मूत्रमार्गको संक्रमण

(08/2015 मा प्रकाशन)(05/2019 मा फेरि प्रिन्ट)

मूत्रमार्गको संक्रमण

मूत्रमार्गको संक्रमण (UTI) एक सामान्य अवस्था हो, जसमा मूत्रमार्ग शोथ (मूत्रमार्गको संक्रमण), मूत्राशय सोथ (मूत्रथैली संक्रमण) र पाइलोनेफ्राइटिस (मृगौलाको संक्रमण) पर्दछन्। यसलाई स्पष्ट लक्षणहरू र सम्भावित पुनरावर्तीद्वारा वर्गिकृत गरिन्छ। राम्रोसँग उपचार नगरिएमा, मूत्रमार्गको संक्रमण (UTI) ले गम्भीर परिणामहरू निम्त्याउन सक्छ।

कारणहरू

अधिकांश संक्रमणहरू साधारणतया आन्द्रामा बस्ने एक प्रकारको ई. कोलाइ (E.coli) नामको ब्याक्टेरियाको कारणले गर्दा हुने गर्छ।

लक्षणहरू

  • लगातार पिसाब लागिरहने - हरेक पटक थोरै मात्राको पिसाब मात्र निक्लने गरि पिसाब लागिरहने
  • पिसाब गर्दा दुख्ने वा पोलेको महसुस हुने
  • पिसाब अलि बाक्लो हुने र पिसाबमा रगत पनि देखिन सक्ने
  • मूत्राशय संक्रमण संकेत गर्ने पेटको तल्लो भागको दुखाइ (नितम्बको अघिल्लो हाडको नजिक)
  • ज्वरो, कम्मर दुख्ने, वाकवाकी लाग्ने तथा वान्ता आउने जस्ता लक्षणहरूले सम्भावित मृगौलाको संक्रमणलाई सङ्केत गर्छन्।

किन महिलाहरू मूत्रमार्गको संक्रमण (UTI) को झन् बढी जोखिममा रहेका छन्?

पुरुषको तुलनामा महिलाहरू मूत्रमार्गको संक्रमण (UTI) को बढी जोखिममा हुन्छन्। यो मुख्यतया उनीहरूको जैविक संरचनाहरूमा भिन्नता भएको कारणले हो:

मूत्रमार्गको लम्बाइ

पुरूषहरूको मूत्रमार्ग करिब 15 सेन्टीमिटर लामो हुन्छ भने महिलाहरूको 5 सेन्टीमिटर मात्र लामो हुन्छ। त्यसैले ब्याक्टेरिया सजिलैसँग मूत्राशाय पुग्न सक्छ र त्यसपछि मृगौला तिर बग्न सक्छ।

यौन सम्पर्कद्वारा उत्तेजन

पुरूषको लिङ्ग प्रवेश गर्दा यसले जननेन्द्रियहरूमा उत्तेजना बढाउने मात्र नभएर यसले भगबाट स्त्रीको मूत्रमार्गमा ब्याक्टेरिया पनि ल्याउँछ।

मूत्रमार्गको निकास प्वाल

पुरुषको मूत्रमार्गको द्वार लिङ्गको टुप्पोमा हुन्छ र महिलाको योनी द्वारसँग जोडिएको भल्भामा हुन्छ र मलद्वारको नजिक र ल्याबिया मेजोरा र माइनोराद्वारा संलग्न भएको पनि हुन्छ। शौचालय प्रयोग गरेपछि भल्ला फोहोर हुन्छ वा मलद्वारबाट भल्भा (पछाडिबाट अगाडि) सम्म पुछियो भने, भल्भा, योनी वा मलद्वारमा ब्याक्टेरियाद्वारा मूत्रमार्ग संक्रमणको लागि अतिसंवेदनशील हुन्छ।

संक्रमणको जोखिम रहने अवधिहरू

गर्भावस्था: गर्भाशय ठूलो भएर फैलिन्छ र मूत्राशायलाई थिच्छ जसले गर्दा पछि मूत्राशाय पूर्ण रूपमा खाली हुन पाउँदैन

महिनावारी रोकिने: प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ

उपचार

  • बिरामीहरूले चिकित्सकद्वारा सिफारिस गरिए अनुसार एन्टीबायिटिकको पूरा कोर्सलाई कुनै अन्तरिम ब्रेक बिना पूरा गर्नुपर्छ अन्यथा ब्याक्टेरियाले प्रतिरोध विकास गर्न सक्छ र ब्याक्टेरियालाई पूर्ण रूपमा हटाउन अझ शक्तिशाली एन्टीबायिटिक तथा लामो समय आवश्यक पर्छ।
  • बिरामीहरूले प्रसस्त पानी पिउनुपर्छ किनकी पर्याप्त मात्राको पिसाबले मूत्रमार्गमा ब्याक्टेरियालाई सफा गरेर बाहिर निकाल्न मद्दत गर्छ।
  • मधुमेह तथा मूत्रमार्गमा रहेको पत्थरीबाट पीडित बिरामीहरूले मूत्रमार्गको संक्रमण (UTI) प्रारम्भ हुनबाट बच्नको लागि उचित उपचार प्राप्त गर्नुपर्छ।

रोकथाम

  • व्यक्तिगत सरसफाई कायम राख्नुहोस्।
  • शौचालय प्रयोग गरेपछि भल्भाबाट मलद्वार (अगाडिबाट पछाडि) सम्म पुछ्नुहोस्।
  • यौन स्वच्छतालाई कायम राख्नुहोस्, र सम्भोग पश्चात पिसाब गरेर आफ्नो मूत्राशायलाई खाली बनाउनुहोस्।
  • सुगन्ध रहने साबुन, झोल साबुन, योनी डोउच (पानी, वायु वा वाफको धारा) को प्रयोग नगर्नुहोस्।
  • प्यान्टी लगायत एकदमै कस्सिएका वा हावा नछिर्ने ट्राउजरहरू नलगाउनहोस्।
  • पर्याप्त मात्रामा पानी पिउनुहोस्।
  • पिसाबलाई रोक्ने बानीलाई छोड्नुहोस्।
  • चाडैं पत्ता लगाउन तथा उपचारको लागि सतर्क रहनुहोस्।