रजस्वलासँग कसरी व्यवहार गर्ने

(Content revised 11/2013)

रजोनिवृत्ति के हो?

रजोनिवृत्ति भनेको महिनावारी बन्द हुनु हो। यो अवधिको समयमा, महिला हार्मोनको स्राव सुस्त-सुस्त घट्छ, जसले बाँझोपन र केही शारीरिक तथा मनोवैज्ञानिक परिवर्तन हन्छ। यो परिवर्तन प्रायजसो उहाँको 40 को दशकमा हुन्छ। हङकङमा रजोनिवृतको औसत आयु 51 वर्षको हो तर रजोनिवृतको वास्ताविक आयु फरक-फरक हुन्छ।

रजोनिवृतको वरिपरिको शारीरिक र मनोवैज्ञानिक परिवर्तन

मनोवैज्ञानिक परिवर्तन

  1. गर्मी हुने

    वासोडिलेटेशनको कारण, महिलाहरूलाई अचानक गर्मी महसूस हुनसक्छ, जुन छाती देखि घाँटी र अनुहारसम्म फैलिन सक्छ। यो केही समयसम्म रहन्छ र प्रायजसो पूरै शरीरमा पसीना आउँछ।

  2. थरथराहट
  3. अत्यधिक पसीना, विशेष गरी गर्मी हुने समयमा
  4. टाउको दुख्ने, चक्कर लाग्ने, थकान, अनिद्रा
  5. अनियमित महिनावारी

    वास्तविक रजोनिवृत्ति भन्दा पहिला महिनावारी अनियमित हुनसक्छ। यदि महिलाहरूलाई लाग्छ कि उहाँहरूलाई लामो समयसम्म र उच्च महिनावारी ‍वा महिनावारी पछि योनिबाट रक्तस्राव भइरहेको छ भने, उहाँहरूले चिकित्सकको परामर्श लिन आवाश्यक हुन्छ।

  6. योनिमा सूखापन

    योनिबाट न्यून स्राव, योनि एट्रोपी र योनिको न्यूनतम लोचले कहिलेकाहीँ यौन सम्भोगको अवधिमा पीडाको कारण बन्न सक्छ।

  7. ओस्टियोपोरोसिस्

    हार्मोनको स्रावमा कमी ‍विशेषगरी एस्ट्रोजनले, शरीरमा क्यालसियमको कमीलाई बढाउँछ जसले गर्दा हड्डिहरू छिद्रपूर्ण र कमजोर हुन्छ।

यी लक्षणहरू हुने महिलाहरू रजोनिवृत्तिको नजिककै हुनुहुन्छ भन्ने हुँदैन। यदि तपाईंको मनमा कुनै पनि प्रश्नहरू छन् भने आफ्नो स्वास्थ्य स्याहार प्रदायहरूसँग परामर्श लिनुहोस्।

मनोवैज्ञानिक परिवर्तन
रजोनिवृतबाट गइरहनुभएको केही महिलाहरूले डिप्रेसन, चिडचिडापन, चिन्ता, भावनात्मक अस्थिरता वा आत्माविश्वासमा कमी भएको अनुभव गर्नुहुन्छ। कसैलाई सम्झनमा कमी वा ध्यान दिन कठिनाई हुनसक्छ।

रजोनिवृत्तिको प्रति सकारात्मक रहनुहोस्
रजोनिवृत्ति महिलाको जीवनमा हुने सामान्य र प्राकृतिक अवस्था हो। यो अस्थाई चरण मात्र हो र यो रोग होइन। एकपटक "नयाँ" हार्मोनल सन्तुलन फेरि प्राप्त गरेपछि सबै कुराहरू सामान्य हुनेछ।

निम्नलिखित बिन्दुहरूले तपाईंलाई यो अवधिको समयमा शारीरिक तथा मनोवैज्ञानिक परिवर्तनहरूसँग सम्झौता गर्न मद्दत गर्न सक्छ:

शारीरिक परिवर्तनसँग सम्झौता गर्नको लागि

  1. यौन सम्बन्धको अवधिमा असुविधालाई न्यून गर्नको लागि यौनि जेलीको प्रयोग गर्नुहोस्।
  2. ओस्टियोपोरोसिस्, कोरोनरी मुटु रोग र अन्य स्वास्थ्य समस्याहरूको जोखिम न्यून गर्नको लागि स्वस्थ जीवनशैली कायम राख्नुहोस्।
  3. सन्तुलित आहारको सेवन गर्नुहोस्। फल, सब्जी र क्यालसियमको उच्च मात्रा भएको भोजन जस्तै सिमी, सोयाबीना उत्पादन, गाढा हरियो सब्जी, माछा र डायरी उत्पादनहरू खानुहोस्।
  4. धूम्रपान र मदिराको सेवन नगर्नुहोस्।
  5. नियमित शारीरिक क्रियाकलापहरूमा सहभागी हुनुहोस्, उदाहरणको लागि चल्ने र दौडने।
  6. पर्याप्त सुत्ने र विश्राम गर्ने गर्नुहोस्।
  7. गम्भीर रजोनिवृत्तिको लक्षण भएका महिलाहरूको लागि, चिकित्सक व्यक्तिगत आवश्यकताहरूको आधारमा हार्मोनल प्रतिस्थापन चिकित्सा निर्धारण गर्न सक्नुहुन्छ।
  8. यदि तपाईंलाई रजनोवृत्ति पछि असामा‍न्य योनी रक्तस्रव हुन्छ भने तुरून्तै चिकित्सकसँग परामर्श लिनुहोस्।

मनोवैज्ञानिक परिवर्तनहरूसँग सम्झौता गर्नको लागि

  1. खुशी र सकारात्मक रहनुहोस्।
  2. साथीहरूसँग आफ्नो भावना तथा अनुभवहरू साझा गर्नुहोस्।
  3. आफ्नो सामाजिक जीवनलाई समृद्ध गर्नुहोस् र बाहिरी क्रियाकलापहरूमा अत्याधिक सहभागी हुनुहोस्।
  4. अध्ययान तथा काम गर्न जारी राख्नुहोस्।