पालन-पोषण श्रृंखला 13 - 2 देखि 4 वर्ष उमेरका लागि शब्दहरूले सञ्चार गर्ने

(12/2019 मा संशोधन गरिएको विषयवस्तु)

दोस्रो जन्मदिनपछि, तपाईंको बच्चाको शब्दावली बढ्नेसँगै, उहाँ मौखिक रूपमा आफ्नो आवश्यकताहरूलाई व्यक्त गर्न सक्षम हुनुहुन्छ। भाषा गतिविधिहरूसँग उपयुक्त भाषा वातावरण उपलब्ध गराउनाले तपाईंको बच्चालाई सञ्चार, सिक्न र सोचको लागि आफ्नो भाषालाई उपकरणमा विकास गर्न मद्दत गर्छ। जसरी बच्चा भाषा विकासको गतिमा भिन्न हुन्छन्, विशेष रूपमा अभिव्यक्ति सीप, तपाईंको लागि आफ्नो बच्चाको भाषा क्षमताहरूको स्तरलाई बुझ्न आवश्यक हुन्छ।

2 देखि 4 वर्ष उमेरका लागि भाषा विकासका विशेषताहरू

तलको 2 देखि 4 वर्ष उमेरका बच्चाहरूको लागि भाषा विकासको संक्षिप्त विवरण दिइएको छ। थप विवरणहरू बाल विकास पुस्तिका श्रृंखलाहरूमा फेला पार्न सकिन्छ।

लगभग उमेर

बोध

अभिव्यक्ति

2 देखि 3 वर्ष उमेर

सरल 'हो/होइन', 'के' र 'कहाँ' भन्ने प्रश्नहरू बुझ्ने

  • वाक्यांश वा सरल वाक्यहरूमा बोल्न, उदाहरणको लागि "आमा कुकि चाहनुहुन्छ'
  • सर्वनामको प्रयोग गर्न सुरु गर्ने
  • 3 वर्षको उमेरसम्म, सर्वनामहरूसँग संक्षिप्त वाक्यहरू भन्न, उदाहरणको लागि 'म आफ्नो कप चाहन्छु'
  • विशेषणहरू प्रयोग गर्नुहोस् उदाहरण 'प्रिटी', 'हट'
  • 'के', 'कहाँ' प्रश्नहरू सोध्न मनपराउन

3 देखि4 वर्ष उमेर

दैनिक निर्देशनहरूको पालना गर्न उदाहरणको लागि "टि-शर्टलाई शौचालयमा राखिएको कपडा धुने टोकरीमा राख्नुहोस्।"

  • घटना र के भइरहेको छ भनी सरल शब्दमा वर्णन गर्न
  • 'किन' भनी प्रश्न सोध्न मनपराउन
  • 4 वर्षको उमेरसम्म, प्रवाहका साथ बोल्न

भाषाको लागि समृद्ध वातावरण कसरी उपलब्ध गराउने?

आफ्नो बच्चासँग कुरा गर्नुहोस्

तपाईं आफ्नो बच्चाको सबैभन्दा नजिकैको व्यक्ति र मोडल हुनुहुन्छ। आफ्नो बच्चासँग कुरा गर्नको लागि प्रत्येक दिनका अवसरहरूको प्रयोग गर्न उहाँको सुन्ने र बोल्ने अनुभवहरूलाई समृद्ध गर्छ।

  • आफ्नो कार्यहरूलाई वर्णन गर्नुहोस्

    आफ्नो बच्चालाई के गरिरहनुभएको छ भनी वर्णन गर्नुहोस्, उदाहरणको लागि 'आमाले कपडाहरू दराजमा राख्दै हुनुहुन्छ।' आफ्नो बच्चाको बुझ्ने स्तरलाई ध्यानमा राख्नुहोस् र स्पष्ट तथा संक्षिप्त शब्दहरूको प्रयोग गर्नुहोस्।

  • प्रश्नहरू प्रयोग गर्ने

    आफ्नो बच्चाको विचार र शब्दहरूलाई बाहिर निकाल्नको लागि उचित तरिकाहरूबाट प्रश्नहरूको प्रयोग गर्नुहोस्। उदाहरणको लागि, 'तपाईं रोटी खान चाहनुहुन्छ?' 'तपाईं के बनाउँदै हुनुहुन्छ?' जब उहाँको शब्दवली बढ्छ, तब क्लोज-इन्डेड प्रश्नहरूको ठाउँमा ओपन-इन्डेड प्रश्नहरूको बढी प्रयोग गर्नुहोस् जस्तै, 'तपाईं नास्तामा के लिन मनपराउनुहुन्छ?' यसले उहाँलाई आफ्नो इच्छाहरूको वर्णन गर्न प्रोत्साहन गर्न सक्छ।

  • सक्रिय रूपमा जवाफ दिने

    3 वर्ष-उमेरको बच्चा प्राय: ग्रहणशील र जिज्ञासु हुन्छ। उहाँ तपाईंसँग आउँदा, आफूले गरिरहेको काम रोक्ने प्रयास गर्नुहोस् र उहाँको शब्दहरूलाई सुन्नुहोस्। उहाँलाई मुस्कुराउँदै, टाउको हल्लाउँदै वा प्रशंसा गर्दै कुरा गर्न प्रोत्साहन गर्नुहोस्। जवाफ दिनुभन्दा पहिला उहाँको कुरा पूरा हुन धैर्यतापूर्वक प्रतीक्षा गर्नुहोस्।

  • नयाँ शब्द र अवधारणाहरू जोड्ने

    तपाईंको बच्चाले जे भन्नुहुन्छ, त्यसमा नयाँ आवधारणाहरूलाई जोड्नाले उहाँको शिक्षालाई सुविधाजनक बनाउँछ। उदाहरणको लागि, उहाँले 'आमा कुकिज चाहनुहुन्छ' भनेर भन्दा, तपाईं 'तपाईं भोकै हुनुहुन्छ र आमाले तपाईंलाई केही कुकीहरू दिन चाहनुहुन्छ' भनेर जवाफ दिन सक्नुहुन्छ। अर्को उदाहरण, उहाँले 'कुकुरहरू यहाँ दौडिन्छन्' भनेर भन्दा, तपाईं 'ओहो हो, यहाँ सेतो कुकुर छ। एउटा कालो कुकुर पनि आइरहेको छ' भनेर जवाफ दिन सक्नुहुन्छ।

  • प्राकृतिक वातावरणमा सिकाउने

    तपाईंको बच्चा छोटो वाक्यहरूमा कुराकानी गर्न सक्नुहुन्छ जुन व्याकरण रूपमा सही हुन्न, उदाहरणको लागि 'म किन खेल्न सक्दिन?' को सट्टामा 'म खेल्न सक्छु किन नाई?' साथै, उहाँ चार वर्षको नहुँदासम्म धेरैजसो समय सही ढंगले उच्चारण गर्न सक्नुहुन्न। उहाँलाई निन्दा नगर्नुहोस्। उहाँको शब्दहरूलाई सही ढंगले दोहोर्याउनुहोस् र उहाँलाई अनुकरण गर्नको लागि नभन्नुहोस्। उदाहरणको लागि, उहाँले 'सुप' लाई 'तू' भन्दा, उहाँलाई सरल रूपमा 'हो यो सुप हो' भनेर भन्नुहोस्।

आफ्नो बच्चासँग पढ्ने

2 देखि 4 वर्ष उमेर भएको बच्चा पढ्न मनपराउँछन्। तपाईंले उहाँलाई पढेर सुनाउँदा उहाँ तपाईंको काखमा बसेर चित्रहरूलाई हेरेर आनन्द लिनुहुनेछ। प्रत्येक दिन उहाँसँग पढ्नको लागि केही समय निकाल्ने प्रयास गर्नुहोस्। यसले तपाईंको बच्चाको घनिष्ठ सम्बन्धहरूलाई मात्रै बढाउँदैन, यसले तपाईंको बच्चाको भाषा विकास, कल्पना र सोचलाई सहज बनाउन पनि मद्दत गर्छ।

पुस्तकको चयन कसरी गर्ने
  1. यसमा रङ्गीन र स्पष्ट रूपमा बनाइएको चित्र समावेश हुनुपर्छ।
  2. प्रिन्ट गरिएका शब्दहरूबिना चित्रहरूबाट कथा बुझ्ने खालको हुनुपर्छ। लेखिएको शब्द सरल र संक्षिप्त हुनुपर्छ।
  3. सामग्री बच्चाहरूको विकास स्तरको लागि उपयुक्त हुनुपर्छ र उहाँलाई परिचित वस्तुहरू वा घटनाहरूको वर्णन गर्नुपर्छ।
आफ्नो बच्चासँग कसरी पढ्ने
  1. आफ्नो बच्चालाई पुस्तक र पृष्ठ पढ्नको लागि छनोट गर्न दिनुहोस्।
  2. बच्चालाई आफ्नो काखमा वा आफू बसेतिर बसाल्नुहोस् र उहाँसँग पढ्नुहोस्।
  3. उहाँलाई पुस्तक समात्न र पृष्ठहरू पल्टाउन मद्दत गर्नुहोस्।
  4. चित्रहरूको बारेमा कुरा गरे अनुसार तिनीहरूतर्फ पोइन्ट गर्नुहोस्।
  5. उहाँलाई चित्रहरू अवलोकन गर्न र वर्णन गर्न वा तपाईंलाई कथा बताउनको लागि मार्गदर्शन गर्नुहोस्।
  6. उहाँको लागि कथा पढ्दै, समय-समयमा केही शब्द वा वाक्यांशहरूको भाग पूरा गर्नको लागि छोड्नुहोस्। रोक्नुहोस् र प्रश्न सोध्नुहोस् जस्तै 'त्यसपछि के हुनेछ?' यसले तपाईंको बच्चालाई घटनाहरूको वर्णन गर्न र कारण विकासित गर्नमा मद्दत गर्छ।
  7. बालबालिका समान कथा बारम्बार सुन्न मनपराउँछन्। यो विशेषतालाई प्रयोग गर्नुहोस् र आफ्नो बच्चालाई विस्तारैविस्तारै परिचित कथा बताउनको लागि माथिका तरिकाहरूलाई लागू गर्नुहोस्।
  8. उहाँले भनेको कुरामा रूचि देखाउन र उहाँलाई प्रशंसा गर्न र प्रोत्साहन गर्न सम्झनुहोस्।
  9. बच्चालाई हिज्जे भन्न वा शब्दहरू पढ्नको लागि दबाव नदिनुहोस्। यसले उहाँलाई पढ्न झ्याउ र भयानक काम बनाउनेछ।

आफ्नो बच्चासँग खेल्ने

2 देखि 4 वर्ष उमेर भएको बच्चा खेलको अवधिमा आफैसँग कुरा गर्न मनपराउनुहुन्छ। उहाँ आफ्नो दैनिक जीवनमा सामना गर्ने विभिन्न भूमिकाहरू पूरा गर्न मनपराउनुहुन्छ वा कल्पनामा त्यसको बारेमा कुरा गर्नुहुन्छ।

"आफ्नो बच्चासँग कुरा गर्नुहोस्" खण्डमा उल्लिखित सञ्चार प्रविधिहरूको प्रयोग गरेर उहाँसँग खेल्दै कुरा गर्नुहोस्।

आफ्नो बच्चासँग संगीत गतिविधिहरू

कविताले बच्चाको रूचि र ध्यानलाई आकर्षित गर्छ। संगीत सुन्ने र उहाँसँग गाउनाले तपाईंको बच्चाको भाषा विकासलाई पनि सहज बनाउन सक्छ। स्वयंको गीत बनाउनुहोस् र उहाँलाई परिचित कवितामा राख्नुहोस्। उदाहरणको लागि, 'लण्डन ब्रिज खस्न गइरहेको छ' बाट 'रूखबाट पातहरू खसिरहेको छ' वा 'लण्डन ब्रिज लामो र उच्च छ' मा परिवर्तन गर्न सकिन्छ। गतिविधिहरूमा थप्न अझ धेरै रमाइलो हुनेछ।

भाषा विकासमा प्राय: सोधिने प्रश्नहरू

मेरो बच्चालाई अन्य मानिसहरूको अगाडि बोल्नको लागि कसरी प्रोतसाहित गर्ने?

बालबालिकाले प्राकृतिक वातावरणमा बोल्न सिक्नुपर्छ। आफ्नो बच्चालाई बोल्न वा मानिसहरूको अगाडि कार्य गर्नको लागि दवाब दिनु भनेको तपाईं दुवैमा दबाव मात्र हुनेछ। अपरिचितसँग भेट्दा उहाँलाई टाउको हल्लाएर वा मुस्कुराएर अभिवादन गर्न अनुमति दिनुहोस्। बालबालिका प्राय: घुल्ने-मिल्ने र निश्चित भएपछि कुरा गर्न सुरु गर्छन्।

मेरो बच्चा 'हकलाउनु’ हुन्छ जब उहाँ मलाई केही कुराहरू बताउन उत्सुक हुनुहुन्छ। उहाँसँग केही गलत भएको छ?

2 देखि 3 वर्षका बच्चाहरूको लागि बोलेको समय आवज, अक्षर र शब्दहरूलाई दोहोर्याउने सामान्य कुरा हो। यो व्यवहार बारम्बार दबाव वा हतारमा देखिन्छ। यो हकलाउनु होइन तर वाचन प्रवाह नहुँदा समान्य बारम्बारता हो। तपाईंको बच्चा परिपक्क हुनुभएको अनुसार यो हराउन सक्छ। उहाँलाई लज्जित पार्ने वा उहाँको आलोचना गर्ने सट्टामा कुनै पनि बाधा वा अनुरोध गरे बिना उहाँलाई सुन्नेको धैर्य राख्नुहोस्। बच्चाको अनुकरणको लागि तीव्र बोल्नबाट रोक्नुहोस्। यदि बारम्बारता महत्त्वपूर्ण छ वा चार वर्षपछि अझै पनि विद्यमान छ भने, चिकित्सक वा वाचन थेरापिस्टसँग परामर्श लिनुहोस्।

ले आफ्नो बच्चाको स्याहार गर्नको लागि फिलिपिनो परिचारिकालाई नियुक्त गरेको छु्। द्विभाषी वातावरणले मेरो बच्चाको भाषा विकासलाई प्रभावित गर्नेछ?

बहुभाषिताले बालबालिकामा भाषा विकार निम्त्याउनेछ भन्ने अनुसन्धानबाट कुनै प्रमाण छैन। वातावरणमा पर्याप्त र राम्रो गुणस्तर बहुभाषि इन्पुटसँग, बालबालिका दुवै भाषा प्राप्त गर्न र माइलस्टोन्स पूरा गर्न सक्षम हुन्छन्। भाषा ढिलाइसँग भएका बालबालिका मध्ये, केही अनुसन्धानकर्ताहरूले बहुभाषि बालबालिका तिनीहरूको एकभाषी साथीहरूको रूपमा अतिरिक्त बेफाइदाबिना समान भाषा सुधार प्राप्त गर्न सक्षम हुन्छन् भनी सुझाव गर्नुभयो। यद्यपि, दुवै भाषाहरूमा समग्र ढिलाइ हुने अपेक्षा गर्न सकिन्छ। त्यसकारण, बहुभाषिता घरको प्राकृतिक वातावरणमा भयो भने, भाषाको प्रयोगको सीमा आवश्यक नपर्न सक्छ।

विद्युतीय स्क्रिन उत्पादनहरूलाई हेरेर मेरो बच्चालाई कुरा गर्न मद्दत गर्न सक्छ?

विद्युतीय स्क्रिन उत्पादनहरूले बच्चाहरूसँग कुराकानी गर्नको लागि आमाबुवालाई समृद्ध विचार र आकर्षक दृश्य छविहरू उपलब्ध गराउँछ। यद्यपि, तिनीहरूले अन्तरक्रियात्मक सञ्चारको सट्टामा एकतर्फी सन्देशको डेलिभरी मात्र उपलब्ध गराउँछ। केही कम्प्युटर वा मोबाइल एपहरू अन्तरक्रियात्मक हुन सक्छ तर तिनीहरू अनावश्यक आवाज वा छविहरू उत्पन्न गर्नसक्छ जुन बच्चाहरूलाई सामग्री हेर्न विचलित गर्छ। सामग्रीको गुणस्तरलाई पनि सावधानीपूर्वक जाँच गर्न आवश्यक हुनसक्छ। आफ्नो बच्चाहरूको विकास स्तरमा उपयुक्त यी यन्त्रहरूमा स्क्रिन गरिएको सामग्रीहरू छनोट गर्नुहोस्। विद्युतीय स्क्रिन हेर्नको लागि समयसीमा निर्धारित गर्नुहोस्, सँगै हेर्नुहोस् र उहासँग कुरा गर्नुहोस्। उहाँसँग सामाग्रीलाई बुझ्न र सो वा गतिविधिको प्रति विचारहरूलाई जान्नको लागि उहाँको मार्गदर्शन गर्नुहोस्। विभिन्न विद्युतीय सञ्जालको साथ स्क्रिन समयलाई 2 वर्ष उमेरको लागि एक घण्टा भन्दा बढी समय नलगाउन। आफ्नो बच्चासँग गुणस्तर समय बिताउन भाषा सिक्ने अधिक प्रभावी माध्यम हो।

थप जानकारीको लागि, कृपया “तपाईंका 0 देखि 5 वर्ष उमेरका बालबालिकाहरूलाई विद्युतीय स्क्रिन उत्पादनहरू आवश्यक पर्छ?” मा सन्दर्भ लिनुहोस्

हामीसँग गर्भवती आमाबुवा, बालबालिकाहरूको अभिभावक र प्रिस्कूलका बालबालिकाका लागि स्वास्थ्यस्याहार तथा पालन-पोषण कार्यशालाहरूका श्रृंखला र पुस्तिकाहरू छन्। कृपया जानकारीको लागि हाम्रो स्वास्थ्य स्याहार कर्मचारीलाई सम्पर्क गर्नुहोस्।