6 देखि 24 महिना पुगेका (2) (6 – 12 महिना) पुग्दै गरेका बालबालिकाका लागि स्वस्थ्यकर खानपिन

(12/2019 मा संशोधन गरिएको विषयवस्तु)

बच्चाको खाना तथा आहार

(सम्बन्धित भिडियो हेर्नुहोस्: http://s.fhs.gov.hk/nx6tt)

तपाईंको बच्चाले चम्चाले नरम खालको खानाहरू खान अभ्यस्त भपछि, तपाईंले एक पटकमा विभिन्न प्रकारका नयाँ खानाहरूसँग परिचित गराउनुपर्छ। आइरनयुक्त खानाहरू छनोट गर्नुहोस्।

  • तपाईंको बच्चाको चपाउने क्षमता अनुसार विभिन्न प्रकारका खानाहरू खुवाउने प्रयास गर्नुहोस्;
  • आमाको दूध वा फर्मुला दूध अझ पनि उहाँको मुख्य खाना हो। उसले थप ठोस खाना खाँदै गर्दा, उहाँलाई कम दूध आवश्यक पर्नेछ;
  • 1 वर्ष भन्दा कम उमेरका बच्चाहरूले थप सहजै नयाँ खाना स्वीकार गर्ने गर्छन्। उहाँलाई व्यापक दायराका खानाहरूसँग अनुभव गराउन यो अवसर लिनुहोस्।

नयाँ खानासँग परिचित गराउने

  • बिहान वा दिउँसोमा नयाँ खानाको प्रस्ताव गर्नुहोस्। यसले तपाईंलाई कुनै पनि खानाबाट हुने एलर्जीहरू हेर्न अनुमति दिन्छ;
  • नयाँ खानाहरू एक पटकमा एउटा मात्र खुवाउनुहोस्। 1 देखि 2 टेबुल चम्चाबाट सुरु गर्नुहोस् र तपाईंको बच्चालाई 2 देखि 4 दिनसम्म खाना खाने प्रयास गर्न दिनुहोस्;
  • राइस सिरिअल वा कोन्जीमा नयाँ खाना थप्नुहोस् वा तपाईंको बच्चालाई सिधै यो दिनुहोस्।

सुझावहरू: तपाईंको बच्चाको लागि खाना तपाईंको परिवारको खानाको बास्केटबाट छनोट गर्नुहोस्।

मेरो बच्चा नयाँ खाना खाने इच्छुक हुनुहुन्न। मैले के गर्न सक्छु ?

  • तपाईंको बच्चाले नयाँ खानाको स्वाद लिँदा केही आश्चर्यजनक अनुहारको अभिव्यक्ति देखाउन सक्नुहुन्छ। यसको अर्थ उहाँले खाना खान अस्वीकार गर्नुभएको होइन;
  • यदि उहाँले खानाको लागि आफ्नो मुख खोल्नुहुन्छ भने उहाँलाई खुवाई रहनुहोस्;
  • यदि उहाँले खान चाहनुहुन्न भने, 1 देखि 2 हप्तामा फेरि प्रयास गर्नुहोस्;
  • केही बच्चाहरूले नयाँ खाने कुरा खानु भन्दा पहिला 8 देखि 15 पटक प्रयास गर्नु आवश्यक हुन्छ, त्यसैले धैर्य राख्नुहोस्। 2 वा 3 पटक प्रयास गरिसकेपछि नछोड्नुहोस्।

विभिन्न प्रकारका खानाहरू खुवाउन प्रयास गर्ने

(सम्बन्धित भिडियो हेर्नुहोस्: http://s.fhs.gov.hk/qq288)

नरम पुरीबाट सुरु गर्नुहोस्, त्यसपछि सानो नरम लम्पहरूसँग मुसिएको खाना खुवाउन सरु गर्नुहोस् र त्यपसछि किमा बनाइएको वा काटिएको खाना सुरु गर्नुहोस्। खानाको प्रकारमा नियमित परिवर्तले तपाईंको बच्चालाई चपाउन सिक्नमा मद्दत गर्दछ।

बच्चाहरू आफ्नो विकासमा भिन्न-भिन्न हुन्छन्। आमाबुवाहरूले बच्चाहरूको चपाउने क्षमता अनुसार उपयुक्त प्रकारको खाना दिनुपर्छ।

तपाईंको बच्चाले टुक्रा पारिएको खाना खान सक्ने भएपछि, उहाँले परिवारसँग खाना साझा गर्न सक्नुहुन्छ।

खानाको प्रकारहरू बारे थप जान्नको लागि, कृपया "6 देखि 24 महिना पुगेका बालबालिकाका लागि 7 दिनको स्वस्थकर खाना योजना निर्देशिका".

बच्चाहरूले यो गर्न सक्छन्!

  • धेरैजसो 8 महिनाको बच्चाहरूले कीमा पारिएको खाना राम्ररीहरू खान सक्छन्;
  • उनीहरूले आफ्नो गिजाले चपाउन सक्छन्;
  • उनीहरूलाई पुरीहरू मात्र खुवाइयो भने, उनीहरूलाई भविष्यमा अपरिष्कृत प्रकारको खाना खान समस्याहरू हुन सक्छ।

बच्चाहरूले पहिलो पटक बाक्लो वा डल्लो खालको खानाहरू खाने प्रयास गर्दा, उनीहरूले कस्तो प्रतिक्रिया गर्ने देखाउँछन्?

  • सर्व प्रथम, बच्चाहरूले थोरै वा थपढी विस्तारै खान सक्छन्;
  • खाना तपाईंको बच्चाले चपाउन नसक्ने गरी डल्लो परेको र कडा हुँदा। उहाँले त्यसलाई थुक्नुहुनेछ वा मुख बन्द पनि गर्न सक्नुहुन्छ।
  • यस्तो भयो भने, अझै नरम खाना तयार गर्नुहोस् र आफ्नो बच्चालाई विस्तारै यसमा अभ्यस्त गराउनुहोस्।

खाना अड्किने खतराबाट सावधान हुनुहोस्

  • बच्चाहरूलाई मिठाईहरू जस्तो सानो र कडा खाना वा टाँसिने खालको लस्सादार भातको हलुवा जस्तो खानाहरू नदिनुहोस्;
  • तपाईंले आफ्नो बच्चालाई अङ्गुर वा चेरी जस्तो सानो र गोलो खाना दिँदा, पहिले त्यसको बियाँ झिक्नुहोस् र सानो-सानो टुक्रा पारेर काट्नुहोस्;
  • मासुबाट हड्डी र माछाबाट काँडा झिक्नेबारे सावधान हुनुहोस् ।

बच्चाको मलत्याग गतिविधिहरू

तपाईंको बच्चाले थप ठोस खाना खाँदा, उहाँको मलत्याग गतिविधिहरू परिवर्तन हुन सक्छन्। दिसा झन बाक्लो हुन सक्छ र त्यसमा खानाका साना टुक्राहरू हुन सक्छन्। तपाईंको बच्चाले पातलो दिसा गर्नुहुन्छ वा त्यसमा रगत वा चिल्लो पदार्थ निस्कन्छ भने, उहाँलाईसक्दो चाँडो चिकित्सककहाँ लिएर जानुहोस्।

खाना र पौष्टिक तत्त्वहरू

विभिन्न प्रकारका खानेनाहरू खाने

तपाईंको बच्चाले थप ठोस खानाहरू खाँदै गर्दा, तपाईंले उहाँको खानाहरूमा विभिन्न प्रकारका खानाहरू समावेश गर्नुपर्छ। यसो गर्दा उहाँले सही सन्तुलित पोषणको मजा लिनुहुनेछ भनी सुनिश्चित हुन्छन्।

पौष्टिक तत्त्वहरूको मुख्य स्रोतहरू:

अन्न (जस्तै, भात, चाउचाउ, पास्ता, रोटी, ओटमील)

अन्नले कार्बोहाइड्रेट, प्रोटिन, धेरै भिटामिन B (भिटामिन B12 बाहेक) र म्याग्नेसियम उपलब्ध गराउँछ।

ब्राउन राइस र होल गहुँको रोटी जस्तो होल अन्नना खानाहरूले भिटामीन E र आहार जन्य फाइबरहरू उपलब्ध गराउँछ। बच्चाहरूले राम्ररी चपाउन सक्ने भएपछि वनीहरूलाई यी खानाहरू दिनुहोस्।

अण्डाहरू वा मासु (उदाहरण, माछा, कुखुराको मासु, सुँगुरको मासु, गाईको मासु, खसीको मासु, कलेजो, समुन्द्री खाना)

अण्डाहरू वा मासुले प्रोटिन, फ्याट, कोलोष्ट्रोल, आइरन, जिङक, म्याग्नेसियम, भिटामिन B र B12 उपलब्ध गराउँछ। माछाले थप असंतृप्त फ्याट उपलब्ध गराउँछ; बोसोयुक्त माछामा भिटामिन D पनि समावेश हुन्छ। उच्च मात्रामा मिथाइलमर्कुरी भएको माछा नखानुहोस्। अण्डाको पहेँलो भाग र कलेजोमा भिटामिन A को अधिक मात्रा हुन्छ र यसमा भिटामिन D समावेश हुन्छ। (प्रायजसो कलेजो नखानुहोस्)।

सुख्खा सिमी र अन्य सिमी उत्पादनहरू (उदाहरण, रातो राज्मा, सानो केराउ, रातो सिमी, मकै बोडी र अन्य सिमी उत्पादनहरू)

सुख्खा सिमी र अन्य सिमी उत्पादनहरूले प्रोटिन, कार्बोहाइड्रेट, धेरै भिटामिन B (भिटामिन B12 बाहेक) आइरन, जिङ्क र आहारजन्य फाइबरहरू उपलब्ध गराउँछ। परम्परागत विधिबाट बनाइको टोफुले क्याल्सियम उपलब्ध गराउँछ।

सासब्जीहरू (उदाहरण, हरियो सागपात: चोए सम, बक चोए, ब्रोकाउली, चिनियाँ केल, तोरीको साग, चिनियाँ पालकको साग इत्यादी)

सागसब्जीहरूमा क्यारोटिन, भिटामिन C, फोलिक एसिड, आहारजन्य फाइबर, पोटासियम र खनिजहरूको अधिक मात्रा हुन्छ। हरियो सागपात भनेका आइरन, क्याल्सियम, भिटामिन E र K को अधिक मात्रा हुने स्रोतहरू हुन्।

फलफूलहरू (उदाहरण, केरा, नास्पाती, स्याउ, अङ्गूर, खरबुजाहरू)

फलफूलहरूले भिटामिन C, फोलिक एसिड, आहारजन्य फाइबर, पोटासियम र खनिजहरू उपलब्ध गराउँछन्। गाढा पहेलो फलफूलहरू, जस्तै मेवा, आँपमा क्यारोटिन पाइन्छ। भिटामिन C अधिक मात्रामा हुने फलफूलहरूका उदाहरणमा किवीफल, स्ट्रबेरी, सुन्तला, मेवा, परसिम्मनहरू पर्दछन्।

दूध र दुग्ध उत्पादनहरू (उदाहरण, चिज दही दूध)

दूध र दुग्ध उत्पादनहरूले प्रोटिन, संतृप्त फ्याट, क्याल्सियम, भिटामीन A र भिटामिन B12 उपलब्ध गराउँछन्।
1 वर्ष भन्दा कम उमेरका बच्चाहरूको लागि उनीहरूको खानाको मुख्य स्रोतको रूपमा आमाको दूध वा फर्मुला दूधको सट्टामा गाईको दूध दिनुहुँदैन।

पानी
  • ठोस खाना खाई सकेपछि बच्चाहरूलाई पिउनको लागि उमालिएको पानी दिनुहोस् ता कि उनीहरू त्योसँग अभ्यस्त हुन सक्छन्;
  • बच्चाहरूले प्रत्येक पटकमा सामान्यतः केही घुट्की पिउने गर्छन् र त्यो पर्याप्त हुन्छ;
  • उमालिएको पानीलाई ग्लुकोज पानी, जुस वा गुलियो पेय पदार्थहरूले प्रतिस्थापन नगर्नुहोस्। यसले बच्चाहरूलाई गुलियो पेय पदार्थहरू पिउने खराब बानीको विकास गराउनबाट सुरक्षा गर्छ।

बच्चाहरूलाई आइरनयुक्तहरू आवश्यक हुन्छ

6 महिनाको उमेर पुगेपछि, बच्चाहरूलाई थप आइरन आवश्यक पर्छ। उनीहरूले दैनिक रूपमा पर्याप्त मात्रामा आइरनयुक्त खाना खानुपर्छ।

  • आइरन थपिएको चामल वा गहुँको सिरिअल एउटा राम्रो रोजाई हो;
  • मासु, माछा र अण्डाको पहेँलो भागमा भएको आइरनलाई अवशोषण गर्न सजिलो हुन्छ;
  • फलफूलहरू भिटामिन C ले शरीरलाई हरियो सागपात र सुख्खा सिमीमा भएको आइरन अवशोषण गर्न मद्दत पुर्याउँछ;
  • तपाईंको बच्चाले दैनिक रूपमा मासु वा अण्डाको पहेँलो भाग र सागसब्जीहरू खाँदा, तपाईं विस्तारै राइस सिरिअललाई कोन्जीले प्रतिस्थापन गर्न सक्नुहुन्छ।

स्नायु प्रणालीको विकासको लागि आइरन महत्त्वपूर्ण हुन्छ। कुन-कुन खानाहरूले आयोडीनन उपलब्ध गराउँछन्?

  • केल्प, सिविड (तिनीहरूमा आयोडीनको अधिक मात्रा हुन्छ, त्यसैले थोरै मात्र खानु पर्याप्त हुन्छ।);
  • आयोडीनयुक्त नुन;
  • समुद्रको पानीको माछा, समुद्रको पानीको झिँगे माछा, घोगीहरू;
  • दूध, अण्डाको पहेँलो भाग

DHA ले बच्चाहरूको स्नायु प्रणालीको विकासमा मद्दत पुर्याउँछ। कुन-कुन खानेकुराहरूमा DHA समावेश हुन्छ?

DHA को मुख्य स्रोत माछा हो। सालमोन, सार्डिनेस र हलिबट यसका प्रचुर स्रोतहरू हुन्। गोल्डेन थ्रेड, बिगआईज र पोमफ्रेटले पनि DHA उपलब्ध गराउँछ।

वनस्पतिको तेल
  • तपाईंको बच्चाको लागि खाना पकाउँदा, थोरै वनस्पतिको तेल थप्नुहोस्;
  • यसले तपाईंको बच्चालाई ऊर्जा उपलब्ध गराउँछ र बोसोमा बोसो-सोलुबल भिटामिनहरू अवशोषण गर्नमा पनि मद्दत पुर्याउँछछ;
  • वनस्पतिको तेलले मस्तिष्कको वृद्धि र विकासको लागि आवश्यक हुने अत्यावश्यक फ्याटी एसिड उपलब्ध गराउँछ;
  • वनस्पतिको तेलका विभिन्न प्रकारहरू तिनीहरूका संयोजन अनुसार भिन्न हुन्छन्। तिनीहरूलाई कुनै कुराको सट्टामा वा मिश्रणमा प्रयोग गर्न सकिन्छ।

विभिन्न प्रकारको खानाहरू खानाले हामीलाई राम्रो स्वास्थ्य कायम राख्नमा मद्दत पुर्याउँछ।

तपाईंको बच्चाको लागि दैनिक खानाहरूको व्यवस्था कसरी गर्ने

6 देखि 8 महिना पुगेका बच्चाहरू

दूध मुख्य खाना हो। तपाईंको बच्चालाई प्रति दिन लगभग 5 पटक दूध खुवाउन आवश्यक हुन्छ।
2 देखि 3 पटक दूध खुवाउनको लागि, पहिला उहाँ ठोस खाना दिनुहोस् र त्यसपछिदूध खुवाउनुहोस्।

ठोस खाना खुवाउनु
  • सर्वप्रथम, बच्चाहरूलाई 1 वा 2 टेबुल चम्चा ठोस खाना दिनुहोस्;
  • बच्चाहरू चपाउन र निल्नअभ्यस्त भइ सकेपछि, उनीहरूले अझ बढी ठोस खाना खानेछन्;
  • केही बच्चाहरूले खानाको सुरुवातमा ठोस खाना खान एकदमै रूचि राख्छन्। उनीहरू चपाउने क्रममा छिट्टै थकित हुन्छन् र धेरै खानेछैनन्। त्यस्तो भएमा, दूध खुवाउनुहोस्।
आमाको दूध वा फर्मुला दूध खुवाउने
  • बच्चाहरूको आवश्यकता अनुसार दूध खुवाउनुहोस् र अघाएको सङ्केत देखाए पछि खुवाउन बन्द गर्नुहोस्;
  • बच्चाहरूले अझ बढी ठोस खानेकुरा खान थालेपछि, उनीहरूले कम दूध खान्छन् र प्राय: दूध खुवाउने आवश्यकता कम हुन्छ।
एक पटक दूध खुवाउने कार्यलाई ठोस खानेकुराको खानासँग प्रतिस्थापन गर्न कहिले उपयुक्त हुन्छ?

धेरै दिनसम्म आफ्नो बच्चाको धेरैजसो खानामा अन्न, सब्जी, मासु (वा माछा, अण्डाहरू) र तेल सबै उपलब्ध गराइन्छ भने, उहाँले खाना खाएपछि दूध खान चाहनुहुन्न, उहाँले एकपटक दूध खान छोड्न सक्नुहुन्छ।

नोट: तपाईंको बच्चाले पर्याप्त मात्रामा पौष्टिक तत्त्वहरू प्राप्त गर्नको लागि मासुको चोक्टाहरू खानुहुन्छ भनी सुनिश्चित गर्नुहोस्।

9 देखि 11 महिना पुगेका बच्चाहरू

तपाईंको बच्चालाई दिनको लगभग 5 पटक दूध खुवाउन आवश्यक हुन्छ। 2 देखि 3 पटकको खानामा, उहाँले मुख्य रूपमा ठोस खाना खानुहुन्छ।

ठोस खाना खुवाउने
  • 8 देखि 9 महिना पुगेका धेरैजसो बच्चाहरूलाई ठोस खानाहरू प्रतिस्थापन गरेरको 1 देखि 2 पटक दूध खुवाउन सकिन्छ;
  • बच्चाहरूले प्रत्येक दिन ठोस खानाको 2 देखि 3 पटक मुख्य खानाहरू खान्छन्;
  • तपाईं आफ्नो बच्चालाई स्न्याकको रूपमा दिनको एक वा दुई पटक केही फलफूलहरू पनि दिन सक्नुहुन्छ।
आमाको दूध वा फर्मुला दूध खुवाउने
  • आमाको दूध खुवाउन जारी राख्नुहोस्;
  • बोतलबाट खुवाइने बच्चाहरूलाई सामान्यतः प्रत्येक दिन लगभग 2 देखि 3 पटक र लगभग 500 देखि 600 मिलिलिटर दूध खुवाउन आवश्यक हुन्छ;
  • अति धेरै र धेरैजसो दूध खुवाउनाले अन्य खानाको लागि तपाईंको बच्चाको भोकलाई घटाउन सक्छ।

खुवाउने समय

  • 6 महिनाको उमेरमा, धेरैजसो बच्चाहरूको पहिले नै नियमित खाने ढाँचा हुन्छ। उनीहरूलाई लगभग प्रत्येक 3 देखि 4 घण्टामा खुवाउन आवश्यक हुन्छ। उनीहरू मध्ये धेरैजसो रातमा सुत्न सक्छन्, उनीहरूलाई उपरान्त रातिमा खुवाउन आवश्यक हुँदैन।
  • बच्चाहरूले आफ्ना परिवारसँग खान सुरु गर्छन्। उनीहरूले विस्तारै आफूलाई परिवारको खाना खाने तालिकासँग अनुकूल बनाउने गर्छन्।
  • लगभग 1 वर्षको पुगेपछि, आमाबुवाले आफ्नो बच्चाहरूको लागि एउटा नियमित खाना खाने तालिका बनाउनुपर्छ।

विभिन्न प्रकारका खानाहरूले बच्चाका परिकारहरू बनाउने

  • स्वादिलो र पौष्टिक खाना बनाउनको लागि राइस सिरिअल, कोन्जी वा नरम भातमा सागसब्जी, मासु, माछा वा अण्डाहरू मिसाएर सुहाउँदो बनाउनुहोस्;
  • खाना खाइसकेपछि वा स्न्याकहरूको रूपमा आफ्नो बच्चालाई फलफूलहरू दिनुहोस्;
  • एकपछि अर्को गर्दैर खानाहरू छनोट गर्नाले र खानाको संयोजनणहरू परिवर्तन गर्नाले तपाईंको बच्चालाई नयाँ खानाहरूसँग अभ्यस्त हुनमा मद्दत पुर्याउँछ।

बच्चाहरूको लागि खानाका उदाहरणहरू:

  • 7 महिना पुगेका बच्चाहरूको लागि मेवाको पुरीसँग पस्किएको चोय सम र अण्डाको पहेँलो भागसँग राइस सिरिअल
  • 8 महिना पुगेका बच्चाहरूको लागि किवीको डाँठसँग पस्किएको कुखुराको मासु, गाजर र साङघाई सेतो बन्दासँग बाक्लो कोन्जी
  • लगभग 1 वर्षको बालबालिकाका लागि सुन्तलाको क्युबसँग पस्किएको टमाटर, गाईको मासु र बोक चोयसँग ABC पास्ता

नोट: कृपया मेनुहरूमा भएका खानाको संयोजनहरू र 6 देखि 24 महिना पुगेका बालबालिकाका लागि 7 दिनको स्वस्थकर खाना योजना निर्देशिका मा रेसिपीहरूको सन्दर्भ लिनुहोस्।.

बाहिर खाने

  • तपाईंको बच्चाको खाना, खुवाउने भाँडाकुँडाहरू र बिब र कैँचीहरू इत्यादि साथमा लिनुहोस्।
  • स्वस्थ्य र बच्चाको कुर्सी उपलब्ध गराउने रेस्टुरेन्ट छनोट गर्नुहोस्;
  • तपाईंको बच्चाको खाना सम्बन्धी केही सुझावहरू यहाँम छन्:
    • राइस सिरिअल, फलफूलहरू;
    • पहिले नै प्याक गरिएको बच्चाको खानाहरू: "पहिले उत्कृष्ट हुने" मिति जाँच गर्नुहोस्। बाँकी रहेका कुनै पनि खानालाई फ्याँक्नुहोस्;
    • ठूला मानिसहरूको खानाहरूबाट हल्का मौसम अनुकूल भएको खानाहरू मात्र साझा गर्नुहोस्, जस्तै, बफाइएको माछा, उमालिएको सागसब्जीहरू, टोफू, आदि;
    • आमाको दूध वा फर्मुला दूध

प्रश्न र उत्तर: बाहिर जाँदाथर्मल फ्लास्कमा पकाएको खानारा लैजान सुरक्षित हुन्छ?

सामान्यतया, सानो थर्मल फ्लास्कले खानालाई लामो समयसम्म सुरक्षित तापक्रममा (जस्तै, खानारालाई 60°C वा सो भन्दा बढी तापक्रममा राख्ने) राख्न सक्दैन। जीवाणुको वृद्धिको जोखिमलाई कम गर्न, खानालाई थर्मल फ्लास्कमा राखिएको छ भने खाना पकाएको दुई घण्टा भित्रमा खानुपर्छ।

बिरामी हुँदा खुवाउने

तरलपदार्थको इन्टेक बढाउनुहोस्

शरीरले सामान्य अवस्थामा भन्दा बिरामी हुँदा अझ बढी पानी गुमाउँछ।

  • आफ्नो बच्चालाई पटक-पटक पानी खुवाउनुहोस्;
  • तपाईंले आफ्नो बच्चालाई सुप (जस्तै। खरबुजोको सुप, टमाटरको सुप) पनि दिन सक्नुहुन्छ।

निको भएपछि, तपाईंको बच्चालाई फेरि भोक लाग्न थाल्छ। उहाँले प्रायजसो खाने भन्दा धेरै खान सक्छ।

निल्न सजिलो हुने खालको खाना दिनुहोस्

तपाईंको बच्चाकोभोक गुम्न सक्छ र उहाँले चपाउन नचाहन सक्नुहुन्छ।

  • खरबुजा, माछा कुखुराको मासु, टोफु, नरम भात वा कोन्जी जस्ता नरम खानाहरू खान दिनुहोस्;
  • तपाईंको बच्चाले अझ बढी दूध पिउन र कम ठोस खाना खान सक्नुहुन्छ;
  • उहाँको आवश्यकताहरू अनुसार खुवाउने समय र मात्रालाई मिलाउनुहोस्।

खाने वातावरण

(सम्बन्धित भिडियो हेर्नुहोस्: http://s.fhs.gov.hk/sr1v8)

आमाबुवाहरूले आफ्नो बच्चालाई खाना खुवाउँदा राम्रो खानपिन वातावरणको प्रबन्ध गर्नुपर्छ। यसले बच्चालाई खाना खुवाउन सजिलो बनाउँछ र उनीहरूलाई खानाको मजा लिन, आफैले खाना खान अभ्यस्त हुनक्न र राम्रो खाना खाने बानिहरूको विकास गर्न मद्दत गर्छ।

राम्रो खानपिनको वातावरण

  1. परिवारको रूपमा सँगै खाना खानुहोस्
  2. टिभी बन्द गर्नुहोस् र तपाईंको बच्चाको ध्यान अन्यन्त्र मोडिदिने वस्तुहरूलाई हटाउनुहोस्
  3. तपाईंको बच्चालाई एउटा निश्चित ठाउँमा नियमित स्थानमा खान दिनुहोस्
  4. तपाईंको बच्चासँग एउटै स्तरमा बस्नुहोस् ताकि उहाँले तपाईंलाई देख्न सक्नुहुन्छ
  5. तपाईंको बच्चालाई खाना खाने टेबुलमा बस्न दिनुहोस् वा उहाँको आफ्नै खाना खाने ट्रेको व्यवस्था गर्नुहोस्
  6. भुइँलाई एउटा पत्रिका वा टेबुलमा दछ्याउने कपडाले ढाक्नुहोस्

आमाबुवाहरूले खाना खुवाउने वातावरणलाई निम्न तरिकाहरूले प्रबन्ध गर्न सक्नुहुन्छ:

  1. टिभी बन्द गर्नुहोस् र खेलौनाहरूलाई टाढा राख्नुहोस्:
    1. यसले तपाईंको बच्चालाई खानमा ध्यान केन्द्रित पारेर राख्छ र उहाँलाई आफै खान र चम्चा प्रयोग गर्नमा अझ बढी उत्प्रेरित बनाउँछ;
    2. यसले उहाँको लागि तपाईंसँग कुराकानी गर्ने अवसरलाई वृद्धि गर्छ;
    3. आफू अघाए पछि उहाँ यसबारे अझ सचेत हुनुहुन्छ ताकि उहाँले आवश्यकता भन्दा बढी खानुहुनेछैन;
    4. यसले तपाईंको बच्चालाई खाँदा खेरि खेल्ने खराब बानी विकास गर्नबाट रोक्छ।
    अनुसन्धानकर्ताहरूले के पत्ता लगाएका छन्
    • टिभी हेर्दै खाना खानाले आवश्यकता भन्दा बढी
      खान तर्फ डोर्याउँछ;
    • टिभी हेर्नु 2 वर्ष भन्दा कम उमेरका बाच्चाहरूमा बोली विकासमा ढिलाइसँग सम्बन्धित रहेको छ;

    त्यस कारणले, तपाईंले 2 वर्ष भन्दा कम उमेरका बच्चाहरूलाई टिभी हेर्न दिनु हुँदैन।

  2. प्रत्येक पटक खाना खुवाउँदा तपाईंको बच्चालाई एउटै कुर्सीमा बसाउनुहोस्
    1. यसले तपाईंको बच्चालाई 'यहाँ बस्नु' को अर्थ 'यो खाने समय हो' भनेर सिक्ने र खानको लागि बस्ने बानी बसाल्ने अवसर दिन्छ।
    2. आमाबुवाहरूले घरको बसाइ अनुसारले सुहाउँदो खालको अग्लो कुर्सी एउटा उठाउने कुर्सी वा एउटा बस्ने कुर्सी छनौट गर्न सक्नुहुन्छ।
  3. तपाईंको बच्चालाई उहाँको आफ्नै खाना खाने ट्रे दिनुहोस् वा खाना खाने टेबुलमा बस्न दिनुहोस्
    1. उहाँ सजिलै खानासम्म पुगेर चम्चा प्रयोग गर्न सक्ने भएकोले खाना खाने समय अझ बढी आनन्ददायी हुनेछ;
    2. ट्रेले पछि सजिलैसँग सफा गर्नको लागि पोखिएको खाना अड्याएर राख्न सक्छ।

तपाईंको बच्चालाई कसरी खुवाउने

6 देखि 11 महिना पुगेका बच्चाहरू आफ्नो वरिवारिका वातावरण बारे जिज्ञासु हुने गर्छन्। खाना खुवाउने समयमा उनीहरू सजिलैसँग बहकिन सक्छन्।
निम्न सुझावहरूको पालना गरेर, तपाईं आफ्नो बच्चालाई राम्ररी खान र उहाँको सामाजिक तथा स्वयम् स्याहार सीपहरू विकास गर्नमा मद्दत गर्न सक्नुहुन्छ।

थप अन्तरक्रियाले थप आनन्द ल्याउँछ

  • तपाईंको बच्चाको कार्यहरूमा प्रतिक्रिया जनाउनुहोस् जसकारण उहाँले आफ्नो स्याहार गरिएको अनुभव गर्नुहुन्छ। उहाँले आनन्ददायी खाना खाएको फेला पार्नुहुनेछ;
  • उहाँसँग खाना बारे कुरा गर्नुहोस्;
  • उहाँले राम्रो गर्दा उहाँलाई प्रशंसा गर्नुहोस्।

तपाईंको बच्चालाई उहाँको आफ्नै गतिमा खुवाउने

  • आफ्नो बच्चाले खाए अनुसार उहाँको अवलोकन गर्नुहोस्;
  • उहाँलाई हतार नगर्नुहोस्;
  • छिटो छिटो खाना खानाले अड्किने वा धेरै खाना खान हुन सक्छ।

तपाईंको बच्चालाई उहाँको आवश्यकताहरू अनुसार खुवाउने

(सम्बन्धित भिडियो हेर्नुहोस्: http://s.fhs.gov.hk/2r48i)

  • बच्चाहरू सामान्यतः 15 देखि 20 मिनेटमा अघाउने गर्छन्;
  • तपाईंको बच्चा अघाइ सकेपछि, उहाँले खानमा कम रुचि देखाउनुहुनेछ र खाने गतिलाई घटाउनुहुनेछ;
  • उहाँको उमेर बढ्दै जाँदा, उहाँ अघाए पछि उहाँलाई खान कर गर्दा उहाँको प्रतिक्रिया अझ बलियो हुन्छ, उदाहरणको लागि उहाँले चम्चालाई टाढा धकेल्न सक्नुहुन्छ।

खुवाउने समयमा बच्चाको आवश्यकताप्रति प्रतिक्रिया जनाउने

खुवाउने समयमा, तपाईंको बच्चाले आफ्नो आवश्यकतालाई सङ्केत गर्न निम्न व्यवहारहरू देखाउन सक्नुहुन्छ। खाना खुवाउँदा तपाईंको बच्चाको आवश्यकताहरूप्रति प्रतिक्रियाशील उत्तरदायी हुनुहोस् र त्यसै अनुसार व्यवहार गर्नुहोस्।

"खान अस्वीकार गर्नु "

बच्चाहरू नयाँ खानेकुरामा अनावृत हुने, खानाको प्रकारमा परिवर्तन हुने वा नयाँ खानाको स्वाद हुनेमा अनावृत हुन्छन् भने उनीहरू खान अनिच्छुक हुन सक्छन्। आमाबुवाहरूले विभिन्न पकाउने विधि, खानाको संयोजन, स्वाद प्रयास गर्न र खानाको प्रकारहरू मिलाउन सक्नुहुन्छ। तपाईं केही दिनपछि आफ्नो बच्चालाई नयाँ खाना खाने प्रयास गराउन सक्नुहुन्छ।
बच्चा अघाउँदा, उहाँले खान अस्वीकार गर्नुहुन्छ वा कहिलेकाहीँ मुख बन्द गर्न सक्नुहुन्छ। आमाबुवाहरूले उहाँको ध्यान खानातर्फ एकाग्र गर्नको लागि विस्तारै बोलाउन सक्नुहुन्छ। उहाँले अझै पनि खानामा रूचि देखाउनुहुन्न भने, उहाँ सम्भवत: अघाउनुभएको हुन सक्छ।

"निल्दा मुख बन्द गर्नु "

बच्चाहरूले खानाको अपरिष्कृत प्रकार वा खानाको ठूलो टुक्राहरू खाने बानी नपार्दासम्म, उहाँहरूले मुख बन्द गर्न सक्नुहुन्छ। तिनीहरूलाई एकदमै चाँडो वा एकै पटकमा निकै बढी खुवाउँदा पनि यस्तो हुन सक्छ। यस्तो हुन्छ भने, आमाबुवाहरू धैर्य रहनुपर्छ। तिनीहरूलाई सफा गरीसकेपछि, अझ सानो गाँस लिएर, खुवाउने गतिलाई कम गरी फेरि प्रयास गर्नुहोस्। यो खानाको प्रकारको परिवर्तनसँग सम्बन्धित रहेको छ भने, आमाबुवाहरूले तिनीहरूको लागि एक पटक फेरि प्रयास गर्नको लागि खानालाई केही नरम र कम खस्रो बनाउन सक्नुहुन्छ।

"खाना समाउनु वा त्यसतर्फ देखाउनु "

बच्चाहरूले प्राय: आफूले अझ बढी खान चाहेको कुरा त्यसलाई समाएर वा खाना तर्फ देखाएर सङ्केत गर्छन्। आमाबुवाहरूले उहाँलाई खुवाइ रहनुपर्छ। उहाँले खानालाई समाउन चाहनुभयो भने, तपाईं उहाँलाई आफै खानको लागि हातले खान वा चम्चा दिन सक्नुहुन्छ।

खाना खाने नयाँ तरिका अपनाउने

ठोस खाना खान सिक्ने पारगमन समयावधिमा, बच्चाहरूले स्वतन्त्र भएर आफै खान पनि सिकिरहेका हुन्छन्। उनीहरूलाई खाना खुवाउँदा, आमाबुवाहरूले निम्न दुई परिवर्तनहरू गर्नुपर्छ: तपाईंको बच्चालाई परिवारको रूपमा आफूसँग बसाले खुवाउने र आफ्नो बच्चालाई आफैले खान सिक्नमा मद्दत गर्ने।

परिवारको रूपमा सँगै खाना खाने

बच्चाहरूलाई आमाबुवा र उनीहरू परिचत भएका वयस्कहरूसँग बसेर खाना खान मनपर्छ। अन्य परिवार सदस्यहरूसँग खाना खाँदा उनीहरूलाई राम्रो खाने आनीबानीहरू विकास गर्नमा मद्दत गर्छ।

  • उहाँलाई पारिवारिक टेबुलमा धेरै प्रकारका खानासँग साक्षात्कार गराउनुहोस्। बच्चाहरूसँग नयाँ खाना र पारिवारिक खानाहरूको स्वाद लिने धेरै अवसर हुन्छन्। यसले उनीहरूलाई थप सजिलै नयाँ खानाहरू स्वीकार गर्नमा मद्दत गर्छ।
  • उहाँलाई अरूले खाई रहेको हेर्न दिनुहोस्। अरूले कसरी खान्छन् भनेर हेर्नाले र नक्कल गर्नाले, बच्चाहरूले आफै खान सक्छन् र बढी खानुको आनन्द लिन्छन्।
  • उहाँलाई सामाजिक सीपहरू विकास गर्नमा मद्दत गर्नुहोस्। परिवार सदस्यहरूले खाना खाने समयमा सक्रिय रूपमा एक अर्कासँग कुराकानी गर्छन्। बच्चाहरू सामेल हुन मन पराउनेछन्।

मेरो बच्चासँग कसरी सँगै खाने?

  • तपाईंको बच्चालाई कम्तीमा पनि दिनको एक पटकको खाना परिवारको सदस्यहरूसँग बसेर खान दिनुहोस्;
  • तपाईंले उहाँलाई खुवाउँदा उहाँलाई खानको लागि खाना समाउन वा चम्चा अन्वेषण गर्न दिनुहोस्;
  • सुरुमा, तपाईंलाई उहाँको लागि अलग्गै खाना तयार गर्न आवश्यक पर्छ;
  • उहाँलाई उहाँको लागि उपयुक्त हुने परिवारिक खानाहरूको स्वाद लिन दिनुहोस्। यसले उहाँलाई परिवारको खाना खानमा अनुकूल बनाउन मद्दत गर्छ।

आफै खान सिक्ने

8 देखि 12 महिनाको उमेरबाट, बच्चाहरूले दैनिक वस्तुहरूलाई उठाउँछन् र तिनीहरूको प्रयोग बारे बुझ्ने प्रयास गर्छन्। उनीहरूले यस चरणमा कपबाट पिउन र खानालाई खानको लागि समात्न पनि सिक्छन्। थप जानकारीको लागि, “तपाईंको बच्चालाई आफै खान सिक्नको लागि कसरी मद्दत गर्ने” र “तपाईंको बच्चालाई कपबाट पिउन सिक्नमा कसरी मद्दत गर्ने” को सन्दर्भ लिनुहोस्।

तपाईंको बच्चालाई आ फै खान सिक्नको लागि कसरी मद्दत गर्ने

  • तपाईंको बच्चा खानासम्म पुगेपछि, उहाँ आफै खान सिक्नको लागि तयार रहनुहुन्छ।
  • खाना खाने समयमा उहाँसँगै बस्नुहोस्। उहाँलाई राम्रोसँग हेर्नुहोस् र उयुक्त तरिकाले प्रतिक्रिया जनाउनुहोस्।

उपयोगी सुझावहरू

खाना खानुअघि र खाना खाइसकेपछि आफ्नो बच्चाका हातहरू सफा गरिदिनुहोस्। खाना खाने समयमा तपाईंको बच्चाको हातहरू पटक-पटक नपुछिदिनुहोस् यसले उहाँको खाने रूचिमा बाधा पुर्याउन सक्छ।

औंलाले खाने

तपाईंको बच्चा खानाको लागि आइपुग्दा, तपाईं उहाँको लागि समात्न र खान सजिलो हुने खाना तयार पार्न सक्नुहुन्छ। सखरखण्ड, सागसब्जीको डाँठ, गाजरहरू र ब्रोकाउलीलाई 7 देखि 10 cm लामो टुक्राहरूमा काट्नुहोस् र तिनीहरूलाई नरम तरिकाले पकाउनुहोस्। तपाईंको बच्चालाई सागसब्जीको डाँठहरू दिँदा पहिला कडा बोक्रालाई छोड्याउनुहोस् वा डाँठको नरम भाग खाइसकेपछि उहाँलाई नयाँ दिनुहोस्। तपाईं उहाँलाई बच्चाको बिस्कुटहरू (आकस्मिक रूपमा) पनि दिन सक्नुहुन्छ।

तपाईंको बच्चाले आफ्ना औंलाहरूले स-साना कुराहरू समाएर उठाउन थाले पछि, उहाँले खानाहरूलाई उठाउन सकोस् भन्नाका लागि पातलो चोइलाहरू वा डल्लो बनाएर काट्नुहोस् जस्तै केराको चोइला, नरम खालका फलफूल, चिजका क्युब, रोटीका साना टुक्राहरू, पकाइएको म्याकरोनी वा पास्ता।

चम्चाहरूको प्रयोग गर्नु

तपाईंको बच्चा चम्चा समाउने भएपछि आमाबुवाहरूले बच्चाहरूको लागि सुरक्षित सामग्रीद्वारा तयार पारिएको सानो गोलो टुप्पो भएको र एउटा मोटो समाउने बिँड भएको चम्चा तयार पार्नुपर्छ। पत्ता लगाउनको लागि उहाँलाई चम्चा दिनुहोस्। उहाँलाई अर्को चम्चाले खुवाउनुहोस्।

लगभग 12 महिना पग्दा, तपाईंको बच्चाले चम्चालाई कचौरामा डुबाउन सक्नुहुन्छ र त्यसलाई आफ्नो मुखमा राख्न सक्नुहुन्छ। उहाँ 12 देखि 18 महिनाको पुग्दा चम्चा प्रयोग गर्न थप कुशल बन्नुहुन्छ। तपाईंले उहाँलाई खुवाउँदा एउटा चम्चाले उहाँलाई आफै खाने प्रयास गर्न दिनुहोस्; हातमा समाएर खानको लागि उहाँलाई अन्य खाना दिनुहोस्।

मेरो बच्चाले आफूले उठाउने सबै कुराहरूलाई किन आफ्नो मुखमा हाल्नुहुन्छ ?

6 देखि 12 महिनामा बच्चाहरूले वस्तुबारे जान्नको लागि विभिन्न चेतनाहरू प्रयोग गर्ने गर्छन् जस्तै वस्तुलाई छुने, सुँघ्ने, हातले हान्ने, मुखभित्र हाल्ने र आफ्ना कार्यहरूमा अन्यले कस्तो प्रतिक्रिया जनाउँछन् हेर्ने। यसले उनीहरूलाई त्यो वस्तु खान योग्य हो कि होइन भन्नेबारे सिक्नमा पनि मद्दत पुर्याउँछछ।

तपाईंको बच्चालाई सिक्न र अन्वेषण गर्नमा मद्दत पुर्याउँदा खेरी घरायसी सुरक्षामाथि ध्यान दिनुहोस्:

  • मुखमा अड्किन सक्ने वा हानी पुर्याउन सक्ने वस्तुहरूलाई टाढा राख्नुहोस्;
  • सधैँ आफ्नो बच्चाको नजिक रहनुहोस् र उहाँ माथि नजर राख्नुहोस;
  • आफ्नो घरमा राम्रो सरसफाई कायम राख्नुहोस्।

तपाईंको बच्चाको आफै खाने प्रयत्नहरूमा प्रतिक्रिया जनाउने

खुवाउने समयमा, तपाईंको बच्चाले खुवाउने चम्चा समाउन पनि सक्नुहुन्छ, त्यो उहाँको लागि उपयुक्त हुन्छ भने उहाँलाई त्यो समाउन दिनुहोस् र उहाँलाई अर्को चम्चाले खुवाउनुहोस्।

खुवाउने समयमा, तपाईंको बच्चाले चम्चाले हान्न सक्नुहुन्छ, बच्चाहरूले सामान्यतया वस्तुहरूलाई यसरी नै अवलोकन गर्ने भएकोले उहाँलाई तिनीहरूसँग हल्का रूपमा खेल्न दिनुहोस्। हल्लाले अन्यलाई बाधा पुर्याउँछ भने, उहाँको ध्यान अन्यत्र लगाउनुहोस् र चम्चालाई टाढा लैजानुहोस्।

बच्चाले खानाई छोएर, चिमोटेर, चाखेर, भुइँमा खसालेर वा फ्याँकेर त्यसको बारेमा जान्न सक्नुहुन्छ। खुवाउने समयमा, तपाईंको बच्चाले उहाँ खानेकुरासँग खेलि रहेको" जस्तो अभिनय गर्न सक्नुहुन्छ, उदाहरणको लागि, त्यसलाई औंलाहरूले खेलाएर, तपाईंले उहाँलाई रोक्न आवश्यक पर्दैन। उहाँको ध्यानलाई चम्चा र खानातर्फ आकर्षित गर्नुहोस्। उहाँले आफ्नो मुख खोले पछि उहाँलाई खुवाउनुहोस्। उहाँ तपाईंले दिएको खानालाई बेवास्ता गरिरहनुभयो र खेल्ने कामलाई निरन्तरता दिनुभयो भने उहाँ अघाउनुभएको हुन्छ। तपाईंले उहाँलाई खुवाउन रोक्नुपर्छ।

खुवाउने समयमा, तपाईंको बच्चाले खानाउठाएर खान सक्नुहुन्छ, तपाईंले उहाँको प्रशंसा गर्नुपर्छ।

तपाईंको बच्चालाई कपबाट पिउन सिक्नमा कसरी मद्दत गर्ने

7 देखि 9 महिनाको पुगेपछि, तपाईंको बच्चालाई एउटा कप दिनुहोस् र उहाँलाई त्यसबाट पिउनमा मद्दत गर्नुहोस्।

तयार रहनुहोस्:

कप प्रयोग गर्न सिक्दा, बच्चाहरूले कपलाई फ्याँक्न वा त्यसलाई हान्न सक्नुहुन्छ। उनीहरूले पिउँदा खेरी अड्किन पनि सक्छ।

कपबाट पिउन सिक्दाका चरणहरू

लगभग 7 महिनाको उमेर पुग्दा, तपाईंको बच्चा कपबाट पिउनको लागि सिक्न तयार रहनुहुन्छ। तपाईं निम्न कार्य गर्न सक्नुहुन्छ:

  • आफ्नो बच्चालाई एउटा तालिम दिने कप वा सानो नियमित कप दिन;
  • कपमा थोरै पानी हाल्न;
  • कपलाई उहाँको तल्लो ओठ नजिक पारेर समाउन र त्यसलाई बाङ्गो पार्न ताकि उहाँले विस्तारै पिउन सक्नुहुन्छ।

8 देखि 12 महिनाको उमेर बाट, तपाईंको बच्चाले विस्तारै कप समात्न र त्यसबाट पिउन सिक्नुहुन्छ। तपाईं निम्न कार्य गर्न सक्नुहुन्छ:

  • उहाँलाई कपका ह्याण्डलहरू समात्न दिन। उहाँले पिउँदा, नजिकै बसन र मद्दतको प्रस्ताव गर्न;
  • तपाईं कपमा पानी, दूध वा सादा झोल हाल्न सक्नुहुन्छ।

12 देखि 18 महिनाको उमेरसम्म, धेरैजसो बच्चाहरूले कपलाई समाएर त्यसबाट पिउन सिक्छन्। 18 महिनाको पुगेपछि, तपाईंको बच्चालाई उहाँको दाँतको सुरक्षा गर्नको लागि खुवाउने बोतलबाट पिउन रोक्नुहोस् मा सहयोग गर्नुहोस्।

निम्न अवस्थामा बच्चाहरू कप प्रयोग गर्ने प्रयत्न गर्न थप तत्पर हुने गर्छन्:

  • आमाबुवाहरूले पानी पिउँदा। यसको कारण उनीहरूले वयस्कहरूले जस्तै गर्न मनपराउँछन्;
  • उनीहरू तिर्खाउँदा, उदाहरण पाउरोटी वा बिस्कुटहरू खाइ सकेपछि।

बच्चाहरूको लागि तालिम दिने कपबाट सुरु गर्न सजिलो हुन सक्छ। उहाँले त्यसको राम्री प्रयोग गर्दा, तपाईंले दुईवटा ह्याण्डल भएको सानो नियमित कप दिन सक्नुहुन्छ।

कप छनोट गर्ने

कुन तालिम दिने कप उपयुक्त हुन्छ ?

  1. नपोखिने डिजाइन नभएका कपहरू। कपलाई बाङ्गो पार्दा
    टुटीबाट सजिलै पानी बगेर जान्छ। सरल रूपमा बिर्कोबाट भ्याल्भलाई झिकेर नपोखिने कपलाई सजिलै बग्ने कपमा बदल्नुहोस्।
  2. सानो आकार। त्यसलाई समाउन सजिलो हुन्छ।
  3. दुवै तर्फ समाउनेहरू भएको। तपाईंको बच्चाले अझ बढी सजिलै गरेर कप समाउन सक्नुहुन्छ।
  4. एउटा टुटी। यसले तपाईंको बच्चालाई अझ बढी सजिलो गरेर पिउनमा मद्दत पुर्याउँछ।
  5. पारदर्शी भाँडो। तपाईंको बच्चाले पिउँदा
    तपाईं पानीको प्रवाहलाई हेर्न सक्नुहुन्छ।
  6. सुरक्षित सामग्री। बिस्फिनल A (BPA) निःशुल्क भएका कपहरू छनोट गर्नुहोस्।

एउटा स्वतन्त्र रूपमा प्रवाह हुने तालिम दिने कप प्रयोग गर्न किन अझ उत्कृष्ट हुन्छ ?

बच्चाहरूले कपबाट पानी पिउँदा पानी स्वतन्त्र रूपमा प्रवाह हुन्छ।यसले बच्चालाई विस्तारै नियमित कपबाट पिउने बानी अनुकूल गर्न मद्दत गर्छ।

मेरो बच्चाले तालिम दिने कपको टुटीलाई मन पराउनुहुन्न !

उहाँलाई सानो नियमित कप दिनुहोस्। उहाँलाई मद्दत गर्नुहोस् र खोज्ने अनुमति दिनुहोस्। धैर्य गर्नुहोस्। उहाँले समय अनुसार त्यसबाट पिउनुहुनेछ।

सुझावहरू :

  1. करिब एक वर्षको भएपछि, बच्चाहरूले स्ट्र प्रयोग गरेर पिउन वा सर्को लिन सक्छन्;
  2. तपाईंको बच्चाले स्ट्रसँग कप प्रयोग गर्न सक्ने भएपछि, उहाँले खुवाउने बोतल प्रयोग गर्न रोक्नुपर्छ।

सावधानी :

  • तपाईंको बच्चाले खाना खाँदा उहाँसँगै रहनुहोस् र उहाँलाई सुपरिवेक्षण गर्नुहोस्।
  • ठोस टुक्राहरू भएका पेय पदार्थहरू नदिनुहोस् वा उहाँलाई यी पेय पदार्थहरू स्ट्रले पिउन दिनुहोस्।

खुवाउने काममा आमाबुवाहरूको लक्ष्य

ठोस खानाहरू खाने पारगमनको अवधिमा, तपाईंको निम्न गर्नुपर्ने लक्ष्य हुन्छ:

  • आफ्नो बच्चालाई विभिन्न प्रकारको पौष्टिक खाना उपलब्ध गराउने;
  • आफ्नो बच्चालाई उहाँको विकासको अवस्थासँग सुहाउँदो हुने गरि खाना प्रकार दिने र खानाको संयोजनहरूलाई फरक फरक खालको बनाउने;
  • एउटा उपयुक्त खाने वातावरण उपलब्ध गराउनेस्, आफ्नो बच्चालाई विद्युतीय मिडियासँग स्क्रिन टाइम नगराउने;
  • तपाईंको बच्चालाई कति खानुपर्छ भन्नेबारे थाहा हुन्छ भन्ने कुरालाई स्वीकार गर्ने;
  • आफ्नो बच्चा भोकाएको र अघाएको सङ्केतहरूलाई पहिचान गर्ने र उहाँलाई सोही अनुसारले खुवाउने;
  • आफ्नो बच्चालाई आफै खान र कपबाट पिउन सिक्नमा मद्दत गर्ने;
  • परिवारको दैनिकीसँग सुहाउने एउटा नियमित खुवाउने तालिका स्थापना गर्ने।

स्वस्थ्य बानीहरू प्रोत्साहन गर्ने

बच्चाहरूले नक्कल गरेर सिक्छन्। कसरी बाच्ने र स्वस्थ्य खाने भन्नेबारे आमाबुवाहरूले अनुकरणीय व्यक्तिको कार्य गर्नुपर्छ।

  • तपाईंको घरको वातावरण सुरक्षित हुनुपर्छ: आफ्नो बच्चासँग प्राय: धेरै भुँइको म्याटमा खेल्नुहोस्। उहाँलाई रोल गरेर, घस्रिएर वा फर्निचरको आधारमा हिड्न दिनुहोस्;
  • आमाबुवाहरूले एउटा सन्तुलित भोजन खानुपर्छ;
  • खेल्न र घाममा बस्नको लागि आफ्नो बच्चालाई बाहिर ल्याउनुहोस्, जस्तै दैनिक पार्कमा खेल्न र हिँड्न। पाखुरा, हात र खुट्टाहरूलाई घामको प्रकाशमा प्रत्यक्ष रूपमा सम्पर्क हुन दिनुहोस्। यसले शरीरलाई भिटामिन D उत्पादन गर्नमा मद्दत पुर्याउँछ जसले हड्डीहरूलाई बलियो बनाउँछ;
  • आफ्नो बच्चाको मुखलाई दैनिक रूपमा सफा गर्नुहोस्।
    • पिउने पानीले एउटा कपडाको टुक्रा वा रुमाल भिजाउनुहोस्;
    • त्यसलाई आफ्नो औँलाको वरिपरि लपेट्नुहोस् र त्यसपछि विस्तारै त्यस औँलालाई तपाईंको बच्चाको मुख भित्र पसाउनुहोस्;
    • बच्चाको गिँजाहरूका साथै दाँतहरूलाई राम्ररी रगड्नुहोस्।

थप जानकारीको लागि, कृपया www.toothclub.gov.hk मा जानुहोस्।

6 देखि 24 महिना "पुग्दै गरेका" बालबालिकाका लागि स्वस्थ्यकर खानपिन – आमाबुवाहरूको लागि स्मरणपत्र

6 देखि 12 महिना पुगेका बच्चालाई खुवाउँदा, तपाईंले:

  • आमाको दूध वा फर्मुला दूध खुवाउने कामलाई निरन्तरता दिँदा आफ्नो बच्चालाई विभिन्न प्रकारको खानाहरू (अन्न, साहसब्जी, फलफूल, मासु र माछा लगायत) दिनुपर्छ;
  • तपाईंको बच्चाले व्यापक दायरा र ठूलो मात्रामा ठोस खानाहरू खान थाले पछि, उहाँलाई कम दूध आवश्यक हुन्छ। उहाँको माग अनुसारले उहाँलाई दूध खुवाउनुपर्छ। 9 महिनाको पुगेपछि, बच्चाहरूले 2 वा 3 पटकको दूध खुवाइको सट्टामा सामान्यतः ठोस खानाहरू खाने गर्छन्;
  • आफ्नो बच्चालाई आइरनयुक्त खानाहरू – जस्तै राइस सिरिअल, मासु, माछा वा अण्डाको पहेँले भाग, हरियो सागपातहरू वा सिमीहरू दिनुपर्छ;
  • विस्तारै बाक्लो पुरीबाट नरम डल्लायुक्त खाना जस्ता खानाका प्रकारहरू परिवर्तन गर्नुपर्छ;
  • तपाईंको बच्चा करिब 7 देखी 9 महिनाको हुँदा उहाँलाई कपबाट पिउन सिक्नमा मद्दत गर्नुहोस् र उहाँलाई खानको लागि खाना समाउन दिनुपर्छ;
  • तपाईंको बच्चालाई परिवारसँग खान एउटा अग्लो कुर्सीमा बसाउपर्छ;
  • खुवाउँदा, आफ्नो बच्चासँग कुराकानी गर्नुपर्छ र उहाँको कुराको जवाफ दिनुपर्छ जसकारण उहाँले आनन्दमा र खुसी भएको अनुभव गर्नुहुन्छ।

तपाईंको बच्चालाई 10 महिनाको हुँदा निम्न अवस्थाहरू छन् भने, तपाईंले आफ्नो चिकित्सक वा नर्ससँग परामर्श लिनुपर्छ:

  • उहाँले खानाका पुरीहरू मात्र खान सक्नुहुन्छ वा दूध मात्र पिउन सक्नुहुन्छ र सानो टुक्रा पारिएको मासुसँग कोन्जी जस्तो नरम डल्लायुक्त खानाहरू स्वीकार गर्नुहुन्न;
  • उहाँले एक वा सो भन्दा बढी आधारभूत खानाहरूमा सबै खानारा खान अस्वीकार गर्नुहुन्छ, उदाहरणका लागि सागसब्जी, फलफूल वा मासुहरू खान अस्वीकार गर्ने।

तपाईंको बच्चालाई खुवाउनमा तपाईंलाई समस्या हुन्छ भने, कृपया तपाईंको चिकित्सक वा नर्ससँग परामर्श लिनुहोस्।

6 देखि 24 महिना पुगेका बालबालिकाका लागि स्वस्थ्यकर खानपिन बारे थप जान्नको लागि, कृपया हातेपुस्तिकाहरू "सुरु गर्दै", "तयार हुनुहुन्छ" र "7 दिनको स्वस्थकर खाना योजना निर्देशिका".

संबंधित जानकारी

सम्बन्धित भिडियो