अनिर्धारित अभिप्रायको एटिपिकल स्क्वामस कोशिकाहरू (ASCUS)

(सामग्री संशोधित 04/2023)

सर्भिकल परीक्षण जाँचले ASCUS को उपस्थिति देखाउँदा, यसको अरथ माइक्रोस्कोप अन्तर्गत कोशिकाहरू सामान्य कोशिकाहरूभन्दा केही फरक छन् तर तिनीहरूले प्रदर्शन गर्ने ब्रिग्रिएको डिग्री तिनीहरूलाई पूर्व क्यान्सर कोशिकाहरू भन्नका लागि पर्याप्त गम्भीर छैन। परीक्षण जाँच गर्ने प्रत्येक 100 महिलाहरूमध्ये लगभग 3 देखि 5 जनामा जनामा माथि उल्लेखित लक्षण देखिने छर जसमध्ये 50% कोशिकाहरू 4 देखि 6 महिनापछि सामान्य अवस्थामा फर्किने छन्।

परीक्षण जाँचले सर्भिकल तन्तुहरूको बिग्रिएको डिग्रीलाई पूर्ण रूपमा प्रतिबिम्बित गर्न सक्दैन। वास्तवमा, असामान्य सर्भिकल कोशिकाहरू भएका 100 महिलाहरूमध्ये लगभग 5 जनाको सर्भिकल तन्तु गम्भीर रूपमा बिग्रिएको छ। तसर्थ, महिलाले लगातार दुई पटक सामान्य नतिजा नआउँदासम्म नभएसम्म प्रत्येक 6 महिनामा दोहोर्‍याएर परीक्षण गर्नुपर्छ। असामान्य कोशिकाहरू रहिरहेमा वा अवस्था बिग्रिएमा, कोल्पोस्कोपीका लागि विशेषज्ञ क्लिनिकमा रेफरल आवश्यक हुने छ। सर्भिकल कोशिकाहरू गम्भीर बिग्रनबाट क्यान्सर हुन सामान्यतया 5 देखि 10 वर्षसम्म लाग्ने भएकाले, अवस्थाले विरलै कुनै तत्काल खतरा उत्पन्न गर्छ, कृपया अत्यधिक चिन्ता नगर्नुहोस्।

सर्भिकल क्यान्सरको विकास लामो प्रक्रिया हो। पाठेघरको मुखका कोषहरू बिस्तारै सामान्य कोषबाट असामान्य कोषहरूमा हलुका, मध्यम हुँदै गम्भीर रूपमा खराब भएर अन्तत: सर्भिकल क्यान्सरमा परिवर्तन हुन्छन्। कोष परिवर्तनहरूमा हुने निरन्तर खराबी बाहेक, कुनै पनि समयमा, कोष परिवर्तनहरू स्वाभाविक रूपमा सामान्य स्थितिमा फर्कन सल्छ। यद्यपि, कोष परिवर्तनहरूमा पहिले नै गम्भीर रूपमा खराबी देखिएको छ भने पनि, यो क्यान्सरमा परिणत हुन 5 देखि 10 वर्षसम्म लाग्न सक्छ।

हामी बुझ्दछौं कि तपाईंले दोहोराएर जाँच छिटोभन्दा छिटो गर्न चाहनुहुन्छ। अघिल्लो स्मियरको अवधिमा सर्भिकल कोषहरूको बाहिरी तह काटिएको र कोषहरूलाई फेरि बढ्न समय लागेको (कम्तिमा 4 देखि 6 हप्ता) हुनाले, प्रारम्भिक पुनः परीक्षणले सर्भिकल कोषहरूको अवस्था सही देखाउन सक्दैन। कृपया निर्धारित समयमा दोहोराएर गर्ने जाँचमा उपस्थित हुनुहोस्।

कोल्पोस्कोपी भनेको के हो?

कोल्पोस्कोपी भनेको म्याग्निफाइङ ग्लासको प्रयोग गरी गरिने योनी र पाठेघरको मुखको जाँच हो। यो परीक्षण प्रक्रिया एनेस्थेसियाको प्रयोग बिना क्लिनिकहरूमा गर्न सकिन्छ र यसका लागि करिब 10 मिनेट लाग्ने छ।

प्रक्रियाहरू

चिकित्सकले कोल्पोस्कोप घुसाउनु हुनेछ, योनी र पाठेघरको मुखमा विशेष प्रकारको चिकित्सकीय सोलुसन लगाउनु हुनेछ र त्यसपछि कुनै असामान्य घाउको पहिचान गर्न म्याग्निफाइङ ग्लासको प्रयोग गर्नुहुन्छ। यदि असामान्य घाउ फेला पर्छ भने, चिकित्सकले उक्त तन्तुको सानो भाग निकाल्न उपकरणको प्रयोग गर्नुहुनेछ र थप विश्लेषणका लागि यसलाई प्रयोगशालामा पठाउनुहुनेछ।