तपाईंको बच्चालाई कसरी खुवाउने, यो तपाईंको निर्णय (सूचित) हो

(प्रकाशित 01/2021)

विषयवस्तु

तपाईंको बच्चालाई खुवाउनको लागि सूचित निर्णय बनाउनुहोस्

बधाई छ! तपाईं आफ्नो बच्चालाई स्वागत गर्न उत्साहित हुनुपर्छ।गर्भवती आमा-बुवाको रूपमा, तपाईंलाई आमाबुवाहरूका भुमिकाहरू निभाउनका लागि दुवै शारिरिक र मानसिक रूपमा तयार हुन र थाहा पाउन आवश्यक पर्छ। प्रारम्भिक पालन-पोषणसम्बन्धी ज्ञान र सीपहरूसिक्ननाले तपाईंलाई सुखद आमाबुवा बन्न र आरामसँग स्वास्थ्यकर र माया लाग्दो बच्चा जन्माउन मद्दत गर्न सक्छ।

आफ्नो बच्चालाई कसरी खुवाउने भन्ने कुरा पालन-पोषणको पहिलो महत्वपूर्ण निर्णय हो।शिशुहरू र साना बालबालिकाको लागि गुणस्तर पोषणले तपाईंको बच्चामा शारिरिक वृद्धि र मस्तिष्क विकास बढाउन, प्रतिरक्षालाई वृद्धि गर्न रजीवनयापनको स्वास्थ्य लाभहरूल्याउन सक्छ भनी अध्ययनले देखाउँछ।बच्चाको वृद्धिको लागि उत्तम पोषणलाई छनोट गर्नु बाहेक, स्तनपान गराउने समयमा तपाईं र तपाईंको बच्चा बीचको नजिकपनले पनि उहाँको आवश्यकता र तापक्रमलाई बुझेर अगाडि बढ्न आमाबुबा-बच्चासँगको सम्बन्ध बनाउन मद्दत गर्छ।यो पालन-पोषण सीपहरू अध्ययन गर्ने राम्रो सुरुवात हो।

मैले मेरो बच्चालाई सर्वोत्कृष्ट पोषण उपलब्ध गराउन कसरी खुवाउनु पर्छ?

तपाईं विभिन्न स्रोतहरूबाट प्राप्त भिन्न सुझावहरूद्वारा थोरै अस्पष्ट महसुस गर्न सक्नुहुन्छ।स्वास्थ्य विभागको पारिवारिक स्वास्थ्य सेवाले गर्भवती आमाबुवाहरूका लागि सूचीत निर्णयहरू गर्ननविनतम विज्ञानसम्बन्धी प्रमाणसँग आधारित निम्न विस्तृत र सही जानकारी तयार गरेको छ।

स्तनपान

बच्चाहरूलाई स्तनपान गराउँदा हुने लाभहरू

  • स्तनको दूधमा बच्चाको प्रतिरक्षालाई बढाउन सक्ने रोगप्रतिरोधकहरू, जीवित कोशिकाहरू र अन्य तत्वहरू समावेध हुन्छन्।
  • स्तनको दूध पोषणहरूमा पूर्ण रूपमा प्राकृतिक र धनी छ।यसको संयोजन विभिन्न चरणहरूमा बच्चाको वृद्धिको आवश्यकता अनुसार समायोजन हुनेछ।
  • स्तनको दूधमा पाचन र अवशोषणमा मद्दत गर्ने एन्जाइमहरू समावेश हुन्छन्। यसलेमस्तिष्क, आँखा र अन्य अङ्गको विकासलाई पनि मद्दत गर्छ।
  • स्तनपान गराउने समयमा आमा र बच्चा बीचको घनिष्ट सम्पर्क र अन्तरक्रियाहरूले आमा-बच्चाको सम्बन्धलाई बढाउँछ र बच्चाको भावनात्मक विकासलाई प्रोत्साहित गर्छ।
  • स्तनपान गराउनाले पारिवारिक खर्चहरू, सामाजिक संशाधनहरूलाई बचाउँछ र वातावरणीय रूपमा मैत्रीपूर्ण हुन्छ।
  • स्तनको दूधको स्वाद आमाले खाने खानेकुरा अनुसार परिवर्तन हुन्छ।बच्चाले स्तनको दूधबाट विभिन्न खाद्यहरूका स्वादलाई अनुभव गर्न सक्नुहुन्छ।ठोस पदार्थलाई परिचित गरिँदा यसले उहाँलाई नयाँ खाद्यान्नहरू अधिक मात्रामा स्वीकार गर्न मद्दत गर्न सक्छ
  • तपाईंको बच्चाले स्तनपान गर्दा लीड लिनुहुन्छ।तपाईंको शरीरले उहाँको आवश्यकता अनुसार स्तनको दुधको मात्रालाई उत्पादन गर्नेछ।यसले भविष्यमा धेरै नखुवाउने र बालकपनको मोटोपनको सम्भावनालाई कम  गर्छ।
  • स्तनपान गराउनाले शयनको क्रममा बच्चाको अचानक, अनपेक्षित र अस्पष्टताको जोखिमलाई कम गर्छ।
    (कृपया निम्न पढ्नुहोस्: सुरक्षित सुताई मिठो सपना)

स्तनपान गराइएका बच्चाहरू बुद्धिमान र स्वस्थकर हुन्छन्!

स्तनपान गराउने आमाहरूलाई हुने लाभहरू

  • बच्चाको जन्मपछि गर्भाशयलाई सामान्य आकारमा फर्काउन, रक्तस्राव र रक्तल्पताको जोखिम कम गर्न मद्दत गर्छ।
  • गर्भावस्थाको अवधिमा बोसोपन घटाउन र वजनको वृद्धि कम गर्न मद्दत गर्छ।
  • दीर्घकालीन स्तनपान गराउनाले अण्डाशय र स्तन क्यान्सरको जोखिमलाई कम गर्छ।
  • आमा बच्चासँग हुँदा, बच्चालाई कुनै पनि समय र कुनै पनि ठाँउमा खुवाउनुपर्ने भएकाले स्तनपन गराउन सुविधाजनक छ।

स्तनपान गराउनेबारे चिन्ताहरू र सम्भावित चुनौतीहरू

  • तपाईं र तपाईंको बच्चा दुवैलाई सही खाना खुवाउने उपायहरू जान्न समयको आवश्यक पर्छ।
  • पहिलो महिनामा, तपाईंको बच्चालाई बारम्बार स्तनपान गराउन आवश्यक हुन्छ र तपाईंले थाकेको महसुस गर्न सक्नुहुन्छ। तपाईंलाई आफ्नो परिवार, साथी र स्वास्थ्यस्याहार पेशेवरहरूबाट सहयोग र सहायताको आवश्यकता पर्छ।
  • तपाईंको बच्चाले स्तनको दूध कति खानुभएको छ भनी तपाईंले देख्न नसक्ने हुनाले, तपाईं उहाँले पर्याप्त पाउनुभएको छैन वा आफूले पर्याप्त उत्पादन गर्नुभएको छैन भनी चिन्ता लिन सक्नुहुन्छ।
  • स्तनपानलाई प्रभाव पार्न सक्ने अन्य कारकहरू:
    • प्रसूति अस्पतालले आमा र बच्चा बीचको स्नेहशील अभ्यासहरू कार्यन्वयन गरेको छैन।
    • बच्चा वा आमाको स्वास्थ्य अवस्थाको कारणले, वा तपाईंले कार्यलाई पुन: निरन्तरता दिनुपर्दा तपाईं आफ्नो बच्चाबाट छुट्टिनुपर्दाको निश्चित अवस्थाहरू।

तपाईंसँग स्तनपान बारे कुनै पनि चिन्ताहरू छन् भने तपाईंले आफ्नो प्रसूति विज्ञान स्याहार प्रदायक वा अन्य स्वास्थ्य स्याहार पेशेवरहरूबाट सधैँ सुझाव खोज्न सक्नुहुन्छ। डेलिभरी हुनुअघि राम्रो तयारी गर्नाले स्तनपान गराउन सजिलो हुन सक्छ।तपाईंलाई स्तनपान बारे थप जानकारी आवश्यक हुन्छ भने, कृपया सान्दर्भिक स्वास्थ्य स्याहार पेशेवरहरूलाई सम्पर्क गर्नुहोस् वा स्वास्थ्य विभागको पारिवारिक स्वास्थ्य सेवाको वेबसाइट भिजिट गर्नुहोस्।

स्तनको दूध भनेको आमा र बच्चा दुवैको लागि प्रकृतिको उपहार हो।

फर्मूला दूध खुवाउने

आमाले केही विशेष कारणले स्तनपान गराउन सक्नुहुन्न वा स्तनपान नगराउने निर्णय गर्नुहुन्छ भने, शिशु फर्मूला दूध भनेको स्तनपान गराउनको लागि एक मात्र प्रतिस्थापन हो।

बच्चाहरूलाई फर्मुला दूध खुवाउने लचकता:

  • बच्चालाई अन्यद्धारा स्तनपान गराउन अनुमति दिनुहोस् र आमाले थप लचिलो तरिकाले आफ्नो समय व्यवस्थित गर्न सक्नुहुन्छ।
  • स्तनपान गराउँदा परिवारका सदस्यहरूलाई बच्चासँग नजिकको सम्पर्कमा रहने अनुमति दिनुहोस्।उहाँहरूले रातीमा स्तनपान गराउन पनि सक्नुहुन्छ।
  • कहिलेकाहीँ अन्य मानिसहरू वरिपरि हुँदा तपाईंको बच्चालाई सार्वजनिक ठाँउहरूमा स्तनपान गराउन अलि असुविधाजनक हुन्छ।
  • काम पुन: सुरु गरेपछि विशेष स्तनपान सम्भव छैन भने स्तनपान गराउने परिपूरकहरू गर्नुहोस्।

केही आमाहरूले फर्मुला दूध खुवाउने कुरा सहज पाउन सक्नुहुन्छ, तर वास्तवमा, यसले विभिन्न समस्याहरू ल्याउन सक्छ।

बच्चाहरूलाई फर्मूला दूध खुवाउनाने हुने बेफाइदाहरू:

स्तनको दूधको तुलनामा:

  • फर्मूला दूधका सामग्रीहरूले मस्तिष्क, आँखाहरू र अन्य अङ्गहरूको विकास सहित बच्चाको विकासको लागि सर्वोत्कृष्ट पोषण उपलब्ध गराउँदैन।
  • स्तनपान गर्ने बच्चाहरूको तुलना गर्दा फर्मूला खुवाइएका बच्चाहरूलाई एलर्जीहरू (जस्तै एकजिमा) हुने अधिक संवेदनशीलता हुन्छ।उहाँहरूलाई गाईको दूधको प्रोटिनले एलर्जी हुन सक्छ।
  • फर्मूला दूध पचाउन एकदमै कठिन हुन्छ र प्रायजसो कब्जियत गराउन सक्छ।
  • फर्मूला दूध गाईको दूधलाई परिष्करण र प्रक्रिया गरेर उत्पादन गरिएको हो र तसर्थ रोगप्रतिरोधकहरू र जीवित प्रतिरक्षा कोशिकाहरू समावेश गर्दैन, बच्चालाई संक्रमणहरू (जस्तै चिसो हुने, निमोनिया, मध्य कानको सङ्क्रमण र झाडापखाला) हुने अति संवेदनशीलता बनाउँछ।
  • तपाईंको बच्चाले भोकाएको बेलामा फर्मूला दूध तयार गर्दासम्म प्रतिक्षा गर्नुपर्छ, जसकारण यो सधैँ सरल र सहज हुँदैन।

फर्मूला दूध जीवाणुरहित छैन:

  • उत्पादन, यातायात, भण्डारण र दूध तयार गर्ने प्रक्रियाको अवधिमा जीवाणु वा रासायनिक पदार्थहरूको संक्रमण हुन सक्छ।
  • प्रत्येक पटक खुवाउनुअघि स्तनपान गराउने सबै उपकरणलाई कीटाणुरहित बनाउनुपर्छ र फर्मूला फिडिङको जोखिम कम गर्न फर्मूला दूधको बुहु-चरण उपयुक्त तयारी पालना गर्नुपर्छ।

बच्चाहरूलाई फर्मूला दूध खुवाउनाले हुने समस्याहरू:

  • तपाईंको बच्चाले बोतलबाट खुवाउँदा लिड लिनहुँदैन।यदि स्याहारकर्ताले बच्चा भोकाएका र अघाएका संकेतहरू छुटाउनुहुन्छ भने, बच्चालाई धेरै खान सक्छन र बच्चाको तौल बढी हुन सक्छ।"धेरै खानु" भनेको "स्वस्थ्यकर" रहनु भन्ने कुरासँग समान छैन।
  • अन्य मानिसहरूले बच्चालाई खुवाउँदै गर्दा, आमाले आफ्नो बच्चासँग अनुबन्धित हुने अवसरहरू लिनुपर्छ।
  • बच्चाहरूलाई फर्मूला दूध खुवाउनाले फर्मूला दूधको पाउडर, बोतलहरू, डमीहरू, स्टरलाइजिङ उपकरण र त्यस्तै अरू कुराहरूको खरिद सहित, घरायसी खर्च बढाउँछ।साथै, बच्चा बिमारी हुने बढी सम्भावना भएकाले, थप चिकित्सा खर्चहरू हुन्छन्।
  • तपाईंको बच्चालाई प्रयोग गरिएको फर्मूला दूधको ब्राण्ड स्टकमा सकिएकाले,  अभिभावकहरूलाई अनावश्यक चिन्ताहरू सिर्जना गर्ने कुराको सम्भावना हुन्छ।

बच्चालाई प्रत्यक्ष रूपमा स्तनपान गराउनु भनेको अत्यन्तै प्राकृतिक तरिका हो।सावधानीपूर्वक विचारविमर्श गरिसकेपछि, तपाईंले अझै पनि बोतलबाट खुवाउने (अभिव्यक्त स्तनको दूध वा फर्मूला दूध) निर्णय गर्नुहुन्छ भने, तपाईंले यसलाई सक्दो सुरक्षासँग कसरी गर्ने भन्ने बारेमा तपाईंले जति सक्नुहुन्छ त्यति अध्ययन गर्नुपर्छ।तपाईंले निम्न जानकारीको लागि स्वास्थ्यस्याहार पेशेवरहरूलाई सोध्न सक्नुहुन्छ वा स्वास्थ्य विभागको पारिवारिक स्वास्थ्य सेवाको वेबसाइटमा जानुहोस्:

आफ्नो बच्चा लाई प्रारम्भिक दिनमा स्तनपान गराउने: थाहा पाउन तपाईंलाई के आवश्यक हुन्छ….भाग 1

Q1: फर्मूला दूध (जस्तै प्रोबायोटिक्स) मा थपिएका सामग्रीहरू तपाईंको बच्चाको स्वास्थ्य र प्रतिरक्षालाई प्रोत्साहित गर्न र बढाउनका लागि स्तनको दूध जतिकै राम्रो हुन्छ।

उत्तर: सत्य होइन!

स्तनपान:

  • स्तनको दूधमा अनुपम प्राकृतिक रोगप्रतिरोधकहरू, जीवित कोशिकाहरू आदि समावेश हुन्छन् जसले रोगहरूमा तपाईंको बच्चाको प्रतिरोधक क्षमतालाई बलियो पार्छन्।
  • स्तनको दूधले वृद्धिलाई प्रोत्साहित गर्नका लागि पूर्ण पोषण प्रदान गर्छ।
  • स्तनपान गराउने क्रममा तपाईं र तपाईंको बच्चा बीचको घनिष्ट सम्पर्कले उहाँलाई सुरक्षित महसुस गराउनमा मद्दत गर्छ, जसकारण आमा-बच्चाको सम्बन्धलाई बढाएर र तपाईंको बच्चाको मस्तिष्कको विकासलाई प्रोत्साहन गर्छ।

फर्मूला दूध:

  • रोगहरूसँग लड्न मद्दत गर्ने कुनै पनि प्राकृतिक रोगप्रतिरोधकहरू, वृद्धि कारकहरू वा जीवित कोशिकाहरू होइनन्।
  • थपिएका सामग्रीहरूको अर्थ स्तनको दूधको संरचनालाई नक्कल गर्नु हो भन्ने बुझिन्छ।तपाईंको बच्चाको लागि यी थपिएका पदार्थहरूमा दीर्घकालीन स्वास्थ्यको लाभहरू छन् भनी प्रमाणित गर्नको लागि कुनै पर्याप्त प्रमाण छैनन्।
  • उत्पादन, भण्डारण र यातायात प्रक्रियाको अवधिमा दूषण हुन सम्भव छ।
  • फर्मूला दूध तयार गर्न अवधिमा अनुचित ह्याण्डलिङले तपाईंको बच्चाको स्वास्थ्यलाई जोखिममा पुर्‍याउने ब्याक्टेरियाको वृद्धि गर्न सक्छ।

(कृपया विवरणहरूका लागि माया, स्तनपानबाट सुरु हुन्छ... भन्ने अध्याय 1 पढ्नुहोस्।)

Q2 : स्तनपान गराउनाले ममा शारिरिक भार बढाउनुपर्छ।

उत्तर: सत्य होइन!

  • यो हुन सक्छ तर तपाईंले यसलाई कम गर्नको लागि समायोजना बनाउन सक्नुहुन्छ।
  • स्तनपान वा फर्मूलाबाट खुवाए पनि, तपाईंको नवजात शिशुलाई दिन र रात दुवै समयमा बारम्बार खुवाउन आवश्यक पर्छ जसकारण तपाईंलाई पहिलो महिनामा थकित महसुस गराउँछ।यद्यपि, तपाईंले स्तनपान गराउँदा, तपाईंको शयन गुणस्तरलाई सुधार गर्ने प्रभाव भएको हार्मोन उत्पादित हुन्छ।
  • यस समयावधिमा, तपाईंले:
    • आफ्नो बच्चा सुत्दा सुत्न सक्नुहुन्छ
    • आराम गर्न थप समय लिनको लागि पाहुनासँग भेटघाट गर्न कम गर्न सक्नुहुन्छ
    • घरायसीकाम कम गर्न वा अन्यलाई मद्दत गर्न आग्रह गर्न सक्नुहुन्छ
  • 1 महिना देखि, तपाईंको बच्चाले प्रति दिन 7-8 पटक खान र रातिमा लामो समयसम्म सुत्न सक्नुहुन्छ।यस समयमा, तपाईंले आराम गर्नका लागि बढी समय लिन सक्नुहुन्छ।

(कृपया विवरणहरूका लागि माया, स्तनपानबाट सुरु हुन्छ... भन्ने अध्याय 3 पढ्नुहोस्।)

Q3: तपाईं र तपाईंको साझेदारले आफ्नो बच्चालाई स्तनपान गराउँदै वा फर्मुला खुवाउँदै गरेको भएपनि उसलाई प्रायः आफ्नो काखमा राख्नुपर्छ।

उत्तर: सत्य हो!

आमाबुबाहरू र बच्चा बीच नजिक र मायालु सम्बन्धलाई स्थापना गराउनाले उहाँको मस्तिष्कको विकास गर्न मद्दत पुर्‍याउनेछ।

  • गर्भवस्थाबाटको सुरुवात, हुनेवाला आमाबुबाहरू आफ्ना बच्चासँग हल्का स्ट्रोकिङ्, कुराकानी र गीत गाउने गरेर सधैँ सम्बन्ध बनाउन सक्नुहुन्छ।तपाईं र तपाईंको साझेदार दुवैले विशेषगरी खुवाउनु अघि वा तपाईंको बच्चा रूदा, आफ्नो बच्चालाई बढी काखमा राख्न सक्नुहुन्छ।

    प्रत्यक्ष र काखमा राख्ने घनिष्ठ सम्पर्कले:

    • तपाईंको बच्चालाई भावनात्मक सुरक्षा दिन र आमा-बच्चाको सम्बन्धलाई बढाउन सक्छ
    • तपाईंको बच्चालाई उहाँको  हृदय गति र श्वासप्रश्वासमा न्यानोपन दिन्छ र स्थिर बनाउँछ
    • तपाईंको शरीरमा हार्मोनहरू उत्पादन गर्न मद्दत गर्न सक्छ जसले स्तनको दूधको स्राव र गर्भाशयको संकुचनहरूलाई बढाउँछ
  • समायानुसारको फेशनमा आफ्नो बच्चाको आवश्यकताहरूमा प्रतिक्रिया जनाउनुहोस्।

(कृपया विवरणहरूका लागि माया, स्तनपानबाट सुरु हुन्छ... भन्ने अध्याय 1 र 2 पढ्नुहोस्।)

Q4: निम्न अवस्थाहरू भएका आमाहरूले स्तनपान गराउनु उपयुक्त हुँदैन: चेप्टो वा उल्टो निप्पलहरू भएका, हेपाटाइटिस B वाहकहरू, वा फ्लुबाट ग्रसित भएका।

उत्तर: सत्य होइन!

  • त्यहाँ केही मात्र चिकित्सा अवस्थाहरू छन् जसले स्तनपानलाई अनुपयुक्त बनाउनेछ।
  • निम्न अवस्थाहरू भएका आमाहरूले आफ्ना बच्चाहरूलाई स्तनपान गराउन सक्नुहुन्छ:
    • चेप्टो वा उल्टो निप्पलहरू भएका:निप्पल बाहेक, बच्चाले स्तनपानको समयमा एरिओलाको केही भाग लिनुहुन्छ।त्यसैले, तपाईंले आफ्नो बच्चालाई स्तनपान गराउन सक्नुहुन्छ।
    • तपाईं हेपाटाइटिस B वाहक भएमा: बच्चालाई स्तनको दूध मार्फत संक्रमित हुनबाट बचाउनको लागि जन्मपछि छिट्टै हेपाटाइटिस B को इम्युनोग्लोबुलिन र खोप लगाइनेछ।त्यसैले यो स्तनपान गराउनु सुरक्षित हुन्छ।
    • तपाईंलाई चिसो वा फ्लू भएको छ भने, तपाईंको स्तनको दूधमा भएको रोगप्रतिरोधकहरूले तपाईंको बच्चाको प्रतिरक्षालाई बलियो बनाउन सक्छ।सामान्यतया, सामान्य रूपमा प्रयोग गरिने चिसो र फ्लूको औषधिहरू स्तनपान गराउने आमाहरूको लागि उपयुक्त हुन्छ।
  • तपाईंसँग कुनै प्रश्नहरू छन् भने कृपया स्वास्थ्य स्याहार पेशेवरहरूबाट सुझाव खोज्नुहोस्।

(कृपया विवरणहरूका लागि माया, स्तनपानबाट सुरु हुन्छ... भन्ने अध्याय 7 पढ्नुहोस्।)

Q5: तपाईंको बच्चालाई सुताउनका लागि आफ्नो बिस्तारा छेउमा उहाँको कोक्रोमा राख्नाले, तपाईंलाई समयमा उहाँको आवश्यकतामा प्रतिक्रिया जनाउन मद्दत गर्छ।

उत्तर:सही हो!

  • आफ्नो बच्चासँग कोठा साझा गर्नाले र नजिकै बस्नाले तपाईंलाई आफ्नो बच्चाको आवश्यकताहरू र प्रतिक्रिया बारे तुरुन्तै बुझ्न मद्दत हुन सक्छ।
  • तपाईंले आफ्नो बच्चा भोकाएको बेला मुख खोल्ने, मुखमा औंलाहरू राख्ने जस्ता प्रारम्भिक सङ्केतहरू ख्याल गर्दा, तपाईंले उहाँलाई खुवाउन सुरु गर्न सक्नुहुन्छ।
  • तपाईंले आफ्नो बच्चालाई सुत्ने आसनमा स्तनपान गराउनुहुन्छ भने, तपाईंले दुर्घटनाहरू हुन नदिन उहाँलाई स्तनपानपछि फेरि कोक्रोमै राख्नुपर्छ।

(कृपया विवरणहरूका लागि माया, स्तनपानबाट सुरु हुन्छ...  भन्ने अध्याय 2 पढ्नुहोस्।)

Q6: तपाईंसँग स्तनपान गराउने तालिका हुनुपर्छ र प्रत्येक पटक खुवाउँदा निश्चित मात्राहरू दिनुपर्छ।

उत्तर:सत्य होइन!

  • स्तनपान गर्नको लागि प्रत्येक बच्चाको आफ्नै  गति हुन्छ।कहिलेकाहीँ बच्चालाई बारम्बार रूपमा बढी खुवाउनुपर्छ, र कहिलेकाहीँ धेरै सुताउनुपर्छ।यसका साथै, प्रत्येक पटकको स्तनपानमा लिइने दूधको मात्रा भिन्न हुन सक्छ।
  • स्तनपान गराउँदा वा फर्मूला खुवाउँदा बच्चाले स्तनपान गर्दा लिड लिनुपर्छ।प्रत्येक पटकको स्तनपानमा तालिका अनुसार स्तनपान गराउन र मात्रा सेट गर्न प्रोत्साहित गरिँदैन।
  • तपाईंले आफ्नो बच्चाको स्तनपान गराउने प्रारम्भिक संकेतहरूको ख्याल गर्दा प्रतिक्रियाशील रूपमा खुवाउने कार्य सुरु गर्नुहोस्।
  • तपाईंको बच्चाले प्रत्येक दिन पर्याप्त मात्रामा डायपर नभिजाउँदासम्म मल त्याग नगर्दासम्म र तौल सन्तोषजनक रूपमा नबढ्दासम्म, पर्याप्त दूध नपिउँदासम्म।

(कृपया विवरणहरूका लागि  माया, स्तनपानबाट सुरु हुन्छ... भन्ने अध्याय 2 र 3पढ्नुहोस्।.)

Q7: डेलिभरीपछि पहिलो केही दिनहरूमा उत्पादन गरिएको "पहिलो दूध" (कोलोस्ट्रम) को मात्रा थोरै हुन्छ।मैले मेरो बच्चालाई पहिले फर्मूला दूध खुवाउनुपर्छ र स्तनको दूध "निस्किएपछि" मात्र स्तनपान गराउन सुरू गर्नुपर्छ।

उत्तर: सत्य होइन!

  • स्वस्थ पूर्णकालीन बच्चा पानी र पोषणहरूको प्रशस्त स्रोतहरूका साथ जन्मिनुहुन्छ।बच्चालाई पहिलो केही दिनहरूमा कोलोस्ट्रम मात्र आवश्यक हुन्छ।
  • कोलोस्ट्रमका लाभहरू:
    • बाक्लो कोलोस्ट्रमले तपाईंको बच्चालाई उहाँले चुस्ने, निल्ने र सास फेर्ने उपायहरू सिक्न र संयोजन गर्न मद्दत गर्छ।
    • कोलोस्ट्रमको थोरै मात्रा गुच्चाको आकार जत्रै तपाईंको नवजात शिशुको पेटको आकारसँग मेल खान्छ।
    • कोलोस्ट्रममा धेरै मात्रामा रोगप्रतिरोधकहरू र जीवित कोशिकाहरू समावेश छन् जसलाई तपाईंको बच्चाको पहिलो प्राकृतिक खोपको रूपमा मान्न सकिन्छ।
  • तपाईंको बच्चालाई फर्मूला दूध खुवाउनाले तपाईंको स्तन चुस्ने उहाँको इच्छा कम गर्छ र परिणामस्वरूप तपाईंको दूध उत्पादनमा प्रभाव पार्छ।

(कृपया विवरणहरूका लागि माया, स्तनपानबाट सुरु हुन्छ...भन्ने अध्याय 3 पढ्नुहोस्।)

Q8: मेरो बच्चालाई फर्मूला दूध र पानी दिनाले, बोतल र डमीहरू प्रयोग गर्नाले स्तनपानलाई प्रभाव पार्नेछैन।

उत्तर: सत्य होइन!

  • स्तनको दुध भनेको 80% भन्दा बढि पानी हो।त्यसैले, विशिष्ट रूपमा स्तनपान गर्ने बच्चालाई अतिरिक्त पानी पिउन आवश्यक पर्दैन।
  • तपाईंको बच्चालाई परिपूरकहरूको रूपमा फर्मूला दूध, पानी र ग्लुकोज पानी दिनाले:
    • तपाईंको बच्चाको स्तनपान गर्ने इच्छा कम हुन्छ र त्यसपछि दूधको उत्पादन घट्छ।
    • विशिष्ट रूपमा स्तनपान गराएर उत्पन्न भएको बच्चाको खाली पेटमा बनेको “सुरक्षात्मक फिल्म” को प्रभावलाई कम गर्छ, यसरी संक्रमण र एलर्जीको जोखिमलाई बढाउँछ।
  • बोतल वा डमीमा चुस्नु भनेको स्तन चुस्नुभन्दा पूर्णरूपमा भिन्न छ।
    • तपाईंको बच्चालाई 1 महिनाको हुनुअघि बोतल वा डमी सुरु गराउनाले सही तरिकाले स्तनमा चुस्ने सिकाइमा प्रभाव पार्न सक्छ।
    • स्तनबाट निकालिएको दूध वा फर्मूला दूधको परिपूरक आवश्यक हुन्छ भने, तपाईंले बच्चालाई सानो चम्चा वा कपले खुवाउने बारे विचार गर्न सक्नुहुन्छ।

(कृपया विवरणहरूका लागि माया, स्तनपानबाट सुरु हुन्छ...  भन्ने अध्याय 1, 2, 4 र 5 पढ्नुहोस्।)

Q9: मेरो बच्चा जन्मिएको 6 महिनापछि स्तनको दूधको पोषणयुक्त मान कम हुन्छ, त्यसकारण मैले स्तनपान गराउन रोक्न सक्छु।

उत्तर: सत्य होइन!

  • विश्व स्वास्थ्यसंगठन ले बच्चाको जीवनको पहिलो 6 महिनाको अवधिसम्म स्तनपान गराउन विशेष रूपमा सिफारिस गर्छ।बच्चा लगभग 6 महिना उमेरको हुँदा, ठोस खानेकुराहरू सुरु गराउनुपर्छ र स्तनपानलाई 2 वर्ष वा सोभन्दा माथिको उमेरसम्म जारी राख्नुपर्छ।
  • स्तनको दुधमा व्यापक दायरामा पोषणहरू समावेश हुन्छ र तपाईंको बच्चाको विभिन्न विकासात्मक चरणहरूमा हुने आवश्यकताहरू अनुसार तपाईंको शरीरले सामग्री समायोजन गर्न सक्छ।
    • स्तनपान गराउँदै गर्दा तपाईंको बच्चालाई नयाँ खानेकुरा सुरु गराउनुहुन्छ भने खानाको एलर्जीहरू हुने सम्भावना कम हुनेछ।
    • तपाईंको बच्चाको रोगप्रतिरोधकहरू उत्पादन गर्ने क्षमता 2 देखि 3 वर्ष उमेरको पुगेपछि मात्र अझ परिपक्क हुन सुरु हुन्छ।स्तनको दूधमा हुने प्राकृतिक रोगप्रतिरोधकहरू, जीवित कोशिका र अन्य कारकहरूले संक्रमणहरूको जोखिमलाई कम गर्न सक्छ।
  • तपाईंले जति लामो समयसम्म स्तनपान गराउनुहुन्छ, त्यति नै तपाईं र तपाईंको बच्चा दुवैको स्वास्थ्य लाभहरू उत्कृष्ट हुन्छ।
  • सामान्यतया, त्यहाँ कुनै कठिन र द्रुत नियमहरू छैनन्।उत्कृष्ट तरिका भनेको तपाईं र तपाईंको बच्चाको लागि दूध कहिले र कसरी छोडाउने भन्ने कुरामा कार्य गर्नु हो।

(कृपया विवरणहरूका लागि माया, स्तनपानबाट सुरु हुन्छ... भन्ने अध्याय 1 पढ्नुहोस्।)

आफ्नो बच्चा लाई प्रारम्भिक दिनमा स्तनपान गराउने: थाहा पाउन तपाईंलाई के आवश्यक हुन्छ….भाग 2

Q1: मेरो बच्चाले पर्याप्त मात्रमा दुध पाइरहेको छ कि छैन भन्ने कुरा मैले कसरी थाहा पाउन सक्छु?

उत्तर:

  • जति तपाईंको बच्चाले खानुहुन्छ त्यति तपाईंको बच्चाले पिसाब र दिसा गर्नुहुन्छ।
  • तपाईंको बच्चाले जन्मिएपछि गाढा हरियो, टाँसीको दिसाहरू (मेकोनियम) निकाल्नुहुन्छ।त्यसपछि दिसा पहिलो केही दिनमा विस्तारै नरम हल्का पहेँलो वा हरियो बन्नेछ।
  • तपाईंले भिजेको डायपर र ठूलो आन्द्राको चालहरूलाई जाँच गरेर आफ्नो बच्चाले पर्याप्त दूध प्राप्त गरेको छ कि छैन भनी थाहा पाउनुहुनेछ।
  • जन्म पछिको पहिलो केही दिनमा पानीको कमीले गर्दा केही वजन घट्नु तपाईंको बच्चाको लागि सामान्य हो।त्यसपछि उहाँको वजन नियमित रूपमा पुन: बढ्नेछ।

(कृपया विवरणहरूका लागि माया, स्तनपानबाट सुरु हुन्छ... भन्ने अध्याय 3 पढ्नुहोस्।)

Q2: मेरो बच्चा भोकाएको छ भनी मैले कसरी थाहा पाउन सक्छु?

उत्तर:

  • तपाईंको बच्चालाई स्तनपान गराउँदा लिड लिन दिनु महत्त्वपूर्ण हुन्छ।त्यसैले उहाँ भोकाएको हुँदा, तपाईंलाई प्रारम्भिक संकेतहरू थाहा हुनुपर्छ।
  • तपाईंको बच्चाको प्रारम्भिक भोकाएको संकेतलहरूमा मुख खोल्ने, उहाँले आफ्नो मुखमा हातहरू राख्ने वा चुसेको आवाजहरू निकाल्ने समावेश हुन्छन्।
  • रूने वा चिढिने कुरा सापेक्षित रूपमा भोक लाग्नुको ढिला संकेतहरू हुन्।रोइरहेको बच्चालाई स्तनमा राम्रोसँग संलग्न गराउन कठिन हुन्छ, सम्भवत: प्रभावकारी चुसाइ कम गर्छ।

(कृपया विवरणहरूका लागि माया, स्तनपानबाट सुरु हुन्छ... भन्ने अध्याय 2 पढ्नुहोस्)

Q3: मेरो बच्चाले जती बढी मेरो स्तन चुस्नुहुन्छ, त्यति बढि मैले दूध उत्पन्न गर्छु।

उत्तर: सत्य हो!

  • तपाईंको दूध “बाहिर निस्किए” पछि, तपाईंको स्तनहरूले आफ्नो बच्चालाई आवश्यकता परे अनुसार दूधको उपयुक्त मात्रालाई विस्तारै उत्पन्न गर्नेछ।
  • तपाईंको बच्चाले चुस्दा, तपाईंको शरीरले दूध बनाउने हार्मोनहरू बनाउनेछ।
  • यद्यपि, यदि स्तनको दूधलाई प्रभावकारी रूपमा हटाउन सकिँदैन भने, तपाईंको स्तनहरूले दुध उत्पादनलाई दुध आपूर्तिमा कम गर्न रोक्ने पदार्थलाई उत्पादन गर्नेछ।
  • बारम्बार र प्रभावकारी चुसाइ भनेको तपाईंका स्तनहरूमा प्रशस्त दुध उत्पादन गर्न मद्दत गर्ने उत्कृष्ट तरिका हो।

(कृपया विवरणहरूका लागि माया, स्तनपानबाट सुरु हुन्छ... भन्ने अध्याय 2 र 3 पढ्नुहोस्)

Q4: पहिलो केही हप्तामा, मेरो बच्चालाई बारम्बार स्तनपान गराउन आवश्यक छ।मैले दिनमा कम्तीमा पनि 8 देखि 12 पटकसम्म स्तनपान गराउनुपर्छ।

उत्तर: सत्य हो!

  • पहिलो केही हप्ताहरूमा, तपाईंको नवजात शिशुको पेट सानो हुन्छ।त्यसैले बारम्बार खुवाउन आवश्यक हुन्छ।
  • नवजात शिशु सुतिरहेको देखिन्छन् र खानको लागि नउठ्न सक्नुहुन्छ।त्यसो भएपनि, तपाईंले आफ्नो बच्चालाई पहिलो दिनमा कम्तीमा 3 देखि 4 पटक खुवाउन आवश्यक पर्छ।
  • दोस्रो दिन देखि, तपाईंको बच्चा बढी सचेत हुनुहुनेछ र दिनमा लगभग 8 देखि 12 पटक बारम्बार बढी खुवाउन आवश्यक पर्छ।
  • तपाईंको शरीरले रातीमा धेरै दूध-उत्पादन गराउने हर्मोन बनाउँछ।तपाईंको बच्चालाई रातिको समयमा स्तनपान गराउनाले दूधको उत्पादक बढाउनमा मद्दत गर्छ।

(कृपया विवरणहरूका लागि माया, स्तनपानबाट सुरु हुन्छ... भन्ने अध्याय 3 पढ्नुहोस्)

Q5: उचित आसन र संलग्नता भनेको सफलतापूर्वक स्तनपान गराउने मुख्य कुराहरू हुन्।

उत्तर: सत्य हो!

  • स्तनपान गराउने उचित आसन र तपाईंको बच्चालाई आफ्नो स्तनमा राम्रोसँग संलग्न हुन मद्दत गर्नु भनेको सफलतापूर्वक स्तनपान गराउने मुख्य कुराहरू हुन्।तपाईं र तपाईंको बच्चा दुवैलाई जन्मपछिको पहिलो केही दिनमा विशेषगरी स्तनपाउन गराउने बारे थाहा हुन आवश्यक हुन्छ।स्वास्थ्य स्याहार पेशेवरहरूबाट स्तनपान गराउने बारे सुझाव लिनको लागि नहिचकिचाउनुहोस्।
  • स्तनपानको उचित आसन:
    • तपाईं र तपाईंको बच्चाको शरीरलाई राम्रोसँग समर्थन गरिन्छ, जसकारण तपाईं दुवै जनाले बारम्बार स्तनपानको अवधिमा सजिलो महसुस गर्नुहुन्छ।
    • यसले थप सजिलैसँग आफ्नो स्तनहरूमा आफ्नो बच्चालाई ल्याउन अनुमति दिन्छ, र उहाँलाई स्तनमा राम्रोसँग सम्लग्न हुन मद्दत गर्छ।
  • राम्रो संलग्नताले, तपाईंको बच्चाले तपाईंको स्तनहरूलाई थप दूध उत्पादन गर्नको लागि उत्तेजित गर्न सक्नुहुन्छ।

(कृपया विवरणहरूका लागि माया, स्तनपानबाट सुरु हुन्छ... भन्ने अध्याय 4 पढ्नुहोस्।)

Q6: मैले मेरो बच्चाबाट अस्थायी रूपमा टाढा हुँदा, वा मेरो स्तनहरू सुन्निएको बेलामा दूध निकाल्न सक्छु।

उत्तर:सत्य हो!

  • तपाईंले आफ्नो बच्चालाई प्रत्यक्ष रूपमा स्तनपान गराउन सक्नुहुन्न भने (उदाहरणको लागि, बच्चा बिमारी हुँदा वा अस्पतालमा भर्ना गर्न आवश्यक हुँदा, वा तपाईं काममा फर्किँदा), तपाईंले आफ्नो स्तनको दूध निकालेर भण्डार गर्न सक्नुहुन्छ।
    • यसले स्तनहरूमा पर्याप्त उत्तेजना हुने सुनिश्चित गर्छ र स्तनपान जारी राख्न तपाईंको दूधको आपूर्तिलाई कायम राख्दछ।
  • तपाईंका स्तनहरू सुन्निएको बेला, र तपाईंले तरुन्त आफ्नो बच्चालाई स्तनपान गराउन नसक्दा, तपाईंले असहजतालाई कम गर्न थोरै मात्रामा स्तनको दूध निकाल्न सक्नुहुन्छ र डक्टहरू बन्द हुने जोखिम कम गर्न सक्नुहुन्छ।
  • बच्चा प्रत्यक्ष स्तनपानपछि सन्तुष्ट हुनुहुन्न भने, आमाले स्तनको दूध निकालेर उहाँलाई खुवाउन सक्नुहुन्छ, जसले परिणाम स्वरूप थप दूध उत्पादन गर्न स्तनलाई उत्तेजित गर्छ।

(कृपया विवरणहरूका लागि माया, स्तनपानबाट सुरु हुन्छ... भन्ने अध्याय 5 पढ्नुहोस्।)

Q7: मेरो बच्चालाई प्रत्यक्ष स्तनपान भन्दा बोतलमा स्तनबाट निकालिएको दूध दिनु राम्रो हुन्छ, त्यसपछि मलाई उहाँले कति खानुहुन्छ भनी थाहा हुन्छ।

उत्तर:सत्य होइन!

  • स्वस्थ, पूर्ण-कालीन बच्चाले भोकाएको बेला दूध चुस्ने तिव्र इच्छा भएको देखाउनुहुन्छ र अघाउँनु भएपछि सन्तुष्ट भएको देखिनुहुन्छ। तपाईंको बच्चाले कति खानुभयो भनी जान्नु भन्दा उहाँको आवश्यकता अनुसारले खुवाउनु धेरै नै उपयुक्त हुन्छ।वास्तवमा, प्रशस्त भिजेका न्याप्पीहरू जति धेरै हुन्छन्, उहाँले त्यति नै प्रशस्त दुध पाइरहनुभएको छ।
  • प्रत्यक्ष स्तनपान गराउनुका लाभहरू:
    • तपाईंको बच्चाले उहाँको आवश्यकताहरू मिलाउनको लागि स्तनपान गर्दा लीड लिनुहुन्छ।
    • नजिकै काखमा राख्नाले तपाईंको बच्चालाई न्यानो र सुरक्षित महसुस गराउन मद्दत गर्छ।यसले पनि आमाबुवा-बच्चाको सम्बन्धलाई बढाउँछ।
    • प्रत्यक्ष स्तनपान गर्नाले तपाईंको बच्चाको अनुहार, मुखको मांसपेशी र हड्डीको विकासलाई सजिलो बनाउँदछ साथसाथै मध्य कान संक्रमणको जोखिमलाई कम गर्दछ।
  • तपाईंको बच्चालाई बोतलबाट खुवाउनु अघि ध्यान दिनुपर्ने बुँदाहरू:
    • यदि स्याहारकर्ताले खुवाउने क्रममा लीड लिनुहुन्छ भने, दूधको मात्राले तपाईंको बच्चाको वास्तविक आवश्यकलाई सनतुष्टि दिन सक्दैन।
    • यदि तपाईंले आफ्नो स्तनको दूध निकाल्न वा पम्प गर्न अनुपयुक्त विधिहरूको प्रयोग गर्नुहुन्छ भने, तपाईंको आफ्नो स्तनहरू वा निप्लहरू दुख्न सक्छ वा तपाईंको हातको मांसपेशीहरूमा तनाव हुन सक्छ।

(कृपया विवरणहरूका लागि “माया, स्तनपानबाट सुरु हुन्छ...” को अध्याय 1 र 5 र “तपाईंले ब्रेस्ट पम्पहरू बारे जान्नुपर्ने कुराहरू” को पुस्तिका पढ्नुहोस्।)

Q8: तपाईंलाई आफ्नो बच्चालाई स्तनपान गराउँदा कुनै समस्याहरू भएमा, तरुन्त मद्दत खोज्नुहोस्।

उत्तर: सत्य हो!

  • परिवारका सदस्यहरूले नवजात शिशुको स्याहार गरेर सहायता दिन सक्छन्। यसले तपाईंको जीवनलाई कम चलपहल बनाउन सक्छ र स्तनपान गराउनाले धेरै मनोरञ्जन बनाउनेछ।
  • आफ्नो बच्चाको अपेक्षा गर्दा शिशुलाई खाना खुवाउने बारे थप जान्नुहोस्। तपाईंको स्तनपान गराउने निर्णयहरू बारे आफ्नो साझेदार र परिवारसँग समावेश हुनुहोस् र छलफल गर्नुहोस्!
    • तपाईंको जीवनसाथी, तपाईंको बच्चाको हजुरबुवा-हजुरआमा र "अभिभावक"।
  • यदि तपाईंले स्तनपान गराउने निर्णय लिनुभएको छ भने, निम्नसँग छलफल गर्न सम्झनुहोस्:
    • जन्म दिने अस्पतालमा आफ्नो प्रसूति डाक्टर र मिडवाइफसँग: तपाईंको योजना भनेको जन्म दिसकेपछि जतिसक्दो छिटो स्तनपान गराउने हो भनी उनीहरूलाई सूचित गर्नुहोस्।
    • कार्यस्थानमा तपाईंको सुपरिवेक्षक: काममा फर्कदा स्तनपान गराउने व्यवस्थाहरू बारे छलफल गर्नुहोस्।
  •  तपाईंलाई आफ्नो बच्चालाई स्तनपान गराउन कुनै समस्याहरू भएमा, तुरून्तै मद्दत खोज्नुहोस्।

(कृपया विवरणहरूका लागि माया, स्तनपानबाट सुरु हुन्छ... भन्ने अध्याय 8 पढ्नुहोस्।)

तपाईंले शिशुलाई खाना खुवाउने बारेमा थप जान्न चाहनुहुन्छ भने, तपाईंले माया, स्तनपानबाट सुरु हुन्छ...

तपाईंले आवश्यक परेमा स्वास्थ्य स्याहार पेशेवरहरूलाई पुस्तिका “बोतलबाट खुवाउने सम्बन्धी निर्देशिका” को लागि सोध्न सक्नुहुन्छ।