राम्रो कोलेस्ट्रोल नियन्त्रण र स्वस्थ्यकर मुटुको लागि स्मार्ट सुझावहरू

तपाईंको जीवनशैलीमा थोरै परिवर्तनले तपाईंको रक्त कोलेस्ट्रोलको स्तरलाई नियन्त्तण गर्छ र तपाईंको मुटुलाई स्वास्थ्यकर राख्नमा मद्दत गर्छ!

केहि सुझाव छ! तुरून्तै सुरु गर्नुहोस्!

  1. सन्तृप्त बोसोको सेवन कम गर्नुहोस्
    • पशुको छाला र बोसोको सेवन कम गर्नुहोस्।
    • लन्चन मासु वा ससेजको ठाउँमा लीन मासु खानुहोस्।
    • सामग्री सूची पढ्नुहोस् र 'नारिवलको तेल' वा 'पाम तेल' ले बनेको उत्पादन रोज्नबाट बच्नुहोस्।
    • पोषण लेबल र सामग्री पढ्ने बानी बनाउनुहोस् र कम बोसो भएको उत्पादन चुन्नुहोस्।
  2. ट्रान्स बोसोको सेवनलाई कम गर्नुहोस्
    • क्राइसेट्स, पेस्ट्री जस्ता अण्डा टैट्स वा चिकन पाई (हप्तामा एउटा भन्दा बढी होइन) को सेवनलाई सीमित गर्नुहोस्।
    • बिस्कुट (जस्तै कूकी, क्रिमले भरिएको बिस्कुट) खानेको बारम्बरता र भागलाई कम गर्नुहोस्।
    • सामग्री सूची पढ्नुहोस् र 'हाइड्रोजनीकरण गरिएको तरकारीको तेल*' ले बनेको उत्पादनलाई रोज्नबाट बच्नुहोस्।

    * 'हाइड्रोजनीकरण गरिएको तरकारीको तेल' मा निम्न कुरा सामेल छन्: "हाइड्रोजनीकरण गरिएको तरकारीको तेल", "शर्टेनिङ", "आंशिक रूपमा हाइड्रोजनीकरण गरिएको तरकारीको तेल", "हाइड्रोजनीकरण गरिएको बोसो" र "मार्जरिन"।

  3. उच्च कोलेस्ट्रोल सामग्री भएको खाद्य पदार्थको सेवनलाई सीमित गर्नुहोस्
    • पशुका आन्तरिक अंगहरूको सेवनलाई सीमित गर्नुहोस्, उदाहरण, गाईको पेट, सुङ्गुरको आन्द्रा, गोरूको जिब्रो, गोेरूको, कुखुराको कलेजो, कुखुराको मृगौंला, माछाको टाउँको, माछाको मुख, माछाको आन्द्रा आदि।
    • माछाको रो, श्रिम्प रो, गंगेटाको रो र अण्डाको पहेंलो भागलाई सीमित गर्नुहोस्।
    • अक्टोपस र समुन्द्रमाछालाई सीमित गर्नुहोस्।
  4. असंतृप्त बोसो (स्वस्थ्यकर बोसो) भएको खानाको सेवनलाई बढ़ाउनुहोस्
    • हप्तामा दुईपटक माछा खानुहोस्।
    • खाना पकाउनको लागि जेतुनको तेल, तोरीको तेल, सूर्यमुखीको तेल, मकैको तेल वा बदामको तेल चुन्नुहोस्।
    • स्वस्थ्यकर स्न्याकहरूको रूमाप में साधा गैर-फ्राई गरिएको बादाम (जस्तै बादाम, पिस्ता या अखरोट, आदि) चुन्नुहोस्।
  5. आहारयुक्त फाइबरको सेवनलाई बढाउनुहोस्
    • प्रतिदिन 1.5 बाउलहरू वा थप (3 सर्विङहरू वा थप) पकाइएको तरकारी खानुहोस्।
      • माथिको लक्य प्राप्त गरेपछि, प्रत्येक दिन ½ बाउल तरकारीहरू खाएर बढाउनुहोस्।
    • हरेक दिन फलफूलहरूको 2 सर्विङ खानुहोस् (1 सर्विङ एउटा महिलाको मुट्ठीसँग बराबर हुन्छ)।
    • पिठोले बनेको पाउरोटि,ब्राउन चामल, मिल्लेट र ओटमिल चन्नुहोस्।
    • सूख्खा सिमीहरू (जस्तै कालो आँखा भएको सिमी, रेड किड्नी बिन आदि) खाने प्रयास गर्नुहोस्। मासुलाई तोफि र बिन कर्ड सिट जस्ता सिमीका उत्पादनहरूले प्रतिस्थापन गर्नुहोस्।
  6. बाहिर खाने अवधिमा,
    • स्पष्ट सूपमा साधा बाफमा पकाइएको चामल वा चाउचाउ खानुहोस्। फ्राई गरिएको वा पकाइएका चिजहरूबाट बस्नुहोस्।
    • ग्रेवी छुट्टै दिन अनुरोध गर्नुहोस् र ग्रेवी/सससँग चामल वा चाउचाउलाई मिसाउनबाट बच्नुहोस्।
    • एक प्लेट बिना तेलमा उमालिएको तरकारीको अर्डर दिनुहोस्।
    • भाग नियन्त्रणको लागि 'कम चामल' को अनुरोध गर्नुहोस्।
    • सादा पानी वा चिया मगाउनहोस्; पेयमा 'कुनै चिनी' वा अन्य नै सर्व गरिने सिरप होइन त्यसको अनुरोध गर्नुहोस्।
  7. नुन र चिनीको सेवनलाई कम गर्नुहोस्
    • करी-पेस्ट, चू हौ पेस्ट, फर्मेन्टेड रातो सिमीको दही, फर्मेन्टेड सिमीको दही, सेतो सस, सोया सस, माछाको सस (टिपरोस) आदि जस्तो तयार गरिएको ससको सेवनलाई घटाउनुहोस्।
    • खानामा नुन घटाउनुहोस्।
    • अदुवा, हरियो प्याज, लसुन, कालो मिर्च, टमाटर, प्याज, लेमन ग्रास, तुलसी, रोजमेरी, थाइम आदि जस्तो अधिक प्राकृतिक मसलाहरूको प्रयोग गर्नुहोस्।
    • साधा पानी वा चिया खानुहोस्; प्याक गरिएको पेय पदार्थ, सफ्ट पेयपदार्थ, उर्जा पेयपदार्थहरू आदि जस्तो मिठो पेय पदार्थहरूको कम सेवन गर्नुहोस्।
  8. शारीरिक गतिविधि बढाउनुहोस्
    • थप बारम्बार रूपमा छिटो-छिटो हिड्ने, साइक्लिङ गर्ने वा जगिङ गर्ने जस्ता एरोबिक व्यायाम गर्नुहोस्। प्रत्येक दिन कम्तिमा पनि 30 मिनेट व्यायाम गर्नुहोस् (वा प्रति हप्ता 3 घण्टा)।
    • शारीरिक गतिविधिहरू बढाउनुहोस्, उदाहरणको लागि हिड्ने, सीढिहरू चढ्ने।