रजोनिवृत्तिको समयमा यौन जीवन

(Content revised 10/2013)

तपाईं चिन्तित हुनुहुन्छ कि अन्योलमा हुनुहुन्छ?

लगभग रजोनिवृत्तिको समयमा यौन जीवनलाई कहिले पनि अलबिदा नभन्नुहोस् .....

  • यौन सम्पर्क गर्नको लागि कुनै मानिस कहिले पनि अति बूढो हुँदैन!
  • यौन चाहना हाम्रो आधारभूत अन्त प्रेरणा हो अनि यौन चाहना गर्नमा हामी कहिले पनि लजाउनु हुँदैन । शरीरको रचनमा पुरुष र महिला फरक-फरक हुन्छ तैपनि तिनीहरूको यौन चाहना कम बेसी एकै खालको हुन्छ।
  • उमेरसँगै महिलाको यौन जन्य विशेषताहरू कम प्रतक्ष हुन्छ भन्ने कुरा साँचो हो तर प्रौढ महिलाहरूले आफ्नो यौन कार्यलाई गुमाउँदैनन् । वास्तवमा यौनमा सक्रिय रहने धेरै जसो प्रौढ मानिसहरूमा पुरुष र महिला दुवैले यौनबाट उच्च आनन्द अनुभव गर्न सक्छन् ।
  • यौन क्रियाकलापको सम्बन्ध योनीमा गरिने यौन क्रियासँग मात्र छैन । आलिङ्गन गर्नु, चुम्बन गर्नु, सुमसुम्याउनु एकल र पारस्परिक हस्त मैथुनको साथै मुख मैथुन कैयन् जोडीहरूले अभ्यास गर्ने यौन क्रियाकलापहरू हुन ।
  • जोडीहरूको बीचमा यौन क्रियाकलापको पटकमा सामान्य मानदण्ड छैन, दुवै जनाले सन्तुष्ट भएको अनुभव गरेसम्म त्यो ठीक मानिन्छ।
  • रजोनिवृत्तिपछि गर्भवती हुनेबारे कुनै चिन्ता हुँदैन अनि तपाईंले सम्भवतः अझ बढी चिन्ता मुक्त यौन जीवनको आनन्द उठाउन सक्नुहुन्छ !

"मैले प्रत्येक पटक यौन सम्पर्क गर्दा मेरो योनी सुक्खा भएको अनुभव गर्छु र मलाई त्यहाँ घाउ भएको छ" ।

  • हार्मोनयुक्त क्रिम हार्मोनल प्रतिस्थापन थेरापी र चिप्लो बनाउने जेलीले तपाईंलाई मद्दत गर्न सक्छ । तपाईंको चिकित्सकसँग परामर्श गर्नुहोस् ।

"पछिल्लो समयमा मैले यौन सम्पर्क गरेको बेलामा रोक्न सक्दिन र केही पिसाब चुहिने गर्छ..."

  • यो सम्भवतः पेल्भिक क्षेत्र तहको मांसपेशीको खुकुलोपनको कारणले भएको हो र यो अधबैँसे महिलामा निकै सामन्य रूपमा देखिन्छ । पेल्भिक क्षेत्रको तहको व्यायामले त्यस मांसपेशीहरूलाई बलियो बनाउनमा मद्दत पुर्याउन सक्छ । नियमित व्यायामले पिसाबको असंयमतामा धेरै जसो महिलाहरूमा सुधार आउने गर्छ । आफ्नो चिकित्सकको परामर्श लिनुहोस् ।

"मेरो उमेरमा मैले यौन उत्तेजना भएको अनुभव गर्दा मलाई धेरै असजिलो लाग्छ!"

  • यौनजन्य आवश्यकता र उत्सुकता स्वस्थ्य व्यक्तिको प्राकृतिक आवश्यकताहरू हुन् र यो बढ्दो उमेरसँगै मन्द भएर जाँदैन । बरु तपाईंले आफ्नो स्वास्थ्यमा रमाउनु पर्छ ।

"बढ्दो उमेरसँगै मेरो शरीरमा अब कुनै आकर्षण नभएको देखेर म धेरै निराश भएको अनुभव गर्छु ...

  • तपाईंको आकर्षकपन केवल आफ्नो शरीरको आकार वा आफ्नो रूपबाट मात्र आउने होइन । नित्य जवानीको पछाडि दौडिनु असम्भव हुन्छ आफूलाई चिटिक्क परेको र खुसी मात्र राख्नुहोस् । अवश्य तपाईं मध्य उमेरमा लाग्दै हुनुहुन्छ तर यसले तपाईंलाई आफ्नो साथीसँग यौन र जीवनको अन्य धेरै पक्षहरूको लयालो सम्बन्धको आनन्द लिनबाट बन्देज गर्नु हुँदैन।

तपाईंले विश्वास गरेको कसैसँग आफ्नो अनुभवहरू र चिन्ताहरूलाई अभिव्यक्त गर्नुहोस् । तपाईंले आफ्नो जीवनको हरेक चरणमा आनन्द लिन सक्नुहुन्छ ।

रजोनिवृत्त भएको महिलाहरूको लागि गर्भनिरोधकको बारेमा सुझाव

  • ५० वर्ष पुग्नु भन्दा पहिला रजोनिवृत्त भएको महिलाहरूले पछिल्लो पटक महिनावारी भएको पहिलो दुई वर्षसम्म कण्डम, अन्तर्गभाशयी उपकरण वा शुक्रकीट मार्ने औषधि जस्तो गर्भनिरोधक उपाय प्रयोग गर्नु पर्छ ।
  • ५० वर्ष पुगे पछि रजोनिवृत्त भएको महिलाहरूले पछिल्लो पटक महिनावारी भएको पहिलो एक वर्षसम्म गर्भनिरोधको उपाय प्रयोग गर्नुपर्छ ।
  • कण्डमको सही प्रयोगले यौन सम्पर्कबाट सर्ने सङ्क्रमणहरूलाई घटाउनमा मद्दत गर्न सक्छ ।

पाठेघरको क्यान्सरको जाँच

यदि तपाईंको यौन सम्पर्क भएको थियो र तपाईं ६५ वर्ष भन्दा कम हुनुहुनुहुन्छ भने तपाईंलाई पाठेघरको क्यान्सरबाट सुरक्षित राख्नको लागि तपाईंले नियमित रूपमा पाठेघरको स्मियर जाँच गर्नुपर्छ ।

सेवा प्रदायकहरू:

1. मातृ तथा शिशु स्वास्थ्य केन्द्रहरू, स्वास्थ्य विभाग

२४ घण्टा बुकिङ सेवा र जानकारी हटलाईन: 31666631

2. अन्य प्रदायकहरू: www.cervicalscreening.gov.hk

स्वास्थ्य जाँच र परामर्श

महिला स्वास्थ्य केन्द्रहरू र छानिएको मातृ तथा शिशु स्वास्थ्य केन्द्रहरू, स्वास्थ्य विभाग

गर्भ निरोधक सेवाहरू (आकस्मिक गर्भनिरोध लगायत)

  1. मातृ तथा शिशु स्वास्थ्य केन्द्रहरू, स्वास्थ्य विभाग
  2. हङकङ परिवार नियोजन संघ टेलिफोन , टेलिफोन: 2575-4477

    www.famplan.org.hk