शिशुको जन्मभन्दा पहिला र पछि स्वास्थ्यकर यौन जीवन

(Content revised 06/2017)

गर्भावस्थाको अवधिमा यौन जीवन चल्न सक्छ? के भ्रूणलाई प्रभाव पर्नेछ?

  • गर्भावस्थाको अवधिमा वाकवाकी लाग्ने र/वा वान्ताबाट प्रभावित भएर, बढ्दो पेट र गलत धारणाको कारणले यौन क्रियाकलापहरूले भ्रूणलाई प्रभावित पार्छ, गर्भवती आमाको यौन इच्छालाई दबाउन सकिन्छ।
  • पहिलो त्रैमासिकमा गर्भपातका लक्षणहरू नदेखिँदासम्म वा प्लासेन्टा प्रिभिया (गर्भाशयको तल्लो भागमा रहेको प्लासेन्ट) मध्य वा अन्तिम त्रैसामिकहरूमा निदान नहुँदासम्म, यौन सम्पर्कले गर्भपातको जोखिमलाई बढाउने छैन।
    गर्भवती आमाले आफ्नो यौन जीवनसँग जारी राख्न सक्छिन्। पेटमा एकदमै जोरदार इशाराहरू र चाप दिन रोकिनछ भने, यौन सम्पर्कको प्रक्रियाले भ्रूणलाई प्रभाव पार्दैन।
  • तल्लो पेटमा दुखाई, योनि रक्तस्राव वा अमिनोटिक तरल पदार्थ यौन सम्पर्कको अवधिमा असमान्य संकेतहरू हुनसक्छन्। यी मध्य कुने पनि हुन्छ भने, यौन क्रियाकलापहरूलाई तुरून्तै रोक्नुपर्छ र सकेसम्म छिटो चिकित्सा परामर्शलाई खोज्नुपर्छ।
  • गर्भावस्थाको 36 हप्तादेखि, यौन सम्बन्ध झिल्लीको समय भन्दा पहिला टूट्ने जोखिमको कारणले अवाञ्छनीय छ।

गर्भावस्थाको समयमा सेक्स जीवनको लागि किन मुद्राहरूको उपयोग गर्न सकिन्छ?

  • गर्भावस्थाको प्रारम्भमा, सबै मुद्राहरू अपनाउन सकिन्छ।
  • जब एक गर्भवती आमा आफ्नो दोस्रो त्रैमासिकमा पुग्छिन, बढ्ने र निक्लिने पेटकोसाथ, उसलाई ध्यान दिनु जरुरी छ कि उसको पेटमा दबाव नहोस् वा यस्तो क्रियाहरू नहोस् जुन एकदम जोरदार छ। उपयोग गर्नको लागि उपयुक्त मुद्राहरूमा यता‍-उताको स्थितिमा अनुहार, पछि घुडाले टेक्नु र साथ-साथ आमने-सामने बस्नु सामेल छ।
  • ढिलो गर्भावस्थामा, पछिल्लो प्रविष्टिलाई अपनाउन सकिन्छ र साथीको स्हायार र स्नेहले समर्थनको रूपमा देखाउनुपर्छ।
  • प्रेम गर्नुको अलावा, जोडीलाई दोस्रो तरिकाले यौन सन्तुष्टी र शारीरिक खुसी मिल्न सक्छ जस्तै आलिङ्गन, हाथ फेर्नु र चुम्बन।
  • संभोगको समयमा कण्डमको प्रयोग यौन संक्रमित बिमारीहरूद्वारा पीडित हुने आशंकालाई कम गर्न सक्छ।

गर्भधारणको लागि सुरक्षित मुद्रा

छिटो गर्भधारणको लागि मुद्रा

सामान्य स्थिति:
पुरुषले आफ्नो हाथले उनलाई शारीरिक सहयोग दिने

फैलने वाला स्थिति:
गहिरो प्रवेश र महिलाको पेटमा दबावबाट बच्नुहोस्

मध्य गर्भधारणको लागि मुद्रा

छेउ-छाउ वाला स्थितिमा अनुहार:
उथला प्रवेश, महिलाको पेटमा दबाव होइन

घुडा टेक्ने वाला स्थिति :

महिलाको पेटमा कुनै दबाव होइन, मनुष्य प्रवेशको गहिराइ नियन्त्रित गर्न सक्छ।

आमने-सामने बस्ने स्थिति:
महिला प्रवेशको गहिराईलाई नियन्त्रित गर्न सक्छिन।

ढिलो गर्भधारणको लागि मुद्रा

पछाडिको तर्फको स्थिति:
उथला प्रवेश, महिला

टाउको र घाँटीलाई साहारा दिने

पुरुषको जननाङ्गको मालिश

प्रसव पश्चात् यौन जीवन कहिले सुरू गर्न सकिन्छ?

  • जन्म दिएपछि, शरीरलाई पूर्व-गर्भावस्था स्थितिमा फिर्ता हुन समय लाग्छ। त्यस अवधि, जसलाई पुएरपेरियम भनिन्छ, सामान्यतया 6 सप्ताह लाग्छ।
  • जब पुएरपेरियम सकिन्छ, लोचिया साफ हुन्छ, गर्भाशय आफ्नो प्राकृतिक आकारमा फर्किन्छ, गर्भाशय अस्तर ठीक हुन्छ, गर्भाशय ग्रीवा बन्द हुन्छ, योनी झिल्ली सामान्य हुन्छ र पेट वा पेरियममा घाउँ ठीक हुनेछ। यस समय, महिलाको भावनात्मक र शारीरिक रूपमा तैयार भएमा सेक्स जीवन फेरि सुरू गर्न सकिन्छ।

यौन संभोग बहालीको समयमा कुन कुरालाई ध्यानमा राख्नुपर्छ?

  • प्रसवपछि यौन संभोग सुरु गर्ने समयमा, महिलालाई कहिले-काही योनीमा सूख्खापन र पेरीनियममा हल्का दुखाई वा अजीब जस्तो लाग्ने अनुभव हुनसक्छ। कारण धेरै मनोवैज्ञानिक हुन्छ। त्यो संभोगको केही चरणहरूपछि सुस्त-सुस्त यसको लागि तैयार हुन सक्छिन र यो असुविधहरू स्वाभाविक रूपमा हट्नेछ।
  • सेक्स जीवनको बहालीमा अत्याधिक जोरदार क्रियाहरू र गहिरो प्रवेशबाट बच्नुपर्छ। महिलालाई के राम्रो लाग्छ त्यसलाई प्राथमिकता दिनुपर्छ।
  • संभोगको अवधिमा रगत बग्ने, दुख्ने वा कठिनाई भएमा चिकित्सा परीक्षण गर्न सकिन्छ।

प्रसव पछि यौन गतिविधिहरूले घाउँ ठूलो हुन्छ?

  • सामान्यतया, पेरीपरियम पश्चात् पेरीनल घाउँ ठीक हुन जान्छ। त्यसैले यौन संभोगको परिणाम घाउँ बढ्ने रूपमा अगाडी आउँदैन।