प्रसवकालीन मानसिक स्वास्थ्यको महत्व
प्रसव पूर्व र प्रसव पश्चातको मानसिक स्वास्थ्यको महत्व
प्रसव पूर्व वा प्रसव पश्चातको अवधिमा भावनात्मक समस्या, आमाको मानसिक अवस्था, दैनिक कार्य, कार्य प्रदर्शन, वैवाहिक सम्बन्धले शिशुको विकासलाई प्रभाव पार्छ।
गर्भावस्थाको अवधिमा, अवसादबाट पीडित आमाहरूलाई गर्भपात र समयपूर्व नै प्रसव हुने उच्च जोखिम हुन सक्छ। अनुसन्धान निशकर्षबाट थाहा भएको छ कि जब आमालाई गर्भावस्थाको समयमा अवसादग्रस्त वा चिन्ताको लक्षण देखिन्छ, उक्त समयमा उनलाई प्रसवपछि अवसाद हुने उच्च जोखिम हुन्छ र उनलाई शिशुको भावना र व्यवहारलाई नियन्त्रण राख्नमा धेरै कठिनाई हुन्छ।
प्रसवपछि, हार्मोन सम्बन्धी परिवर्तन, भूमिका परिवर्तन, शिशु स्याहार र पारिवारिक समस्याहरूमा चुनौतिको कारण, आमाहरू मनोदशाको विकारले पीडित हुने उच्च जोखिम हुन सक्छ। प्रसवपछि अवसादले आमाबुवाको आफ्नो बच्चालाई स्याहार गर्ने क्षमतालाई असर गर्न सक्छ र शिशुको शारीरिक स्वास्थ्य, संज्ञानात्मक विकासको साथ-साथै भावनात्मक र व्यवहारिक विकासमाा असर गर्न सक्छ। प्रसवपछि अवसाद भएका आमाहरू परिवारका सदस्यहरूमा पनि भावनात्मक गडबढीले पीडित हुने जोखिम धेरै हुन्छ। यस प्रकार, प्रसव पूर्व र प्रसवपश्चातको अवधिमा महिलाको मानसिक स्वास्थ्यको स्याहार गर्न धेरै महत्वपूर्ण हुन्छ।
प्रसव पूर्वको अवधिमा भावनात्मक गडबडी हुनसक्छ
गर्भवती भएको कारणले परिवारमा हौसला आउँछ। तर पनि यसलाई भुल्न सकिँदैन कि गर्भावस्थाको दौरानमा आमाहरूमा अलग-अलग भावना हुनसक्छ, जसमा चिन्ता, विवश र चिडचिडापन आदि हुनसक्छ। गर्भवती महिलालाई धेरै शारीरिक परिवर्तन र असुविधाको अनुभव हुनसक्छ। उनको जीवनशैलीको समायोजित गर्न आवश्यक पर्न सक्छ। त्यसकारण, उनको भावनामा असर पर्न सक्छ। गर्भवती महिलाको भ्रूणको विकास वा प्रसवपछि शिशुको स्याहर व्यवस्थको बारेमा धेरै चिन्ता हुनसक्छ।
शोध निष्कर्षबाट थाहा हुन्छ कि केही कारक प्रसवको चिन्ताको कारण वा अवसादसँग सम्बन्धित हुन्छ, जस्तै आमाको आत्म सम्मान, उसको वैवाहिक सम्बन्ध, माइतको सम्बन्ध र सामाजिक समर्थन। गर्भावस्थाको अवधिमा भावनात्मक स्वास्थ्यको बनाइ राख्नको लागि, आमाले आफैलई सम्मान गर्न सिक्नुपर्छ, विशेष रूप माग पूरा गर्नमा सफल हुन र गर्भावस्थाको अवधिमा सीमाको स्वीकार गर्न। उनलाई सामाजिक सहायता बढाउनका लागि अन्य आमामसँग पनि कुरा गर्नुपर्छ वा कोही येस्तो व्यक्तिसँग कुरा गर्नुपर्छ जोसँग संकटबाट छुटकारा पाउन विश्वास गर्न सकिन्छ। यदि भावनात्मक गडबडी भइरहन्छ भने आमाले सकेसम्म छिटो पेशेवरको मद्दत लिनुपर्छ।
प्रसव पश्चात अवसादको प्रमुख जोखिम कारक
प्रसव पश्चात अवसादको खास कारण अज्ञात छ। शोध निष्कर्षले संकेत दिन्छ कि तल दिइएको तालिकामा सूचीबद्ध कारक प्रसव पश्चात अवसादको बढ्दो जोखिमसँग सम्बन्धित छ:
- निदानात्मक कारक
- पछिल्लो मनोवैज्ञानिक स्थितिमा समावेश अवसाद चिन्ताको विकार
प्रसव पूर्व अवसाद वा चिन्ता
- मनोवैज्ञानिक कारकहरू
- चिन्ता-उन्मुख व्यक्तित्व
- सामाजिक समर्थनको अभाव
- खराब वैवाहिक सम्बन्ध
- माइतको असन्तुष्ट सम्बन्ध
- घरेलू हिंसा
- वित्तीय समस्या
- तनावग्रस्त जीवन
- प्रसूति- र बच्चासँग सम्बन्धित कारक
- प्रसवकालीन जटिलता
- आपातकालीन सिजेरियन सेक्सन
- पछिल्लो गर्भपात / गर्भधारणमा कठिनाई
- अनियोजित गर्भावस्था
- जन्मजात बिमारी/ समय नपुगी जन्मेको बच्चा
प्रसव पश्चात मनोदशाको समस्या
प्रसवपछि मनोदशाको समस्याको तीन मुख्य श्रेणी हुन्छन्: (1) प्रसवपछि ब्लूज, (2) प्रसवपछि अवसाद र (3) प्रसवपछि मनोविकार, जसमा प्रत्येक एकको प्रसार, निदानात्मक प्रस्तुति, गम्भीरता र प्रबन्धको स्तरमा भिन्न हुन्छ।
- प्रसव पश्चातको ब्लूज
- यो लगभग 40% - 80% प्रसवपछि महिलालाई प्रभाव पार्छ
- यह एक क्षणिक अवस्था है जिसमें मूड में बदलाव, अश्रुपूर्ण, नींद में परेशानी और चिड़चिड़ाहट शामिल है। इनके लक्षण आमतौर पर प्रसव के 3 से 5 दिन के बाद सामने आते हैं
- लक्षण अपेक्षाकृत हल्के होते हैं और सामान्यत: कुछ दिनों के भीतर सहज रूप से खत्म हो जाते हैं
- प्रसव पश्चात अवसाद
- यह लगभग 13% - 19% प्रसव बाद महिलाओं को प्रभावित करता है
- यसको लक्षण अन्य समयमा अनुभव गरेको अवसादको घटनाकै समान हुन्छ। सुरवातमा सामान्य रूपमा 6 हप्ता भित्र हुन्छ तर बच्चाको जन्मको एक वर्ष भित्रमा कहिल्यै हुँदैन
- प्रसवपछि अवसादको साथ धेरै जसो आमाहरूलाई यदि तिनीहरूलाई छिट्टै पहिचान गरिन्छ र परिवारद्वारा उचित सहायता प्रदान गरिन्छ भने भने ठीक हुन्छ
- प्रसव पश्चातको मनोविकार
- यसले लगभग 0.1% - 0.5% प्रसवपछि महिलालाई प्रभावित गर्छ
- यसको प्रमुख लक्षणमा नभएको आवाज सुन्ने, अन्यबाट नोक्सान पुर्याउने विचित्र विचार र आत्म-हानि वा शिशु-हानिको विचार समावेश हुन्छ। लक्षण सामान्यतया प्रसवपछि 14 दिन भित्रमा आउन थाल्छ
- यो मनोविकृतिसँग सम्बन्धित आपातकालीन स्थिति हो। यसलाफ तुरुन्तै मनोरोग चिकित्सककोमा लैजान वा दुर्घटना र आपातकालीन अस्पताल विभागमा जान आवश्यक हुन्छ
प्रसवपछि अवसादको द्रुत पहिचान
प्रसव पश्चात अवसादका प्रमुख लक्षणहरूमा निम्न समावेश हुन्छन्:
- खराब मनोदशाको लगातारको अवधि, जस्तै अवसादग्रसित र उदास महसुस गर्ने, कारण बिना नै रूने वा रून चाहने तर आँसु नआउने
- लगभग सबै गतिविधिहरूमा रूचि समाप्त हुने (यहाँसम्म कि आफ्नो बच्चामा पनि रूचि नहुने)
- भोक लाग्नमा समस्या हुने
- सुत्नमा कठिनाई हुने
- अधिकांश समय थकान हुने वा शक्तिको कमी हुने
- ध्यान केन्द्रित गर्न वा निर्णय लिनमा अप्ठेरो हुने
- दोषी, बेकार र निराश महसुस गर्ने
- अत्यधिक चिन्ता र चिडचिडाहट हुने
यदि उपर्युक्त लक्षण 2 हप्ता वा त्यो भन्दा धेरै समयसम्म रहिरहन्छ र महिलाको दैनिक कार्यप्रणाली धेरै प्रभाव परिरहेको छ भने सकेसम्म छिटो पेशेवरको सहायता लिन आवश्यकता हुन्छ।
रोकथामका उपायहरू
- गर्भावस्था भन्दा पहिले उचित तयारी जसमा उपयुक्त परिवार र वित्तीय नियोजन समावेश होस्।
- प्रसवपछि जीवन समायोजनमा मद्दत गर्नको लागि पितृत्वको लागि यथार्थवादी अपेक्षाहरू।
- विभिन्न साधनको माध्यमबाट चिन्तालाई कम गर्नको लागि गर्भावस्था, प्रसव र शिशु अरू धेरै जान्नुहोस्, उदाहरणको लागि मातृ तथा बाल स्वास्थ्य केन्द्रमा बाल स्याहार र पितृत्व कार्यशालामा समावेश हुने, अन्य संगठनद्वारा आयोजित प्रासंगिक वार्ता र कार्यशालामा भाग लिने आदि।
- अन्य आमाबुवाका साथ अनुभव साझा गर्ने र सामाजिक समर्थन बढाउने।
- बुझाइ र समर्थन बढाउनका लागि साथी र परिवारको तर्फबाट अन्य सदस्यका साथमा प्रभावकारी सञ्चार गर्ने।
- पर्याप्त आराम गर्ने र सुत्ने, उदाहरणको लागि प्रसवपछि घर र शिशु स्याहार सहायताको व्यवस्था गर्ने
- अवकाश र आरामका गतिविधिहरूका लागि केही समय निकाल्ने, उदाहरणको लागि घुम्न जाने, साथीहरूलाई फोन गर्ने।
- स्वस्थ आहार खाने। धूम्रपान नगर्ने र मदिराजन्य पदार्थ नखाने।
सहायता लिने तरिका
- प्रारम्भिक मूल्याङ्कन र प्रबन्धको लागि पारिवारिक चिकित्सक वा प्रसव चिकित्सकसँग सम्पर्क गर्नुहोस् र यदि आवश्यक भएमा विशेषज्ञ सेवाको लागि जानुहोस्।
- पेशेवर मूल्याङ्कन र उपचारको लागि निजी क्षेत्रमा मनोरोगी चिकित्सक वा निदानात्मक मनोवैज्ञानिकलाई देखाउनुहोस्
- मूल्याङ्कन र भर्ना हुनका लागि सामाजिक कार्यकर्ता वा परामर्शदाताकोमा जानुहोस्।
- यदि आमा प्रसवपछि मनोदशाले पीडित हुनुहुन्छ भने उहाँ प्रारम्भिक मूल्याङ्कन र उपयुक्त सेवामा भर्ना हुना र परिचारिकालाई देखाउनका लागि आफ्नो आवासीय क्षेत्रको मातृ तथा बाल स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ।
परामर्श सेवा / हटलाइन
- द समरिटिन ब्रिफेन्डर्स हङकङ 2389 2222
- आत्महत्या रोकथाम सेवा 2382 0000
- समाज कल्याण विभाग 24-घण्टे हटलाइन 2343 2255
- हस्पिटल अथोरिटी मेन्टल हेल्थ डायरेक्ट (24 घण्टे) 2466 7350
अन्य
स्वास्थ्य विभाग:
- पारिवारिक स्वास्थ्य सेवा 24-घण्टे सूचना हटलाइन 2112 9900
- पारिवारिक स्वास्थ्य सेवा ब्रेस्टफिडिङ हटलाइन 3618 7450
- 24-घण्टे स्वास्थ्य शिक्षा हटलाइन 2833 0111
- परिवार स्वास्थ्य सेवा वेबसाइट
- प्राथमिक स्याहार डाइरेक्टरी
(तपाईंले यो निर्देशिकाको प्रयोग गरेर आफ्नो आवश्यकता अनुसारको पारिवारिक चिकित्सक खोज्न सक्नुहुन्छ )