तल्लो ग्रेडको स्क्वामस इन्ट्राइपिथेलियल घाउ (LSIL)

(सामग्री संशोधित 04/2023)

सर्भिकल परीक्षण जाँचमा LSIL रहेको देखिन्छ भने, यसको अर्थ कोषहरू मध्यम रूपमा खराब भइरहेका छन् भन्नु हो। गम्भीर रूपका खराब पाठेघरका कोषहरू क्यान्सरमा विकसित हुन करिब 5 देखि 10 वर्ष लाग्ने हुनाले, यो स्वास्थ्य अवस्थाले तत्कालै हानि पुर्‍याउँदैन त्यसैले धेरै चिन्ता नलिनुहोस्।  हलुका रूपमा खराब भएका पाठेघरका कोषहरू केही महिलामा आफैँ सामान्य कोषमा परिवर्तन हुन सक्छन्।

सर्भिकल क्यान्सरको विकास लामो प्रक्रिया हो। पाठेघरको मुखका कोषहरू बिस्तारै सामान्य कोषबाट असामान्य कोषहरूमा हलुका, मध्यम हुँदै गम्भीर रूपमा खराब भएर अन्तत: सर्भिकल क्यान्सरमा परिवर्तन हुन्छन्। कोष परिवर्तनहरूमा हुने निरन्तर खराबीबाहेक, कुनै पनि समयमा, कोष परिवर्तनहरू स्वाभाविक रूपमा सामान्य स्थितिमा फर्कन सल्छ। यद्यपि, कोष परिवर्तनहरूमा पहिले नै गम्भीर रूपमा खराबी देखिएको भए तापनि, यो क्यान्सरमा परिणत हुनका लागि 5 देखि 10 वर्षसम्म लाग्न सक्छ।

यो परीक्षण जाँचले पाठेघरको तन्तुमा भएको खराबीको डिग्रीलाई पूर्ण रूपमा प्रतिबिम्बित गर्न सक्दैन। यस अघिका चिकित्सा प्रकाशनहरूअनुसार, प्रारम्भिक परीक्षणमा पाठेघरका कोषहरूमा हलुका खराबी रहेको फेला पारिएका 1000 जना महिलामध्ये करिब 150 जनामा गम्भीर रूपमा खराब पाठेघरका कोषहरू भेटिन्छ। थप सही निदानका लागि, थप परीक्षणका लागि पाठेघरको तन्तु निकाल्न कोल्पोस्कोपी गरिनुपर्छ।

कोल्पोस्कोपी भनेको के हो?

कोल्पोस्कोपी भनेको म्याग्निफाइङ ग्लासको प्रयोग गरेर गरिने योनि र पाठेघरको मुखको जाँच हो। यो परीक्षण प्रक्रिया एनेस्थेसियाको प्रयोग नगरिकन क्लिनिकहरूमा गर्न सकिन्छ र यसका लागि करिब 10 मिनेट लाग्ने छ।

प्रक्रियाहरू

चिकित्सकले कोल्पोस्कोप घुसाउनु हुने छ, योनि र पाठेघरको मुखमा विशेष प्रकारको चिकित्सकीय सोलुसन लगाउनु हुने छ र त्यसपछि कुनै असामान्य घाउको पहिचान गर्न म्याग्निफाइङ ग्लासको प्रयोग गर्नुहुन्छ। असामान्य घाउ भएको फेला पारिएमा, चिकित्सकले उक्त तन्तुको सानो भाग निकाल्नका लागि उपकरणको प्रयोग गर्नु हुने छ र थप विश्लेषणका लागि यसलाई प्रयोगशालामा पठाउनु हुने छ।