गर्भधारणको समाप्ति

(Content revised 02/2016)

योजना नगरिएको गर्भधारणलाई सामना गर्नु पर्दा तपाईंसँग निम्नलिखित विकल्पहरू हुने गर्छन्:

  1. तपाईंले गर्भधारणलाई निरन्तरता दिन सक्नुहुन्छ अनि तपाईंको साथीको मद्दत लिएर वा उसको मद्दत बिना बच्चालाई हुर्काउन सक्नुहुन्छ ।
  2. तपाईंले गर्भधारणलाई निरन्तरता दिन सक्नुहुन्छ अनि बच्चालाई अरूलाई धर्मपुत्र पाल्न दिन सक्नुहुन्छ ।
  3. तपाईंले गर्भधारणलाई समाप्त गर्न सक्नुहुन्छ ।

जन्मअधिकार समाज र आमाको छनौटले गर्भधारणलाई कायम राख्न चाहने महिलालाई सहायता उपलब्ध गराउँछ र यदि तिनीहरूले त्यस्तो गर्ने निर्णय गरेका छन् भने बच्चा जन्माइ सकेपछि धर्म पुत्र वा पुत्री पाल्नको अरूलाई लागि दिने व्यवस्था मिलाउनमा सहयोग गर्ने गर्छन् ।

अनिच्छित गर्भधारणलाई समाप्त गर्ने कि नगर्ने भनेर निर्णय गर्नु शायद सबै भन्दा कठिन निर्णयहरू मध्येको एक हो । निर्णयको प्रक्रियामा कम्तीमा पनि ठोस अर्कोको संलग्नता एउटा बुद्धिमान् पहिलो कदम हुन सक्छ ।

हङकङमा गर्भधारणलाई समाप्त गर्नु दुईवटा अवस्थाहरूमा कानूनी हुने गर्छ:

  1. यदि गर्भधारणलाई निरन्तरता दिनमा गर्भवती महिलाको जीवन, शारीरिक र मानसिक स्वास्थ्यको जोखिम यदि गर्भधारणलाई समाप्त गर्नु भन्दा ठूलो रहेको छ भने
  2. यदि जन्मिने बच्चामा शारीरिक वा मानसिक असामान्यताको परिणाम स्वरूप गम्भीर खालको अपाङ्गता भएको हुन सक्ने भएमा

गर्भवती महिलाको जीवन बचाउनु पर्ने आवश्यक नभएसम्म २४ हप्ता पछि त्यो कार्यविधि सम्पादन गर्न सकिने छैन ।

मैले गर्भधारणलाई कहाँ समाप्त गर्न सक्छु?

जाँच दुईजना चिकित्सकहरूले गर्नु पर्छ । यदि दुवै जना महिला वा भ्रूणकोतर्फबाट सद्भावपूर्वक गर्भपतन गराउन सहमत भएमा गर्भावस्थालाई समाप्त गर्न सकिने छ । हाल कानूनी गर्भपतन परिवार नियोजन संघ वा गजेटमा प्रकाशित अस्पतालहरूमा मात्र गर्न पाइन्छ । सहयोग वा रिफरलको लागि तपाईं निम्नलिखित क्लिनिकहरूमा जान सक्नुहुन्छ ।

  1. परिवार नियोजन संघ, टेलिफोन 2575 4477

    (http://www.famplan.org.hk)

  2. मातृ तथा शिशु स्वास्थ्य केन्द्रहरू, स्वास्थ्य विभाग,

    (http://www.fhs.gov.hk/english/centre_det/maternal/maternal.html)

  3. निजी अस्पतालहरू

गर्भधारणलाई निरन्तरता दिनको लागि सहायता

  1. यो फोन नम्बरमा फोन गरेर जन्मअधिकार सोसाईटिमा सम्पर्क गर्न सकिन्छ 2337 5551
  2. यो फोन नम्बरमा फोन गरेर मदर्स च्वाइसमा सम्पर्क गर्न सकिन्छ 2868 2022

    (http://www.motherschoice.com)

गर्भधारणलाई कसरी समाप्त गर्ने?

सामान्यतया, शल्य क्रिया गरेर वा औषधि प्रयोग गरेर गर्भधारणलाई समाप्त गर्न सकिन्छ।

  • शल्यक्रिया गरेर गरिने गर्भपतनमा पाठेघरको मुखलाई पहिला औषधि प्रयोग गरेर चौडा पारिन्छ। गर्भधारणलाई हटाउन वा तानेर लिने साँघुरो सोसेर लिने प्रवेशनीले तानेर पाठेघरलाई खाली पारिन्छ। यो कार्यविधि स्थानीय वा सामान्य लठ्याउने औषधि प्रयोग गरेर गर्न सकिन्छ। त्यो कार्यविधिपछि विभिन्न स्तरको पिडा अनुभव हुन सक्छ जुन मामिलामा पिडा नाश गर्न औषधिले सहायता गर्न सक्छ।
  • गर्भधारणको तन्तुहरूलाई बाहिर निकाल्नको लागि पाठेघर खुम्चिने कार्यलाई जगाउनको लागि औषधि पनि प्रयोग गर्न सकिन्छ। यद्यपि प्राय: जसो गर्भावस्थाको तन्तुहरूको केही भाग मात्र बाहिर निकाल्न सकिन्छ। यो प्रक्रियालाई पूरा गर्नको भर्खरै वर्णन गरिए अनुसार पाठेघर खाली गर्न आवश्यक हुन सक्छ।

सबैभन्दा उपयुक्त विधिबारे तपाईंले आफ्नो चिकित्सकसँग छलफल गर्न सक्नुहुन्छ।

प्रेरित गर्भपतनको जटिलताहरू के-के हुन्?

कानूनी रूपमा गरिएको खण्डमा प्रेरित गर्भपतन सुरक्षित हुन्छ र जटिलताहरू निश्चित् रूपमा असामन्य हुने गर्दैन । यद्यपि तै पनि कहिलेकाहीँ जटिलताहरू हुने गर्छ:

  • प्रयोग गरिएको औषधिहरूको प्रतिक्रिया,
  • बेहोस पार्नको लागि प्रयोग गरिएको विधिसँग सम्बन्धित जटिलता,
  • पाठेघर च्यातिनु ,
  • अपूरो गर्भपतन,
  • रक्तस्राव,
  • गर्भाशयमा प्वाल पर्नु वा फुट्नु
  • पाठेघर भित्र सङ्क्रमण र टाँसिनु

कार्यविधि असफल वा अपुरो हुनसक्छ, अरू अगाडि हस्तक्षेप आवश्यक हुन्छ:

  • यदि सङ्क्रमण भयो भने भविष्यको उत्पादनशीलता माथि असर पर्न सक्छ ।
  • शल्यक्रियाबाट गरिने गर्भपतनले भविष्यको गर्भधारणलाई पनि असर पार्न सक्छ । गर्भधारणलाई कायम राख्नको लागि पाठेघर निकै खुकुलो हुन सक्छ र गर्भ तुहिन वा समय पुग्न भन्दा पहिला बच्चा जन्मन सक्छ । सालनाल निस्कनमा पनि कठिनाइ हुन सक्छ ।

सामान्यतः गर्भावस्थाको समय बढि भए पछि जोखिम अझ उच्च हुनेछ ।

गैह्र कानुनी गर्भपतनको जोखिम निकै उच्च छ । माथि उल्लेख गरिएको सबै जटिलताहरू अझ निकै पटक हुन सक्छ । यसले मृत्युतर्फ पनि डोर्याउन सक्छ ! अन्तर्राष्ट्रिय नियोजित पितृत्व फेडेरेशनद्वारा भर्खरै प्रकाशित एउटा रिपोर्ट बमोजिम विश्व भरीमा १३ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले हुने गर्छ ।

सबै मध्ये सबैभन्दा महत्त्वपूर्ण प्रेरित गर्भपतनपछि प्रतिकूल मनोवैज्ञानिक असरलाई कहिले पनि नजर अन्दाज गर्नु हुँदैन ।

यी सबै जटिलताहरूबाट कसरी हटाउने?

प्रेरित गर्भपतनसँग सम्बन्धित जटिलताहरूलाई रोकथाम गर्ने सबैभन्दा असल विधि यौन क्रिया पछि गर्भनिरोध लगायत प्रभावकारी गर्भनिरोधको अभ्यास गर्नु हो । परिवार नियोजनबारे साथीसँग छलफल गर्नुपर्छ र पहिले नै गर्नुपर्छ ।

अन्तर्गर्भाशयी गर्भनिरोधक उपकरण र नालीदार जीवाणु नाशक पसाउने काम गर्भपतनको समयमा गर्न सकिन्छ । कृपया सम्बन्धित चिकित्सकसँग छलफल गर्नुहोस् ।

मैले गर्भनिरोधकबारे परामर्श कहाँ पाउन सक्छु ?

  1. हङकङ परिवार नियोजन संघ टेलिफोन 2575 4477
  2. मातृ तथा शिशु स्वास्थ्य केन्द्रहरू, स्वास्थ्य विभाग

    (http://www.fhs.gov.hk/english/centre_det/maternal/maternal.html)

  3. निजी चिकित्सकहरू