पिडादायी वा चिलाउने योनीसँग कसरी सामना गर्ने?

(Content revised 06/2015)

यौनाङ्गको छाला निकै संवेदनशील हुन्छ र यसलाई रसायनहरू वा शारीरिक ढङ्गद्वारा चिडचिडाहट हुनबाट रोकथाम गर्नु महत्त्वपूर्ण हो । यदि तपाईंलाई योनी क्षेत्रमा चिलाएको वा कडा खलको पिडा अनुभव भयो भने जति सक्दो चाँडो चिकित्सकको परामर्श लिनुहोस् । चिकित्सकलाई नभेटिकन काउण्टरबाट किन्न सकिने औषधिहरू प्रयोग नगर्नुहोस् ।

योनीबाट पानी बग्नु

प्राय: सबैजसो महिलाहरूको गर्भावस्थामा योनीबाट पानी बग्ने गर्छ । त्यो सफा र सेतो हुनुपर्छ अनि त्यो गनाउने हुने हुँदैन । यदि तपाईंमा निम्नलिखित कुरा भएमा चिकित्सकको परामर्श लिनुहोस् । तपाईंलाई योनीको सङ्क्रमण भएको हुन सक्छ ।

  • योनीबाट बगेको पानी रङ्गीन वा रगत मिसिएको छ भने
  • योनीबाट बगेको पानी अनौठो बास्ना आउँछ भने
  • तपाईंलाई चिलाएको वा घाउ भएको अनुभव हुन्छ भने

स्वास्थ्य

  • यौन अङ्गहरूलाई अति नै बढी न धुनुहोस् । यौनाङ्ग क्षेत्रको छालालाई हल्कासाथ व्यवहार गर्नुहोस् ।
  • डुसहरू प्रयोग नगर्नुहोस्
  • बबलबाथ वा कुनै पनि सुगन्धित क्रिम, साबुन वा महिलाको स्वास्थको उत्पादनहरू प्रयोग नगर्नुहोस्
  • योनी क्षेत्रमा स्याम्पु पार्नबाट टाढै रहनुहोस्
  • सफा गर्नको लागि वा लक्षणहरूबाट आराम दिलाउनको लागि सादा पानी /सलाइन प्रयोग गर्न सकिन्छ
  • मुत्राशय पूरा भरिनु भन्दा पहिले नै पिसाब गर्नुहोस् । शौचालय प्रयोग गरिसकेपछि योनी देखि पछाडी सम्म पुछ्नुहोस् । यसले सामान्यतः तपाईंको मलद्वारमा बस्ने जीवाणुलाई तपाईंको योनीमा पस्नबाट रोकथाम गर्नमा मद्दत गर्न सक्छ। पिसाब गरिसकेपछि योनीलाई पानीले पखाल्नुहोस् ।
  • नरम, सेतो, सुगन्धित नपारिएको टोइलेट पेपर प्रयोग गर्नुहोस्
  • १०० % सुतिको महिनावारी भएको समयमा प्रयोग गर्ने प्याड र टेम्पोनहरू प्रयोग गर्नुहोस्

लुगाफाटा र धुलाई

  • सुतीको पेन्टी र खुकुलो पाइन्ट वा जामा लगाउनुहोस् ।
  • पेन्टीहोज नलगाउनुहोस् (सट्टामा फिला वा घुँडासम्म आउने मोजाहरू लगाउनुहोस् )
  • पेन्टी र योनीको सम्पर्कमा आउने कुनै पनि लुगाहरू राम्ररी पखालिएको छ भनी सुनिश्चित हुनुहोस् ।
  • भित्री वस्त्रहरूमा फेब्रिकसफ्टनरको प्रयोग नगर्नुहोस् किनभने यसको रसायन कपडामा बस्छ र योनीको छालामा चिडचिडाहट हुन्छ।

यौन समागम

  • योनी चिलाउदाँ चिल्लो पदार्थ वा पेट्रोलियम जेली प्रयोग नगर्नुहोस् ।
  • यौनाङ्गमा पिडा हुँदा यौन समागम नगर्नुटाढैहोस् ।
  • यौन समागम गरि सकेपछि यदि कुनै पोलेको अनुभव भएमा आराम दिनको लागि योनीको छाला माथि बरफ वा तौलियामा बेरिएको जमेको जेल प्याक बिस्तारै लगाउनुहोस् ।
  • सङ्क्रमणलाई रोकथाम गर्नको लागि यौन सम्पर्क गर्नासाथ पिसाब फेर्नुहोस् अनि योनीलाई चिसो पानीले पखाल्नुहोस् ।​

शारीरिक क्रियाकलापहरू

  • योनीमा प्रत्यक्ष दबाब दिने व्यायामहरू जस्तै साइकल चढ्नुबाट टाढै रहनुहोस् ।
  • व्यायाम गरिसकेपछिको लक्षणहरूबाट आराम पाउनको लागि तौलियामा बेरिएको जमेको जेल प्याकलाई योनीको छालामाथि विस्तारै लगाउनुहोस् ।
  • उच्च क्लोरिन युक्त पौडी पोखरीहरूमा पौडी नखेल्नुहोस् र तातो टबहरू प्रयोग गर्नबाट टाढै रहनुहोस् ।
  • भिजेको नुहाउने लुगा र खेलकूदको पोसाकहरूलाई चाँडै खोल्नुहोस् ।

दैनिक जीवन यापन

  • लामो समय सम्म बस्दा खेरी फोम रबर रिङ प्रयोग गर्नुहोस् ।
  • उभिने समय अवधिको बीच-बीचमा विभिन्न आसनहरू प्रयास गर्नुहोस् ।
  • उत्तेजनाले यौनाङ्ग क्षेत्रमा हुने सरगर्मीमा असर पार्न सक्छ । तनावको बखतमा लक्षणहरू झन् खराब देखा पर्न सक्छ । यथेष्ट मात्रामा आराम गर्ने, नरम खालको सङ्गीत सुन्ने र शरीर तन्काउने व्यायाम गर्ने गर्नाले योनीमा हुने असुविधाको तीव्रतालाई कम गर्नमा मद्दत पुर्याउन सक्छ ।