तपाईंका 0 देखि 5 वर्ष उमेरका बालबालिकाहरूलाई विद्युतीय स्क्रिन उत्पादनहरू आवश्यक पर्छ?

(Content revised 03/2018)

इलेक्ट्रोनिक स्क्रिन उत्पादनहरू हाम्रो दैनिक जीवनमा सामान्य हुन्छन्। यिनीहरूमा टेलिभिजन, डिभिडि, इलेक्ट्रोनिक गेम, कम्प्युटर, स्मार्टफोन र ट्याब्लेट कम्प्युटरहरू, आदि समावेश हुन्छन्। हङ कङ स्वास्थ्य विभागले सञ्चालन गरेका सर्वेक्षणहरूले अभिभावकहरूले आफ्ना एक वर्षभन्दा कम उमेरका शिशुहरूलाई यी उत्पादनहरूसँग सम्पर्क हुन अनुमति दिन पहिले नै सुरु गरेका छन् भन्ने कुरा देखाएको छ। तिनीहरूलाई मनोरञ्जन वा सिक्नका लागि प्रयोग गरिन्छ भने, अभिभावकहरूले आफ्ना बच्चाले जति छिटो इलेक्ट्रोनिक स्क्रिन उत्पादनहरू प्रयोग गर्छन्, उनीहरू त्यती छिटो भविष्यमा सिक्न तयार हुन्छन्।

इलेक्ट्रोनिक स्क्रिन उत्पादनहरूको प्रभाव

साना बालबालिकाहरूले स्पोन्ज पानीमा अवशोषित हुने जति द्रुत रूपमा सिक्न सक्ने भए तापनि, स्क्रिन उत्पादनहरूको प्रयोग गरेर शिशु र प्रिस्कूलरहरूका लागि सिकाईमा दीर्घकालीन प्रभावहरू देखाउने अझै पनि कुनै अध्ययन छैन। यी ‘स्क्रिन समय’ भनिने क्रियाकलापहरू एकदमै निष्क्रिय हुन्छन् र अत्यधिक स्क्रिन समयका क्रियाकलापहरूले बालबालिकाहरूमा नकारात्मक प्रभावहरू पार्नेछन् भन्ने कुरा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूले पुष्टि गरेका छन्। तिनीहरूमा निम्न समावेश छन्:

  • शारीरिक क्रियाकलापहरूको लागि हुने समयलाई खोसेर शरीरको तौल बढाउँछ
  • हड्डीको विकास तथा दृष्टिलाई प्रभावित गर्छ
  • प्रेरक सीपहरूको विकास तथा भाषाको विकासलाई प्रभावित गर्छ
  • अस्वस्थकर खाने बानीको विकास हुन्छ
  • हिंसात्मक व्यवहार सहितका अनुचित व्यवहारको अनुकरण गरिन्छ
  • निद्रा, एकाग्रता, सामाजिक तथा सञ्चार सीपहरूलाई प्रभावित पार्छ

विकासको मुख्य समय

साना बालबालिकाहरूको विकासको मुख्य समय छ वर्षको उमेरभन्दा अगाडि हो, विशेषगरी, जन्मदेखि दुई वर्षसम्म। उनीहरूले आफ्नो 40 देखि 60 % दिन सुतेर बिताउँछन्। उनीहरूले स्वस्थकर र समग्र विकासलाई परिष्कृत गर्नका लागि आफ्नो बाँकी दिन आफ्ना अभिभावकहरूसँग कुरा गर्न र खेल्न, स्वतन्त्र अन्वेषण र शारीरिक क्रियाकलापहरूमा संलग्न हुने जस्ता गुणस्तरीय समयमा प्रयोग गर्न निश्चित रूपमा आवश्यक पर्छ। यी गुणस्तरसम्बन्धी क्रियाकलापहरू भविष्यमा उनीहरूको सिकाई, सोचाई र सामाजिकीकरणका लागि विशेष रूपमा महत्त्वपूर्ण हुन्छन्।

सुझावहरू

  • तपाईंको बच्चालाई दुई वर्ष उमेरको हुनुभन्दा अघि धेरै मात्रामा अभिभावक-बच्चा अन्तरक्रिया गर्न आवश्यक पर्छ। तपाईंको मार्गदर्शनमा अन्तरक्रियात्मक भिडियो-च्याट नगर्दासम्म कुनै इलेक्ट्रोनिक स्क्रिन उत्पादनहरूसँग सम्पर्क गर्न नदिनुहोस्। निश्चित स्क्रिन क्रियाकलापको प्रयोगले उसको सिकाई र विकासमा मद्दत गर्छ भन्ने सोच्नुहुन्छ भने, उसलाई सधैं साथ दिनुहोस् र मार्गदर्शन गर्नुहो् र उहाँका लागि सीमाहरू सेट गर्नुहोस्।
  • दुई देखि पाँच वर्ष उमेरका बच्चालाई उनको टेलिभिजन हेर्ने वा कम्प्युटर, ट्याब्लेट कम्प्युटर वा स्मार्टफोन प्रयोग गर्ने दैनिक कुल समयलाई एक घण्टा भित्रमा सीमित राखिनुपर्छ। स्क्रिन क्रियाकलापहरू अन्तर्क्रियात्मक र शिक्षामूलक हुनुपर्छ र तपाईंको मार्गदर्शनमा गरिनुपर्छ।
  • आफ्नो बच्चाको लागि अनुकरणीय व्यक्ति बन्नुहोस् र आफ्नो स्क्रिन समयलाई घटाउनुहोस्
  • वयस्कहरूले इलेक्ट्रोनिक स्क्रिन उत्पादनहरू बालबालिकाहरूले सजिलैसँग पहुँच गर्न नसक्ने गरी राख्नुपर्छ।
  • अन्य क्रियाकलापहरमा संलग्न भइरहेका बालबालिकाहरूलाई असर पार्नका लागि स्क्रिन उत्पादनहरूलाई प्राय: अन नछोड्नुहोस्। परिवारका सदस्यहरू बीच संवादलाई अगाडि बढाउन खाना खाने समयमा कुनै पनि विद्युतीय स्क्रिन उत्पादनलाई बन्द गर्नुहोस्
  • स्क्रिन क्रियाकलापहरू गर्नुको सट्टामा आरामदायक क्रियाकलापहरू गर्नका लागि सुत्ने समयभन्दा लगभग एक घण्टा अघि आरामदेह तालिका स्थापना गर्नुहोस्। कुनै पनि विद्युतीय स्क्रिन उत्पादनहरूलाई बेडरूममा नराख्नुहोस् किनकी तिनीहरूले निद्रालाई प्रभावित गर्छन्
  • आफ्नो बच्चाको स्क्रिन समयलाई नियमन गर्ने नियमहरू बनाउनुहोस् र नियम नमान्दा हुने परिणामको बारेमा पनि स्पष्ट गराउनुहोस्। एकरूप भएर गर्नुहोस्
  • आफ्नो बच्चालाई अतिरिक्त स्क्रिन समयका साथ पुरस्कृत गर्न वा स्क्रिन समय घटाएर उनलाई सजाय दिनबाट बच्नुहोस्
  • बच्चाको उमेर अनुसार स्क्रिनमा आउने कुराहरूमा सावधानीपूर्वक उपयुक्त विषयवस्तु छनोट गर्नुहोस्। धेरै ध्वनि हुने कार्यक्रम र एपहरू र सामग्रीबाट बच्चाको ध्यानाकर्षणलाई भङ्ग गर्ने छविहरूबाट टाढाा रहनुहोस्।
  • आफ्नो बच्चा विद्युतीय स्क्रिन क्रियाकलापहरूमा संलग्न भएको समयमा:
    • विषयवस्तुको बारेमा कुरा गर्न उनको साथमा रहनुहोस् र त्यस उत्पादनको शैक्षिक कार्यको अर्थ स्पष्ट गर्न मार्गनिर्देशन गर्नुहोस्
    • उचित आसन सुनिश्चित गर्नुहोस् र उचित दुरी कायम गर्नुहोस्
    • समय-समयमा विश्राम गर्नुहोस्। आँखाका मांशपेशीहरूलाई आराम दिन टाढाका वस्तुहरूमा हेर्नुहोस्। विभिन्न शरीरका भागहरूका मांसपेशीहरूलाई आराम दिन बारम्बार आसनहरू परिवर्तन गर्नुहोस्
  • यदि तपाईंको बच्चाले स्क्रिन क्रियाकलापहरूका लागि अनुरोध गर्नुहुन्छ भने तपाईंले आफ्नो बच्चालाई अन्य क्रियाकलापहरूमा संलग्न गर्न सक्नुहुन्छ। स्क्रिन समयलाई प्रतिस्थापन गर्न आफ्नो बच्चासँग गुणस्तरीय समय प्रयोग गर्ने प्रयास गर्नुहोस्। उसँग कुरा गर्ने, पढ्ने, खेल्ने र शारीरिक क्रियाकलापहरू गर्ने गर्नाले उहाँको बौद्धिक, भाषा, मोटर र भावनात्मक विकासलाई अझ असर बनाउन सक्छ। तपाईंले पालणपोषण बारे थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया निम्न वेबसाइट ब्राउज गर्नुहोस्: http://s.fhs.gov.hk/da3ph

‘इलेक्ट्रोनिक प्यासिफायर’ लाई छोडाउने

तपाईंको बच्चालाई पहिले नै स्मार्टफोन वा ट्याब्लेट कम्प्युटर हेर्ने बानी बसेको छ भने, तपाईंले उहाँका स्क्रिन क्रियाकलापहरूको चाहनालाई अस्वीकार गर्दा उ सानो आवाजमा रुन र ठूलो आवाजमा रुन सक्छ। त्यस्ता अवस्थाहरू डाइनिङ टेबलमा वा बाहिर जाँदा हुन सक्छन्। तपाईंलाई उसले नखाएको वा सार्वजनिक स्थलमा नाटक गरेको बारेमा चिन्ता लागेर तपाईंले प्यासिफायरले आफू शिशु हुँदा गरे जस्तो गरेर उसलाई शान्त पार्ने आशाका साथ उसलाई स्क्रिन क्रियाकलापहरू जारी राख्न सक्नुहुन्छ।

वास्तवमा, कुनै पनि इलेक्ट्रोनिक स्क्रिन उत्पादनहरू हेर्नाले वा प्ले गर्नाले बालबालिकाहरूलाई खानाको मजा लिनेबाट ध्यान भङ्ग गर्ने, आफै खान सिक्ने उत्प्रेरणालाई समाप्त गर्ने, खाना खान अन्य कोहीमा आश्रित हुनेका साथसाथै एकदमै धेरै वा एकदमै कम खाने बनाउँनेछ। यसका अतिरिक्त, बालबालिकाहरूलाई शान्त बनाउन ती उत्पादनहरू प्रयोग गर्नाले उनीहरूका रुने वा खान अस्वीकार गर्ने जस्ता अनुपयुक्त व्यवहारहरूलाई लम्ब्याउन सक्छ। समस्या भएका व्यवहारहरूकालागि प्रभावकारी व्यवस्थापन रणनीतिहरू छन्। यिनीहरूमा तपाईंको बच्चाले समस्या भएको व्यवहार नरोक्दासम्म उसलाई बेवास्ता गर्ने वा उसलाई छोटो समयावधिसम्म शान्त हुन दिने र स्क्रिन समय प्रतिस्थापन गर्नका लागि उसलाई अन्य क्रियाकलापहरूमा संलग्न गराउने समावेश हुन्छन्। बच्चा र परिवारको लागि निश्चित समय र स्थानहरू 'स्क्रिन मुक्त' राख्नाले स्वस्थकर जीवन शैलीलाई परिष्कृत गर्छ।

तपाईंले पुस्तिकाहरू हेर्न सक्नुहुन्छ

स्वस्थ खाना खाने बानीलाई स्थापित गराउने सम्बन्धी विस्तृत विवरण हाम्रो पम्प्लेटहरू ‘6-24 वर्ष उमेरका बालबालिकाहरूका लागि स्वस्थ खाना खाने(2) तथा (3)’ मा प्राप्त गर्न सकिन्छ

तपाईंलाई अझै पनि आफ्नो बच्चाको व्यवहारसँग सम्झौता गर्नेमा समस्याहरू छन् भने, तपाईंले MCHCs का स्वास्थ्य स्याहार पेशेवरहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामीले फलस्वरूप मार्गदर्शक उपलब्ध गराउँनेछौं र पालनपोषण कार्यशाला वा सकारात्मक पालनपोषण कार्यक्रमको व्यवस्था मिलाउनेछौं।

इन्टरनेट र इलेक्ट्रोनिक स्क्रिन उत्पादनहरूको प्रयोगमा थप स्वास्थ्य जानकारी र भिडियोहरूका लागि, तपाईं निम्न लिङ्कहरूबाट विद्यार्थी स्वास्थ्य सेवा, स्वास्थ्य विभागका वेब पृष्ठहरूमा जान सक्नुहुन्छ: