योनिशोथ

(Content revised 08/2015)

योनिशोथ योनीको जलन हो जुन सङ्क्रमण वा अरू कारक तत्त्वहरूद्वारा हुन सक्छ । कुनै पनि उमेरको महिलामा विशेष गरेर बच्चा जन्माउन सक्ने उमेरका र यौनमा सक्रिय महिलाहरू यो रोग लाग्नको लागि बढी आघात योग्य हुने गर्छन् ।

योनीबाट पानी बग्नु

  • सामान्यतः योनीबाट बग्ने पानी गन्ध हीन स्राव हो जुन सफा वा सेतो रङको हुन्छ र लेदो जस्तो वा अण्डाको सेतो भागको तन्तु जस्तो हुन्छ
  • अण्ड निष्कासनको बेला, महिनावारी हुनु भन्दा पहिला, यौन सम्पर्कको लागि उत्तेजित हुँदा, गर्भधारण, गर्भनिरोधक वा अन्तर्गर्भाशयी उपकरण प्रयोग गरेको समयमा यसको मात्रा हल्का बढ्न सक्छ
  • योनीबाट असामान्य रूपमा बग्ने पानी सामान्यतः पहेँलो वा हरियो हरियो हुने गर्छ जुन दही जस्तो वा नराम्रो गन्ध आउने फिँज युक्त हुने गर्छ र रगत समेत हुन सक्छ; यसको कारणहरूमा सङ्क्रमण जलन पाठेघरको मुखको पोलिपहरू वा यौनाङ्गको ट्युमर लगायतका हुन्छन् । रोगीहरूले तत्काल स्वास्थ्य सम्बन्धी परामर्श लिनु पर्छ

जीवाणुको भेजिनोसिस्

कारणहरू: योनीमा सामान्य स्वस्थ्य जीवाणुको कारणले आम रूपमा बच्चा जन्माउन सक्ने उमेरका महिलाहरूमा देखिन्छ । अन्तर्गर्भाशयी उपकरण प्रयोग गर्नाले योनी ल्याभेज अभ्यास गर्नु वा एक भन्दा बढी यौन साथी हुनु जीवाणु भेजिनाइटिसको लागि जोखिमको कारक तत्त्वहरू हुन्
लक्षण र सङ्केतहरू: बढ्दो रूपमा योनीबाट असामान्य गन्ध नभएको तरल पदार्थ बग्नु; कसै-कसैलाई कुनै पनि लक्षण र संकेतहरू हुँदैन
उपचार: एण्टिबायोटिक लिनुहोस्; योनी ल्याभेजबाट टाढा रहनुहोस्; सुरक्षित यौन सम्पर्कको अभ्यास गर्नुहोस्

क्याण्डीडियासिस् (मोनिलियासिस)

सबैभन्दा आम प्रकारको योनी सङ्क्रमण एक प्रकारको ढुसी (फङगस) क्याण्डिडाको कारणले हुने गर्छ । कैयन् महिलाहरूलाई पटक-पटक भइ रहने सङ्क्रमण हुने गर्छ जुन योनि भित्र बसेको थोरै मात्राको ढुसीको कारणले भएको हुन पनि सक्छ ।

कारणहरू: योनीको पिएच मानमा परिवर्तन आयो भने वा शरीर भित्र हार्मोनगत परिवर्तन आयो भने उदाहरणको लागि गर्भावस्थामा, मधुमेह हुँदा वा कमजोर प्रतिरक्षा प्रणाली, एण्टिबायोटिक खाँदा, लामो समयसम्म स्टिरोइड गर्दा वा प्रतिरक्षा प्रणालीलाई दबाउने प्रयोग गर्दा योनीको सङ्क्रमण हराउँदै योनीको वातावरण क्याण्डिडा वृद्धि हुनको लागि अनुकूल हुने गर्छ
लक्षण र सङ्केतहरू: योनीबाट चिज जस्तो वा बिन कर्ड जस्तो पदार्थ निस्किनु यौनाङ्ग वरिपनि निकै चिलाउने हुनु
उपचार: योनी वर्तिका (चुच्चो वा बेलनाकार औषधिय वस्तु) स्थानीय क्रिम प्रयोग गर्नुहोस्; पटक पटक दोहोरिने सङ्क्रमणहरूको लागि खाने औषधिहरूबारे सोच्न सकिन्छ; मधुमेहलाई नियन्त्रण गर्नुहोस्

यौन सम्पर्कबाट प्रसारण भएको योनिशोध

कारणहरू: असुरक्षित यौन सम्पर्क (कण्डम प्रयोग नगरेर) वा एक भन्दा बढी यौन साथीहरू हुनु; ट्रिकोमोनियासिस, गोनोरिया, क्लामिडीया, यौनाङ्गको लुतो र मुसाहरू आम कारणहरू हुन्
लक्षण र सङ्केतहरू: योनी चिलाउने, योनीबाट बढ्दो रूपमा पदार्थहरू निस्किनु, पेल्भिक वा तल्लो पेटमा पिडा हुनु, पिसाब फेर्नमा कठिनाइ वा असाधारण रक्तस्राव; कसै-कसैलाई कुनै पनि लक्षण वा सङ्केत नहुन पनि सक्छ
उपचार: औषधि उपचार; साथीहरूलाई पनि जाँच र उपचार गर्नु आवश्यक हुन्छ; व्यक्तिगत सरसफाइ र सुरक्षित यौन सम्पर्क अभ्यास गर्नु पर्छ । यौन सम्पर्कबाट सरेको सङ्क्रमण भएको शङ्का लागेमा लक्षण र सङ्केत भए पनि नभए पनि तत्काल चिकित्सकको सल्लाह लिनु पर्छ

*केही रोगीहरूमा कुनै पनि लक्षण देखा पर्दैन यदि तत्काल उपचार नगरेमा प्रजनन अङ्गहरूमा असर पर्न सक्छ जसको परिणाम अण्ड वाहिनी नलीमा अवरोध, न्यून उब्जाउपन, अस्थानिक गर्भधारण, बानी ब्यहोरागत गर्भपात वा पेल्भिकको सङ्क्रमण समेत हुन सक्छ ।

अपक्षय हुने (बुढेसकालको) योनिशोथ

कारणहरू: सङ्क्रमण नहुने सामान्यतः घट्दो महिला हर्मोन वा योनीको श्लेष्मल झिल्ली पातलो हुने तर्फ डोर्याउँदै योनीबाट तरल पदार्थ बग्नुको कारणले रजोनिवृत्ति भए पछि हुने गर्छ
लक्षण र सङ्केतहरू: योनि भित्र चिलाउने वा पोल्ने, पिडा दायी यौन सम्पर्क वा यौन सम्पर्क पछि रगत बग्नु
उपचार: चिल्लो पदार्थको प्रयोग; हर्मोन प्रतिस्थापन थेरापी लिनुहोस्

योनिशोधलाई रोकथाम गर्नको लागि ध्यान दिनुपर्ने बुँदाहरू

  • एउटा स्वस्थ्यकर जीवन शैली अपनाउनुहोस् र व्यक्तिगत सर सफाइलाई कायम राख्नुहोस्
  • कटनको पेन्टी लगाउनुहोस् र कसिलो पाइन्ट नलगाउनुहोस्
  • बाथ टबमा नुहाउनु भन्दा सावरमा नुहाउनुहोस्
  • एलर्जी पैदा गर्ने सामग्री वा यौनाङ्ग सफा गर्ने वा सुगन्धित प्रयोग गर्न बाट टाढा रहनुहोस्
  • यौनाङ्ग क्षेत्र वा मलद्वारलाई अगाडि बाट पछाडि तर्फ सफा गर्नुहोस योनि लाभेजबाट टाढै रहनुहोस्
  • यौन सम्पर्क गर्नु भन्दा पहिला यौनाङ्गहरूलाई धुनुहोस् अनि त्यसपछि पिसाब गर्नुहोस्
  • एकल यौन साथीलाई कायम राख्नुहोस् कण्डम प्रयोग गरेर सुरक्षित यौन सम्पर्कको अभ्यास गर्नुहोस्

*योनीको सङ्क्रमण जहिले पनि यौन सम्पर्कबाट सरेको सङ्क्रमणको कारणले हुने गर्दैन यदि कुनै शङ्का लागेमा तत्काल चिकित्सा परामर्श लिनुहोस् । यदि आवश्यक भएमा यौन साथीको पनि उपचार भएको निश्चित गर्नुहोस् ।