाट निको हुन सक्छन्।

  3. प्रसवोत्तर मनोविकृति
    • यो विरलै हुने अवस्था हो जसले 0.1 देखि 0.5% प्रसवोत्तर महिलाहरूलाई मात्र प्रभाव पार्छ।
    • लक्षणहरू सामान्यतया गम्भीर हुन्छन् र डेलिभरीपछि 2 हप्ताभित्र अचानक देखा पर्छन्।
    • लक्षणहरूका 3 मुख्य प्रकारहरू छन्:
      • श्रवण भ्रमहरू (गैर-अवस्थित आवाज सुन्ने)
      • अन्यद्वारा हानी पुग्ने विचित्र विचारहरू
      • आफैलाई वा बच्चालाई हानी पुर्‍याउने विचारहरू

    व्यवस्थापन: प्रसवोत्तर मनोविकृति मनोरोग सम्बन्धी आपतकालीन हो। मनोवैज्ञानिक वा उपस्थित दुर्घटना तथा आपतकालीन अस्पताल विभागमा आकस्मिक सिफारिस आवश्यक हुन्छ।

प्रसवोत्तर डिप्रेसनका मुख्य जोखिम तत्त्वहरू

बुवा A: मेरी श्रीमतीलाई पहिले प्रसवोत्तर डिप्रेसन थियो। अहिले उहाँ फेरि गर्भवती हुनुहुन्छ, उहाँले यस्तो फेरि अनुभव गर्नुहुनेछ?

हजुरआमा: मेरी छोरी पहिले देखिनै कठिनमा छिन्। उहाँलाई प्रसवोत्तर डिप्रेसन हुनेछ भन्ने मलाई लाग्दैन।

बुवा B: मेरी आमा मद्दत गर्न आउँदै हुनुहुन्छ र हामीसँग Pui Yuet र सेवक हुनुहुन्छ – हामी वास्तवमै धेरै सहायता पाएका छौं! हामीले हाम्रो आर्थिक अवस्था बारे चिन्ता लिनुपर्दैन। मेरी श्रीमती डिप्रेसनबाट पिडित हुने सम्भावना कत्तिको छ?

  • प्रसवोत्तर डिप्रेसनको वास्तविक कारण अज्ञात छ। अनुसन्धानले महिलाहरूमा प्रसोवत्तर डिप्रेसनको जोखिमलाई बढाउन सक्ने धेरै तत्त्वहरू छन् भनेर देखाएको छ।
  • यीमध्ये केही तत्त्वहरू प्रारम्भिक पहिचान र उचित उपचारबाट रोक्न वा व्यवस्थित गर्न सकिन्छ।
  • प्रसवोत्तर डिप्रेसनका मुख्य जोखिम तत्त्वहरूमा एकपटक हेरौं।

क्लिनिकल तत्त्वहरू

  • डिप्रेसन र चिन्ताको विकार सहित मानसिक रोगको इतिहास
  • गर्भावस्थाको अवधिमा डिप्रेसन वा चिन्ताका लक्षणहरू देखा पर्छन्

मनोवैज्ञानिक तत्त्वहरू

  • चिन्ता-उन्मुख व्यक्तित्व
  • सामाजिक सहायताको कमी
  • श्रीमान-श्रीमतीबीचको सम्बन्धमा गम्भीर समस्या
  • सासु ससुरासँगको सम्बन्धमा गम्भीर समस्या
  • घरेलु हिंसा
  • आर्थिक कठिनाइहरू

गर्भावस्था, डेलिभरी र बच्चासँग सम्बन्धित तत्त्वहरू

उदाहरणको लागि,

  • डेलीभरि अघि र पछि जटिलताहरू
  • आकस्मिक सिजेरियन खण्ड
  • अघिल्लो गर्भपात र कठिन गर्भाधान
  • अनियोजित गर्भावस्था वा गर्भावस्थाप्रति अभाव महसुस गर्ने
  • गम्भीर रूपमा जन्मजात रोगी भएर जन्मिएको बच्चा वा अपरिपक्क जन्म

प्रारम्भिक पहिचान

बुवा: प्यारी, तपाईंले धेरै चिन्ता लिनुहुन्न भने तपाईं निको हुनुहुनेछ।

हजुरआमा: मेरी छोरी हरेक समय उदास हुनुहुन्छ। त्यसैले, उहाँप्रति धेरै ध्यानाकर्षण गर्न आवश्यक पर्दैन।

  • नयाँ बुवा वा हजुरबुवा-हजुरआमाबाट शब्दहरू सहज बनाउनु राम्रो माध्यम हो तर उहाँहरूले आमा प्रसवपूर्व वा प्रसोवत्तर डिप्रेसनबाट पीडित हुन सक्ने सम्भावनालाई नजरअन्दाज गरेको हुन सक्छ।
  • पारिवारिक सदस्यहरू आमाको अवस्थाप्रति थप सचेत हुन्छन् भने, प्रसवपूर्व वा प्रसोवत्तर डिप्रेसन प्रारम्भिक रूपमा पहिचान गर्न सकिन्छ, जसकारण उचित सहायता खोज्न सकिन्छ। त्यसो गरेर, आमाको मनोदशा सम्बन्धी समस्याहरू थप खराब हुनबाट रोक्न सकिन्छ र परिवारको कल्याणमा प्रभाव पर्नेछैन।
  • प्रसवपूर्व वा प्रसोवत्तर मनोदशा सम्बन्धी समस्याका संकेतहरूलाई प्रारम्भिक रूपमा कसरी पहिचान गर्ने भन्नेबारे थप जानौं।

उहाँको साझेदार, पारिवारिक सदस्य वा साथीको रूपमा:

  • तपाईं बच्चा जन्मनुभन्दा अघि र बच्चा जन्मिसकेपछि आमाका विचार, भावना, व्यवहार र शारीरिक अवस्थाहरूमा भएका भिन्नताहरूप्रति ध्यानाकर्षण गर्न सक्नुहुन्छ।
    • उहाँको विचार:

      उहाँलाई उहाँको योग्यतामाथि प्रश्न गर्ने, अन्य व्यक्तिका टिप्पणीहरूमा अधिक प्रतिक्रिया जनाउने, उहाँको विरूद्धमा निर्देशित मानिसका आलोचनालाई सजिलैसँग स्वीकार गर्ने, बच्चा वा भविष्यबारे नकारात्मक दृष्टिकोण राख्ने, धेरै चिन्तित हुने र अत्याधिक चिन्ताका विचारहरू आदि सहित प्रसोवत्तरका नकारात्मक विचारहरू आउन सक्छन्।

    • उहाँका भावनाहरू:

      उदासी, उर्जाको कमी, निराशात्मक, चिन्तित हुने, कमजोर, असहाय महसुस गर्ने, डराएको, हतास, शंका लाग्ने, चिडचिड हुने र मनस्थिति परिवर्तन हुने, आदि।

    • शारीरिक अवस्था:

      अनिद्रा, भोक नलाग्ने, आदि।

    • उहाँका व्यवहारहरू:

      अशान्त, साधारण वस्तुहरूमा झोकिने स्वभाव हुने, कुनै स्पष्ट कारण नभई रूने, बच्चाको श्वासप्रश्वासमा बारम्बार जाँच गर्ने र बच्चालाई सन्चो हुने वा नहुने जस्ता अनुपयुक्त व्यवहारहरू।

  • उहाँलाई आफ्ना भावना र विचारहरू तपाईंसँग साझा गर्ने अवसर दिनका लागि उहाँसँग सञ्चार गर्न कदम चाल्न सक्नुहुन्छ।

यी लक्षणहरू बच्चा जन्मनुभन्दा अघि वा बच्चा जन्मिसकेपछि 2 हप्ताभन्दा बढी समयसम्म देखा पर्दछन् र उल्लेखनीय रूपमा नयाँ आमाको दैनिक कार्यपद्धतिमा प्रभाव पार्दछ भने, आमालाई जतिसक्दो छिटो पेशागत सहायता खोज्न प्रोत्साहन गर्नुपर्छ।

प्रसवपूर्व वा प्रसोवत्तर डिप्रेसन रोक्ने

आमा A: मेरो श्रीमानले घरेलु कामहरूमा सहयोग गर्ने, डाइपरहरू परिवर्तन गर्ने र मलाई नसोधिकन बच्चालाई नुहाइदिने गरेको देख्दा मलाई मनपर्छ।

आमा B: मैले पहिले नै मेरो उत्कृष्ट प्रयास गरेकी छु भन्ने सबैजनाले देख्न सक्नुहुन्छ भनी म कामना गर्दछु। बच्चा के को लागि रोइरहेको छ भन्ने बारे कहिलेकाहीँ म पूर्ण रूपमा अनभिज्ञ महसुस गर्छु।

  • माथिको विषय केही आमाहरूले आफ्ना परिवार र साथीहरूले बुझ्न सक्छन् भनी के आशा गर्नुहुन्छ भन्ने सम्बन्धी हो। उहाँको साझेदार, अभिभावक वा सासु-ससुराको रूपमा, आमाको लागि प्रसवपूर्व र प्रसोवत्तर डिप्रेसन रोक्ने सहयोग गर्न हामीले के गर्न सक्छौँ? एकपटक हेरौं।

साझेदार र सासु-ससुराको रूपमा:

  • नयाँ जानकारीले परिवर्तनहरू निम्त्याउँदा हामी आधुनिक युगमा बस्छौँ। पालन-पोषण अभ्यासहरू हाम्रा पुराना समयको भन्दा एकदमै धेरै भिन्न छन्। युवा पुस्तासँग सञ्चार गर्न र गर्भावस्थाको अवधिमा तिनीहरूको आधुनिक अभ्यास र जीवनशैलीहरू र 'प्रसवको समय' बारे जान्नको लागि मैले खुला सोच अपनाउनेछु। समय सही हुँदा, मैले आपसी सम्मानसँग मेरा अनुभव र विचारहरू साझा गर्न सक्छु। जे भनेपनि, तिनीहरूले मेरो समयमा अभ्यासहरू पालना गर्नुपर्दैन भन्ने म बुझ्दछु।
  • कहिलेकाहीँ, मैले बच्चालाई बोक्नमा पनि सहयोग गर्न सक्छु, जसकारण युवा अभिभावकहरूले केही आरामदायक आन्तरिक समय सँगै बिताउन सक्छन्।

साझेदारको रूपमा, म:

  • गर्भावस्थाको राम्रो तयारी गर्न सक्छु, उदाहरणका लागि उपयुक्त परिवार तथा वित्तीय योजना बनाउने।
  • चिन्ता कम गर्न र अभिभावकताको लागि वास्तविक अपेक्षाहरू सेट गर्नमा मद्दत गर्न उहाँसँग गर्भावस्था, डेलिभरी र बच्चाको स्याहार, जस्तै प्रसवपूर्व स्याहार र पालन-पोषण बारे सेमिनार र कार्यशालाहरूमा सहभागी हुने जस्ता कुराहरू बारे थप सिक्न सक्छु।
  • गर्भावस्थाका मागहरू पूरा गर्न उहाँसँग टोलीको रूपमा कार्य गर्न सक्छु, उदाहरणका लागि उहाँलाई नियमित चेक-अपहरूमा साथ दिने।
  • घरायसी दैनिक कामहरू र बच्चाको स्याहारका जिम्मेवारीहरू साझा गर्न पहल गर्न सक्छु जसकारण उहाँले थप आराम लिन सक्नुहुन्छ।
  • उहाँका भावनाहरूको राम्रोसँग ख्याल राख्न सक्छु। उहाँलाई गर्भावस्थाको अवधिमा र डेलिभरीपछि हुने भावनात्मक परिवर्तनहरू बुझ्ने प्रयास गर्न सक्छु। उहाँलाई विचार र भावनाहरू व्यक्त गर्ने समय दिन सक्छु। धैर्यताका साथ सुनेर नआत्तिकन सुझाव दिन सक्छु।
  • उहाँका प्रयासहरूलाई प्रमाणित गर्न उहाँलाई थप प्रोत्साहन दिन सक्छु; उहाँलाई राम्रा शब्दहरू पठाउन, सन्देश वा नोटहरू लेख्न। उदाहरणका लागि, ''म तपाईंका प्रयासहरूको कदर गर्छु।'' ''स्तनपान गराउन धेरै ऊर्जा र धर्यता आवश्यक पर्छ र तपाईंले अद्भुत कार्य गर्दैं हुनुहुन्छ!''।
  • गर्भावस्थाको अवधिमा र डेलिभरीपछि उहाँका स्वास्थ्य अवस्थाहरू बारे विचारशील हुनुहोस् र आफ्नो यौन जीवनलाई तदनुसार समायोजन गर्नुहोस्।
    (विवरणहरूका लागि, कृपया पारिवारिक स्वास्थ्य सेवा, स्वास्थ्य विभागको वेबसाइट http://s.fhs.gov.hk/svx7s मा गएर "बच्चा जन्माउनु अघि र जन्माएपछिको स्वस्थकर यौन जीवन" को सन्दर्भ लिनुहोस्)
  • उहाँलाई खाली समय र विश्रामको समय दिन प्रोत्साहन गर्नुहोस्, जस्तै दिउँसोमा निदाउने, हिँड्न जाने वा साथीहरूसँग भेट्ने।
  • गर्भावस्था र बच्चाको स्याहारका अनुभवहरू बारे अन्य आमाबुवाहरूसँग साझा गर्ने। यसले सामाजिक नेटवर्किङ बढाउन पनि सक्छ।
  • प्रसवपूर्व तथा प्रसवोत्तर भावनात्मक समस्याहरू बारे थप जान्नुहोस्। उहाँलाई आवश्यक समयमा विशेषज्ञको सहयोग लिन प्रोत्साहन गर्नुहोस् र साथ दिनुहोस्।

मैले आफ्नो पनि ख्याल राख्नुपर्छ

बुवा A: प्रसवोत्तर मनोदशाका अवरोधहरू महिलालाई मात्र हुन्छ। पुरुषहरू पनि कसरी प्रभावित हुन सक्छन्? कुनै पनि हालतमा हुन्न!

बुवा B: म बलियो र सक्षम पुरुष हो, म आफ्ना भावनाहरूद्वारा सम्भावित रूपमा प्रभावित हुन सक्दैन!

  • भावनात्मक रूपमा व्याकुल हुनेवाला आमा वा नयाँ आमाहरूको स्याहार गर्ने साझेदार वा परिवार सदस्य हुनाले, तनावग्रस्त महसुस गर्नु सामान्य कुरा हो। अनुसन्धान खोजहरूले आमालाई प्रसवोत्तर डिप्रेसन भएको छ भने, उहाँको साझेदारले पनि डिप्रेसन मनोदशाको अनुभव गर्ने सम्भावना बढी छ भनी देखाउँछ। यसको कारणले, तपाईंले आफ्नो साझेदारको स्याहार गर्दै गर्दा आफ्नो पनि ख्याल राख्नुपर्छ।

साझेदार वा परिवारको सदस्यको रूपमा, मैले:

  • मेरो लागि वास्तविक अपेक्षाहरू सेट गर्नुपर्छ। म सुपरम्यान होइन! मेरो लागि सबै समस्याहरूको समाधान गर्न वा आफै "उत्तम बुवा/ साझेदार/ परिवार सदस्य" हुन असम्भव छ।
  • मेरा नकारात्मक भावनाहरू स्वीकार गर्नुपर्छ। उहाँलाई प्रसवपूर्व वा प्रसवोत्तर डिप्रेसन भइरहेको छ भने म पनि निराश हुन सक्छु। उदाहरणको लागि:
    • उहाँ बिरामी हुनुहुन्छ भनी विश्वास गर्न गाह्रो छ
    • उहाँका नकारात्मक मनोदशाहरूका लागि दोषी महसुस गर्न
    • मद्दत खोज्नका लागि उहाँको अनिच्छा बारे निराश महसुस गर्न
    • उहाँको र बच्चाको बारेमा चिन्तित हुन
    • उहाँको मनोदशाका समस्याहरूको निरन्तर अवस्थाको लागि असहाय महसुस गर्न...

    मैले यी सबै भावनाहरूलाई स्वीकार गर्नुपर्छ।

  • साथीहरू र परिवारसँग सम्पर्कमा रहनुपर्छ। आवश्यक हुँदा मेरा भावनाहरू साझा गर्न मैले विश्वास गर्ने कोही व्यक्ति फेला पार्नाले मलाई तनाव कम गर्न मद्दत मिल्न सक्छ।
  • सामाजिक सहायता नेटवर्कलाई बलियो बनाउन र अन्य आमाबुवाहरूसँग कुराकानी गर्नुपर्छ। हामीले जस्तै समान चुनौतीहरूको सामना गरिरहेका कोही व्यक्तिलाई चिनेपछि एक्लो महसुस कम हुनेछ।
  • स्वस्थकर जीवनशैली अपनाउनुहोस्। धुम्रपान नगर्नुहोस्, मदिरा नपिउनुहोस्। खाली समय बिताउने गतिविधिहरूको लागि समय निकाल्नुहोस् र आराम गर्न विश्राम गर्नुहोस्।
  • सकरात्मक पक्षहरूमा ध्यान दिएर आफैलाई श्रेय दिनुहोस्। आफ्नो प्रशंसा आफै गर्ने र आफूले यो परिवारको लागि कति योगदान पुर्‍याएको छु भनी आफूलाई सम्झाउने प्रयास गर्नुहोस्।
  • आफ्नो साझेदारसँग सम्बन्ध कायम राख्ने प्रयास गर्नुहोस्। कहिलेकाहीँ, हामीले केही घनिष्ट समय सँगै बिताउन अनुमति दिन बेबीसिटर खोज्न सक्छौं।
  • मैले मेरो तनाव कम गर्न नसक्दा, मैले पेशेवरहरूबाट मद्दत खोज्नुपर्छ।

मद्दत खोज्ने उपायहरू

बुवा: मेरी श्रीमतीलाई प्रसवपूर्व वा प्रसवोत्तर मनोदशाका समस्याहरू भएमा, मैले मद्दत कसरी खोज्न सक्छु?

हजुरआमा: मेरो नाति 2 महिनाको भइसक्नुभयो। उहाँको आमा अझै पनि चिडचिड हुने, एकदमै डराउने र धेरै रूने गर्नुहुन्छ। म मद्दतको लागि कहाँ जान सक्छु?

  • तपाईंले प्रारम्भिक मूल्याङ्कन र व्यवस्थापनको लागि परिवार चिकित्सक वा उहाँको प्रसूति विशेषज्ञसँग अपोइन्टमेन्ट लिन सक्नुहुन्छ। आवश्यक भएमा, उनीहरूले तपाईंलाई विशेषज्ञकोमा जान सिफारिस गर्नेछन्।
  • वा तपाईंले पेशागत मूल्याङ्कन तथा उपचारका लागि निजी मनोचिकित्सक वा क्लिनिकल मनोवैज्ञानिकलाई भेट्ने व्यवस्था मिलाउन सक्नुहुनेछ।
  • तपाईंले मूल्याङ्कन वा सिफारिसको लागि सामाजिक कार्यकर्ता वा परामर्शदातालाई भेट्ने विचार पनि गर्न सक्नुहुन्छ।
  • आमालाई डेलिभरीपछि मनोदशाका समस्याहरू भएमा, तपाईंले प्रारम्भिक मूल्याङ्कनको लागि नर्सहरूसँग अपोइन्टमेन्ट लिनको लागि आफ्नो क्षेत्रमा रहेको मातृ तथा बाल स्वास्थ्य केन्द्रमा फोन गर्न सक्नुहुनेछ। उचित सेवाहरूको सिफारिस त्यसपछि बनाइनेछ।

सम्बन्धित जानकारी

परामर्श सेवा र हटलाइनहरू

Samaritan Befrienders हङकङ 2389 2222
आत्महत्या रोकथाम सेवाहरू 2382 0000
सामाजिक कल्याण विभागको 24-घण्टा उपलब्ध हटलाइन 2343 2255
अस्पतालको प्राधिकरणको 24-घण्टा उपलब्ध मानसिक स्वास्थ्य प्रत्यक्ष 2466 7350

अन्य

पारिवारिक स्वास्थ्य सेवाको 24-घण्टा उपलब्ध जानकारी हटलाइन, स्वास्थ्य विभाग 2112 9900
स्तनपान हटलाइन, स्वास्थ्य विभाग 3618 7450
स्वास्थ्य शिक्षा इन्फोलाइन, स्वास्थ्य विभाग 2833 0111
पारिवारिक स्वास्थ्य सेवा, स्वास्थ्य विभागको वेबसाइट www.fhs.gov.hk
प्राथमिक स्याहार निर्देशिका
(तपाईंले उपयुक्त पारिवारिक चिकित्सकलाई भेट्न यो निर्देशिका प्रयोग गर्न सक्नुहुन्छ।)
www.pcdirectory.gov.hk

नयाँ आमाको कुरा सुन्नुहोस् र उहाँप्रति ध्यान दिनुहोस्

सबैभन्दा शीर्षमा भावनात्मक कल्याणको लागि

के र कसरी भन्नेबारे थप जान्नुहोस्

त्यसपछि मनोदशा सम्बन्धी समस्याहरू भइरहेमा चाँडै मद्दत खोज्नुहोस्

नयाँ आमाको कुरा सुन्नुहोस् र उहाँलाई प्रोत्साहन दिनुहोस्

असल बुवाले घरका कामहरूमा सघाउनुहुनेछ

हजुरआमाहरूले युवा आमाबुवाहरूलाई थप समय दिनुहुनेछ

हामीले सँगसँगै प्यारो घरको निर्माण गर्नेछौं।