मासिक धर्मको बारेमा

(Content revised 11/2013)
  1. ऋतुस्राव के हो ?
    • ऋतुस्राव (वा मासिक धर्म) भनेको, एक महिलाको शरीरमा भएका चक्रीय हार्मोन परिवर्तनहरूका कारण नियमित अवधिमा हुने रक्त प्रवाह र पाठेघरको तह हो।
    • जब एक केटीको जन्म हुन्छ, उसका गर्भशयमा पहिलैबाट दसौं लाख अपरिपक्व डिम्ब (अण्डाहरू) हुन्छन्। तरूणावस्थामा, ती मध्य दसौं अण्डाहरू, महीनामा एकपल्ट हार्मोनको उत्तेजनाका कारण विकसित हुनथाल्छन्। साधारणतः, गर्भाशयमा एउटा मात्र अण्डा परिपक्व हुन्छ र प्रत्येक चक्रमा गर्भाशयमा छोडिन्छ (जसलाई डिम्बोत्सर्जन भनिन्छ)
    • यसका साथै, गर्भधारणको तयारीका लागि पाठेघरको तह पनि मोटो हुन्छ। यदि उक्त अण्डा निषेचित भएन भने, यो योनिमार्ग मार्फत पाठेघरको तहका अतिरिक्त ऊतकहरूका साथ मासिक धर्मको रगतमा बाहिर निस्कन्छ। त्यसपछि अर्को मासिक चक्रको पुनर्थालनी हुन्छ।
  2. कुन उमेरमा केटीको मासिक धर्म शुरू हुन्छ ? कुन उमेरमा मासिक धर्म रोकिन्छ ?
    • धेरैजसो केटीहरूमा 11-12 वर्षको उमेरमा मासिक धर्म शुरू हुन्छ। अधिक संख्यक महिलामा 45-55 वर्षको उमेरमा मासिक धर्म रोकिन्छ। यो चरणमा, मासिक धर्म स्थायी रूपमा रोकिन्छ (रजोनिवृत्ति) र ती महिलाले अब नानी जन्माउन सक्दिनन्
  3. के प्रत्येक महीना मलाई मासिक धर्म हुनु जरूरी छ ?
    • छैन, सबै महिलाहरूको प्रत्येक महीना मासिक धर्म हुँदैन। एक महिलाको अवस्था बमोजिम उनको चक्र भिन्न हुनसक्छ।
    • एउटा मासिक चक्र 21-35 दिनसम्मको हुनसक्छ। एउटा चक्रको अवधि भनेको, ऋतुस्रावको पहिलो दिनदेखि आगामी ऋतुस्रावको पहिलो दिनबीचको समय हो।
    • उदाहरणको लागि:
      गत ऋतुस्रावको पहिलो दिन: 1 अक्टोबर
      चालू ऋतुस्रावको पहिलो दिन : 29 अक्टोबर
      चक्रको अवधि: 28 दिन

      गर्भधारणको सम्भावना, कुनै पनि यौनरूपमा सक्रिय महिलामा हुन्छ भन्ने ठहर गर्नु पर्दछ। यदि तपाईंलाई मासिक धर्म भएन भने, तपाईंको स्वास्थ्य हेरचाहकर्तासित परामर्श लिनुहोस्।

    • जुन केटीहरूको मासिक धर्म भर्खरै शुरू भएकोछ वा जुन महिलाहरू रजोनिवृत्तितर्फ अग्रसर छन्, उनीहरूमा अनियमित ऋतुस्राव हुनसक्छ।
    • हार्मोन असन्तुलनका साथ केही निश्चित परिस्थितिहरू संलग्न हुनसक्छन्, जसले गर्दा अनियमित ऋतुस्राव हुन्छ। यसमा सामेल छन्:
      • अधिक वजन वा कम्ती वजन
      • भोजन विकार (अर्थात एनोरेक्सिया नर्वोजा)
      • कठोर व्यायाम
      • तनाव
      • केही तोकिएका औषधिहरू (जस्तै गर्भनिरोधक अन्तःक्षेपण)
      • लागू पदार्थको दुरूपयोग
      • स्तनपान
      • जीर्ण रोगहरू, हार्मोन विकार (जस्तै बहुकोषीय गर्भाशय लक्षण, थाइरयड रोग इत्यादि)
      • गर्भाशयको कार्यलाई असर पार्ने स्थितिहरू
    • पाठेघरको तहमा असामान्यता, पोलिप्स, योनि वा पाठेघरको मुखमा संक्रमणले गर्दा, वा पाठेघरको मुखमा क्यान्सर इत्यादिले गर्दा मासिक चक्रको अवधिका बीचमा योनिबाट रक्तस्राव हुनसक्छ। यसलाई कहिलेकहीँ, 'अनियमति ऋतुस्राव' भनेर भूल पनि गरिन्छ।
  4. के मलाई अधिक ऋतुस्राव भएकोछ ?
    • अधिक ऋतुस्राव भनेको, मासिक धर्मको बेलामा धेरै वा लामो अवधिसम्म रक्तस्राव हुनु
    • तपाईंलाई अधिक ऋतुस्राव हुनसक्छ यदिः
      • तपाईंलाई 7 दिनभन्दा धेरै रक्तस्राव भईरहन्छ (धेरैजसो महिलामा ऋतुस्राव 2-7 दिनको हुन्छ)
      • तपाईंले प्रत्येक 1-2 घण्टामा लामो र अधिक-सोख्ने प्याड फेर्नु पर्दछ
      • तपाईंका ठूल्ठूला रगतका थेग्लो निस्कँदैछन्
      • तपाईंलाई अधिक रक्तस्राव भएकोछ (अर्थात, अचानक अधिक परिमाणमा रगत बग्नु जो तपाईंको अन्डरवियर र लुगाले सोक्दछ)
      • तपाईंलाई राति प्याड फेर्न घरि-घरि उठ्नु पर्दछ
      • प्याड/ट्याम्पनको प्रयोग गरेता पनि, सुतेको बेलामा तपाईंको आफ्नो ओछ्यानमा रगत चुहुन्छ
      • तपाईंको अधिक ऋतुस्रावले तपाईंको काम, पारिवारिक जीवन र सामाजिक जीवनमा असर पारेको छ
      • मासिक धर्मको अवधिमा र पछि तपाईंलाई कमजोडी, छोटो सास फेर्ने वा थकाईको समस्या हुन्छ
  5. मासिक धर्मको दुखाई के हो ?
    • मासिक धर्मको दुखाई, अक्सर ऋतुस्रावको केही अघि वा थालनीमा हुने गर्दछ। साधारणतः, तलपेटमा हल्कादेखि अत्यन्त दुखाईको महसूस हुन्छ
    • अत्यधिक स्राव हुँदा साधारणतः धेरै दुख्छ
    • दुखाईका साथमा वान्ता वा दिसा लाग्ने लगायत पेट बिग्रने समस्या देखिन्छ
    • मासिक धर्मको दुखाई 2 प्रकारका हुन्छन्:

चिकित्सा स्थितिबाट नहुने

एक प्राथमिक स्थितिबाट हुन्छ

  • सामान्यतः युवा महिलामा उनीहरूको मासिक धर्म शुरू भएको केही पश्चात हुन्छ
  • अन्तर्गर्भाशय-अस्थानता, पाठेघरको मुख, अन्तर्गर्भाशयी गर्भनिरोधक इत्यादि जस्ता स्थितिहरूमा हुनसक्छ
  • महिलाको उमेर हुँदै जाँदा वा उनी आमा बन्दा दुखाई कम्ती हुन्छ वा हराउँछ पनि
  • मासिक चक्रको कुनै पनि समयमा दुख्नसक्छ
  • 1 – 3 दिनसम्म रहन्छ
  • योनिस्राव दुर्गन्धयुक्त हुनसक्छ वा ज्वरो आउनसक्छ
  • हट कम्प्रेस वा साधारण दुखाई निवारक लिंदा दुखाईबाट मुक्ति पाइन्छ
  • यौनक्रियाको दौरान दुख्नसक्छ
  • नियमति व्यायाम गर्ने महिलाहरूलाई मासिक धर्मको दौरान कम्ती दुख्छ
  • साधारण दुखाई निवारकबाट दुखाई कम्ती हुँदैन
  • मुख्य कारणको उपचारले दुखाई घटाउनमा मद्दत गर्दछ

तपाईंका निम्न मध्य कुनै समस्या छन् भने डाक्टरसित सम्पर्क गर्नुहोस्:

  • तपाईं 16 वर्षकी पुग्नुभयो तर तपाईंको मासिक धर्म शुरू भएकोछैन
  • तपाईंको मासिक धर्म अचानक अनियमित भएकोछ
  • मासिक चक्रको बीचमा यौनिबाट रक्तस्राव
  • यौनक्रियापछि यौनिबाट रक्तस्राव
  • एक वर्षभन्दा धेरै समयदेखि तपाईंको मासिक धर्म बन्द भएपछि यौनिबाट रक्तस्राव
  • 40 वर्षमा वा त्यसपछि मासिक धर्मको बेलामा दुखाई
  • मासिक चक्रको अवधि 21 दिनभन्दा छोटो
  • अधिक ऋतुस्राव (प्रश्न 4 हेर्नुहोस्)
  • अत्यधिक दुखाईका साथ मासिक धर्म/ उदर दुखाई
  • तपाईंको मासिक धर्म बन्द भएको एक वर्षभन्दा धेरै भएकोछ तर तपाईंको उमेर 45 वर्षभन्दा कम्ती छ

तपाईंका कुनै गुनासो छन् भने कृपया स्वास्थ्य पेशेवारबाट परामर्श लिनुहोस्।

परिवार स्वास्थ्य सेवा
वेबसाइट: www.fhs.gov.hk
24-घण्टा सूचना हटलाइन: 2112 9900