महिनावारी रोकिने तथा हर्मोन प्रतिस्थापन थेरापी

(11/2019 मा संशोधन गरिएको HTML सामग्री)

महिनावारी रोकिनु महिलाको जीवनको प्राकृतिक चरण हो र महिनावारी समाप्त हुने चिन्ह हो। महिलाको गर्भाशयको प्रकार्य सामान्यतया उहाँ 45 देखि 55 वर्षको उमेरमा पुगेपछि कम हुन थाल्छ। अन्ततः उहाँको अण्डाशयले महिलाको हर्मोनहरू उत्पादन गर्न रोक्दछ। 1 वर्षसम्म महिनावारी नभएपछि, महिलाहरू महिनावारी रोकिने अवस्थामा पुग्दछन्। केही महिलाहरूमा लक्षणहरू देखा पर्नेछन् उदाहरण: गर्मी हुने, रातमा पसिना आउने, निद्रा अवरोध र सामान्य चिडचिडापन।

हर्मोन प्रतिस्थापन थेरापी (HRT) महिनावारी रोकिने लक्षणहरूलाई कम गर्नका लागि प्रयोग गर्न सकिन्छ तर यसमा पनि गम्भीर साइड इफेक्टहरू हुन सक्छन्। निर्णय लिनुअघी उहाँको चिकित्सकसँग जोखिम तथा लाभहरूबारे छलफल गर्नुपर्छ।

हर्मोन प्रतिस्थापन थेरापी (HRT) का लागि उपयुक्त नहुने अवस्थाहरू

  • हर्मोन प्रतिस्थापन थेरापी (HRT) मा एलर्जी
  • निदान नगरिएको असामान्य रूपमा योनी रक्तस्राव
  • भेनस थ्रोम्बोसिस
  • एक्युट कलेजोको रोग
  • स्तन वा गर्भाशयको क्यान्सर
  • स्थापित मुटु रोग

हर्मोन प्रतिस्थापन थेरापी (HRT) का लाभ तथा जोखिमहरू

  • पेरिमेनोपोसलका लक्षणहरू - गर्मी र रातीमा पसिना आउन कम गर्छ।
  • अस्थिरोग - अस्थिरोगलाई रोक्छ तर एकपटक एस्ट्रोजेन उपचार गरिसकेपछि रोकिन्छ, हड्डी नाश हुने विरूद्धको संरक्षण व्यापक रूपमा हराउँछ।
  • जीवनको गुणस्तरमा सुधार - स्मरण शक्ति, मौखिक विचारमा सुधार ल्याउँछ।
  • कोलोन क्यान्सर- जोखिम कम हुन्छ।
  • स्तन क्यान्सर - दीर्घकालीन रूपमा लिनाले जोखिम बढाउँछ।
  • इन्डोमेट्रियल क्यान्सर- अखण्ड गर्भाशय भएका महिलाहरूका लागि, एस्ट्रोजेन एक्लै लिएमा जोखिम बढाउँछ।।
  • भेनस थ्रोम्बोसिस - जोखिम बढाउँछ।
  • कोरोनरी मुटुको रोग - हर्मोन प्रतिस्थापन थेरापी (HRT) स्थापित मुटु रोग भएका महिलाहरूमा सुरु हुँदैन। आफ्नो महिनावारी रोकिने बेलामा हर्मोन प्रतिस्थापन थेरापी सुरु गरेका महिलाहरूलाई कोरोनरी मुटुको रोग हुने सम्भावना कम हुनेछ भनी देखाउनका लागि अझै पनि डाटा अपर्याप्त छ।

हर्मोन प्रतिस्थापन थेरापी (HRT) का तयारीहरू

यो एस्ट्रोजेन मात्र, प्रोजेस्टोजन मात्र वा एस्ट्रोजेन र प्रोजेस्टोजनको संयोजन हो।

तिनीहरू ट्याब्लेट, प्याचहरू, जेल र योनी क्रिमको रूपमा आउन सक्छन्। कृपया सबैभन्दा उचित तयारी छनोट गर्न आफ्नो चिकित्सकसँग छलफल गर्नुहोस्।

सामान्य साइड इफेक्टहरू

  • रक्तस्राव - अखण्ड गर्भाशय भएका महिलाहरूका लागि, HRT ले रगत बग्ने जस्तो महिनावारी फिर्ता ल्याउन सक्छ।
  • स्तन संवेदनशीलता वा संलग्नता
  • तरल पदार्थको प्रतिधारण

थेरापी प्राप्त गर्दा नियमित फलो-अप आवश्यक पर्छ

थप स्वास्थ्य सम्बन्धी जानकारीका लागि, कृपया 2833 0111 मा हाम्रो स्वास्थ्य शिक्षाको इन्फोलाइन (क्यान्टोनिज, अङ्ग्रेजी र प्युटोगुवा) लाई कल गर्न वा http://www.fhs.gov.hk मा पारिवारिक स्वास्थ्य सेवाको स्वास्थ्य विभागको वेबसाइटमा जान सक्नुहुन्छ।