महिनावारी हुनुपूर्वको लक्षण

(Content revised 11/2013)

प्रत्येक महिनामा केही दिनहरू किन नराम्रा हुन्छन्?

हो, मेरो हात र पाइताला महिनावारी हुनुअघि केही बोल्छ!

मैले महिनावारी हुनुअघि किन प्राय: स्तनमा दुख्ने र पोल्ने गर्छ?

महिनावारी हुनुपूर्वको लक्षण वा पिएमएस एउटा आम घटना हो। एउटा स्थानीय सर्वेक्षणले देखाए अनुसार प्रत्येक १० जना महिलाहरूमा ६ जना भन्दा बढीले महिनावारी हुनु भन्दा पहिला पिएमएसको निश्चित लक्षणहरू अनुभव गर्ने गर्छन् । तिनीहरू मध्ये करिब ३ देखि ८ जना महिलाहरूले आफ्नो लक्षणहरूलाई गम्भीर भएको सोच्ने गर्छन् ।

पिएमएस के हो?

पिएकएस महिनावारी हुनु भन्दा पहिला महिलामा आवधिक शारीरिक असुविधाको साथै मनोवैज्ञानिक र व्यवहारगत परिवर्नहरूसँग सम्बन्धित रहेको छ । पिएमएसको चरित्र एउटा महिनावारी हुनु भन्दा एक देखि दुई हप्ता पहिला हुने र महिनावारीको रगत बगेको केही समय पश्चात् प्राकृतिक रूपमा यो हराएर जानेबाट निर्धारण हुन्छ । गम्भीर मामिलाहरूमा यसले दैनिक कार्य, दैनिक जीवन र अन्तर व्यक्ति सम्बन्धमा बाधा पुर्याउन सक्छ जसले त्यसको बदलामा जीवनको गुणस्तरमा असर पार्छ ।

पिएमएसको लक्षणहरू के हुन्?

पिएमएससँग सम्बन्धित लक्षणहरू १५० वटा जति हुन सक्छन् अनि साझा लक्षणहरूलाई निम्न बमोजिम सूचीकृत गरिएको छ:

शारीरिक लक्षणहरू:

  • स्तन सुन्निने / कोमल हुने
  • अङ्ग प्रत्यङ्गहरू सुनिने / फुलिने
  • शरीरको तौल बढ्नु
  • टाउको दुख्नु
  • धपेडी हुने र प्रणालीगत कमजोरी

मनोवैज्ञानिक र बानी व्यहोरागत परिवर्तनहरू:

  • मनोभावमा अस्थिरता हुनु र झोक्कीनु
  • एकाग्र हुनमा कठिनाइ
  • बिर्सिने बानी
  • आवेगशील भएर प्रतिक्रिया गर्नु / व्यवहार गर्नु
  • निदाउनमा कठिनाइ, निन्द्रा नलाग्नु वा निन्द्रालु हुनु
  • भोक र खानाको प्राथमिकतामा परिवर्तन (अति गुलियो वा उच्च बोसोयुक्त खाने कुराको लागि लोभ हुनु)

जहाँ आवश्यक हुन्छ पूर्व महिनावारीको असुविधाको कष्ट भोगि रहेको महिलाले चिकित्सकको परामर्श लिनु पर्छ र उपयुक्त सहयोग लिनु पर्छ।

पिएमएस के ले हुन्छ?

  • रजोनिवृत्ति हुनु पूर्वका महिलाहरूमा पिएमएको असरहरू पर्न सक्ने हुन्छ अनि २५ देखि ४५ वर्ष उमेर पुगेका महिलाहरू खास गरेर आघात योग्य हुने गर्छन् ।
  • एउटा पिएमएसको मामिलालाई निश्चित गर्नको लागि यो एक पटक हुने लक्षणहरू वा एकमात्र मेडिकल परामर्श माथि भर पर्दैन । पिएमएसको क्लिनिकल पहिचानको निष्कर्षमा पुग्नु भन्दा पहिला चिकित्सकले दैनिक लक्षणहरू र तिनीहरूको तीव्रता बारे लगातार तीन महिनासम्मको विस्तृत विवरण हेरे पछि पूरा चिकित्सा इतिहास र शरीर जाँचको आधारमा अन्य शारीरिक वा मनोवैज्ञानिक रोगहरूको सम्भाव्यतालाई घटाउन आवश्यक हुन्छ । पिएमएसको शङ्का भएमा उपयुक्त उपचार पाउनको लागि उपयुक्त जाँचबुझ र रोग पहिचानको लागि तपाईंले स्वास्थ्य पेसा कर्मीसँग परामर्श गर्नु पर्नेछ ।

पिएमएस किन हुन्छ?

शारीरिक कारक तत्त्वहरू:

  • हर्मोनको असन्तुलन
  • न्यूरो प्रसारक असन्तुलन

मनोवैज्ञानिक र सामाजिक कारक तत्त्वहरू:

  • दैनिक जीवनमा तनाउहरू व्यक्तिगत चरित्र जीवन प्रति को मनोभावहरू पिएमहरूमा सान्दर्भिक हुने गर्छन् ।
  • मानसिक तनाउले अन्त स्त्राबी प्रतिक्रियाहरूमा असर पर्न सक्ने भएकोले मानसिक र मनोवैज्ञानिक कारक तत्त्वहरू पिएएसहरूको तिब्रतामा एक अर्काबीच सम्बन्धित हुन्छन् भन्ने कुरा अध्ययनहरूले देखाएको छ ।
  • आधुनिक समाज र परिवारमा महिलाले खेल्ने विभिन्न भूमिकाहरूका साथै तिनीहरूले सहन गर्नुपर्ने दबाबले पनि पिएमएसमा योगदान दिने गर्छन् । कम तनाउ युक्त जीवन जिउने र विभिन्न भूमिकाहरू सजिलै र सन्तुष्टि पूर्वक पुरा गर्ने महिलाहरूले कम पटक र कम कडा खालको पिएमएसहरू अनुभव गर्ने गर्छन् । उ विपरीत भूमिकाहरूमा द्वन्द्वको कष्ट र त्यससँग सम्बन्धित रहेको असन्तुष्टिहरू भोग्ने महिलाहरू पिएमएसको लक्षणहरूमा सापेक्ष रूपमा धेरै पटक र तीव्रता हुने गर्छ ।

पिएमएसहरूको उपचार कसरी गरिन्छ?

पिएमएसहरूको उपचारले तीनवटा पक्षहरूलाई ओगटेको हुन्छ:

  1. जीवन शैलीमा परिवर्तन: पिएमएसको लक्षणहरूलाई घटाउनको लागि तपाईंले निम्न लिखित विधिहरूलाई प्रयास गर्न सक्नुहुन्छ।
    • व्यायाम –विस्तारै दौडने, एरोबिक नृत्य, सिँढी चढ्नु र ताई ची; उपयुक्त एरोब्याटिक व्यायामहरूको साथै योग र हल्का शरीर तन्काउने जस्तो शरीर तन्काउने व्यायामहरूले रक्त सञ्चालनलाई वृद्धि गर्न मांशपेसीलाई आराम दिनमा र एउटा खुसी मन हुनमा मद्दत पुर्याउँछ यस प्रकारले पिएमएसको लक्षणहरूमा आराम दिन्छ।
    • खाना –
      खान नहुने खानेकुराहरू खानुपर्ने खानकुराहरू
      क्याफेनयुक्त पेय पदार्थहरू वाईन र मदिराजन्य पेय पदार्थहरू अन्नको खाजा, गहुँको रोटी, ओटमील र मकै
      उच्च मात्रामा नुन भएको खाने कुराहरू: बट्टामा बन्द गरिएको खाने कुराहरू सिमीहरू: भटमास र अरू प्रकारको सिमीहरू
      प्रशोधित चिनीबाट बनेको खाने कुराहरू: आईसक्रीम र चकलेट तरकारीहरू: हरियो सागपात र गाजर
      उच्च रूपमा बोसोयुक्त खाने कुराहरू र उच्च रूपमा चिल्लो भएको दुग्ध उत्पादनहरू: बटर र चिज बियाँहरू र सुकाएको फलफूलहरू: काजु बदाम र खरबुजाको बियाँहरू
  2. औषधि उपचार: विशेष एक महिलाको लागि व्यक्तिगत रूपमा एकजना चिकित्सकले सिफारिस गरेको औषधिहरू।

    (हाल सबै लक्षणहरूमा आराम दिने एउटा मात्र औषधि उपलब्ध छैन)

  3. मनोवैज्ञानिक उपचार: तनावबाट आराम र आराम गर्ने तालिम समावेश हुन्छ।