कार्डियोभस्कुलर रोग (सिभिडी)

कार्डियोभास्कुर रोग(सिभिडी) के हो?

  • सिभिडी भनेको मुटु र रक्तकोशिकाका विकारहरूको एक समूह हो
  • सामान्य सिभिडीमा दीर्घकालीन हृदय रोग (दौरा पर्ने), सेरेब्रोवास्कुलर बिमारी (स्ट्रोक) इत्यादि समावेश हुन्छन्।

सीवीडी को कारण के हो?

  • उमेर बढ्दै जाँदा, रक्तनलीहरू कम लोचदार हुन जान्छन्। यसका साथै, रक्त नलीको भित्रको भित्तामा कोलेस्टोरोल जस्तो रक्त लिपिड जम्मा हुन जान्छ जुन बोसोयुक्त प्लेक (एथेरोस्क्लेरोसिस) को क्रमिक रूपमा निर्माणको कारणले हुन जान्छ। प्लेक रक्त नलीको कठोर र संकिर्ण हुने कारणले बन्छ जसले मस्तिस्क, मुटु र शरीरको अन्य भागमा हुने रगतको सामान्य प्रवाहलाई रोक्छ।
  • यदि प्लेक फुट्छ भने प्लेकको चारैतिर रगतको चाको बन्न जान्छ।रगतका यस्ता चाकाले शरीरमा रगतको प्रवाहलाई अवरोध गर्न सक्छन्, उक्त रक्त प्रवाहले मुटु, मस्तिस्क र अन्य अं्गहरूमा अकस्िजन र अन्य पोषक तत्त्व पुर्‍याउने काम गर्छन् र यस अनुसार रक्त कोशिकामा क्षति हुनजान्छ वा मृत्यु पनि हुनसक्छ। सामान्य उदाहरणहरूमा हृदय घात, इकिस्मिक स्टरोक आदि पर्दछन्।
  • अर्कोतिर, मस्तिक्सको रक्त नलीहरूको एथेरोस्क्लेरोसिस र उच्च रक्तचाप मस्तिष्कको रक्त वाहनी नली फुट्नाले अरू रगत बग्ने कारण बन्न सक्छ र जसबाट जिससे रक्तस्राव स्ट्रोक हुन्छ।

सीवीडीको जोखिमको कारक के हो?

  • सीवीडी का जोखिम उक्त व्यक्तिमा धेरै हुन्छ जसमा धेरै जोखिमका कारकहरू हुन्छन्। केही जीवनशैली जोखिमका कारकहरूमा संशोधित/नियन्त्रण गर्न सकिने हुन्छन्। यी जीवनशैलीमा परिवर्तन ल्याउनु सीवीडीको जोखिम कम मद्दत हुनसक्छ।

संशोधित/ नियन्त्रण गर्न सकिने जोखिमको कारक

  • मोटोपन
  • धूम्रपान
  • मदिरा सेवन
  • कम शारीरिक गतिविधि
  • पुरानो तनाव
  • बढ्दो रक्तचाप
  • सब अप्टिमल रक्त लिपिडको स्तर
  • मधुमेह
  • मृगौलाको पुरानो बिमारी

गैर-संशोधित जोखिम कारक

  • बढ्दो उमेर
  • पुरुष यौन
  • प्रारम्भिक सीवीडीको पारिवारिक इतिहास
  • वंशाणुगत लिपिड विकार

सीवीडी किन महत्त्वपूर्छ छ?

  • आजकल, हङकङमा हृदय रोग मृत्युको तेस्रो ठूलो र सामान्य कारण हो, जबकि सेरेब्रोवास्कुलर चौथो सबैभन्दा सामान्य बिमारी हो

सीवीडी जोखिमको अनुमान कसरी गर्ने?

  • स्वास्थ्य स्याहार प्रदायकले तपाईंको सीवीडीको जोखिमको अनुमान वा मूल्याङ्कन गर्न स्थानीय या अन्तर्राष्ट्रीय दिशानिर्देशनको सन्दर्भ लिन्छन्। उदाहरणको लागि, संयुक्त ब्रिटिश सोसाइटटिज (जेबीएस 2) सीवीडी जोखिम भविष्यवाणी चार्टले आगामी 10 वर्षमा तपाईंको सीवीडी जोखिमको भविष्यवाणी गर्नको लागि निम्न जानकारीको प्रयोग गर्छ:
    उमेर लिङ्ग
    मधुमेह छ वा छैन धूम्रपानको स्थिति
    रक्त कोलेस्ट्रॉल का स्तर रक्तचाप स्तर

10 सालको सीवीडी जोखिम के हो?

  • यो आगामी 10 वर्षमा दिलको दौरा, स्ट्रोक र यहाँतक कि सीवीडीसँग सम्बन्धित मृत्युको जोखिमको बारेमा बताउँछ:
    जोखिम आगामी 10 वर्षमा सीवीडी हुने खतरा
    10% भन्दा कम 10% भन्द कम
    10 देखि 20% 10 देखि 20%
    20% भन्दा अधिक 20% भन्दा अधिक

सीवीडी जोखिमलाई कसरी कम गर्ने?

  • जोकोहीलाई पनि सीवीडी हुनसक्छ। तपाइंको जोखिम 10% भन्दा पनि कम भएता पनि तपाईं पूर्ण रूपमा सुरक्षित हुनुहुन्न। त्यसकारण हामीलाई सीवीडीको जोखिम कम गर्नको लागि स्वस्थ जीवनशैली अपनाउनु आवश्यक हुन्छ।
  • स्वस्थ जीवनशैलीमा सन्तुलित आहार, उच्च बोसो, चिनी वा नुनबाट बच्ने, नियमित रूपमा व्यायाम गर्ने, धूम्रपान छोड्ने र मदिरा सेवनबाट बच्ने समावेश हुन्छन्
  • शरीरको तौललाई अनुकूलित राख्ने
  • रक्तचापलाई अनुकूलित राख्ने
  • मधुमेह भएका बिरामीहरूले रक्त ग्लूकोज स्तरलाई अनुकूलित राख्नुपर्छ
  • चिकित्सकले उच्च जोखिम भएका बिरामीहरूलाई दवाई निर्धारण गर्ने बारेमा सोच्न सक्छन्

चित्रको स्रोत: “हार्ट हेेल्दी" एक्जिबिसन बोर्ड, केन्द्रिय स्वास्थ्य शिक्षा इकाई, सेन्टर फर हेल्थ प्रोटेक्सन