पालन-पोषण श्रृंखला 18 – आनन्ददायी अध्ययन II

(12/2019 मा संसोधन गरिएको विषयवस्तु)

आनन्ददायी अध्ययन I मा, हामीले बालबालिकालाई कठिनाइहरूको अनुभव गर्न, असफलताहरूसँग कसरी सामना गर्ने भनी सिक्न, आफैले समस्याहरू समाधान गर्ने प्रयास गर्न र गल्तीहरूबाट सिक्न आवश्यक पर्नेबारे कुरा गर्छौं। यद्यपि, कार्यहरू बच्चाको लागि अति कठिन हुन्छ भने, उहाँले आफ्नो सिक्ने प्रेरणा र आत्मविश्वासमा प्रभाव पार्ने बारम्बार असफलताहरूसँग सामना गर्न सक्नुहुन्छ. आमाबुवा तथा बाल श्रमिकहरूले बच्चाको विकासको स्तरलाई पहिचान गर्नुपर्छ र उहाँको स्तरसँग उचित हुने खालका अध्ययन क्रियाकलापहरू छनोट गर्नुपर्छ। *

आफ्नो बच्चालाई उहाँको गति अनुसार कार्य पूरा गर्न र उपलब्धीको भाव विकास गर्नमा मद्दत गर्नका लागि, प्रणालीगत अवधारणा तल सुझाव गरिएको छ:

  1. प्रत्येक कार्यलाई स-साना चरणहरूको श्रृंखलामा विभाजन गर्न सकिन्छ।
  2. स्पष्ट शिक्षणको लक्ष्य सेट गर्नुहोस्। कार्यलाई स-साना चरणहरूको संख्यामा विभाजन गर्नुहोस्। प्रत्येक चरणमा एउटा कार्य संलग्न गर्नुपर्छ र अर्कोमा नेतृत्व गर्नुपर्छ। चरणहरू कति धेरै र कति साना छन् भन्ने कुरा बच्चाको क्षमताहरूमा निर्भर हुन्छन्।
  3. चरणबद्ध रूपमा बच्चालाई मार्गनिर्देशन गर्नुहोस्।
  4. बच्चालाई स्पष्ट र संक्षिप्त निर्देशनहरू दिनुहोस्। आवश्यक भएमा प्रदर्शन दिनुहोस्।
  5. बच्चालाई पहिले आफैले प्रयास गर्न अवलोकन गर्नुहोस् र समय दिनुहोस्।
  6. यदि बच्चा चरण सम्पादन गर्न असफल हुनुहुन्छ भने, उहाँलाई पूरा गर्नको लागि मौखिक वा शारीरिक मार्गनिर्देशन दिनुहोस्। आवश्यक हुँदा, चरणलाई थप विभाजन गर्नुहोस्।
  7. प्रत्येक चरण पूरा भएपछि, उहाँलाई प्रशंसा गरेर वा स्याबासी दिने वा थपथपाउने जस्ता इशाराहरूद्वारा आफ्नो पहिचान देखाउनुहोस्। त्यसपछि अर्को चरणमा जानुहोस्।
  8. प्रत्येक चरणमा, अन्तिम चरण पूरा नभएसम्म 4 देखि 7 बिन्दुलाई दोहोर्याउनुहोस्।
  9. बच्चाले योजना कार्यान्वयनको प्रारम्भिक चरणमा सम्पूर्ण कार्य पूरा गरिसकेपछि उहाँलाई सानो व्यवहारका साथ पुरस्कार दिनुहोस्। बच्चाको सकारात्मक अध्ययन व्यवहार बढाउन सहायताको रूपमा व्यवहार तालिका प्रयोग गर्न सकिन्छ (कृपया "पालन-पोषण श्रृंखला 15 – तपाईंको प्रिस्कूलर को व्यवहार व्यवस्थित गर्ने I" को सन्दर्भ लिनुहोस्)।
  10. बच्चाले सीपहरू सिक्दै गर्दा विस्तारै कम मार्गदर्शन र निर्देशनहरू दिनुहोस्।

आवेदनका उदाहरणहरू

अवस्था 1: बच्चालाई स्याण्डविच बनाउन सिकाउने

  • लक्ष्य: 2 टुक्रा ह्याम स्याण्डविच बनाउने र तिनीहरूलाई बाकसमा प्याक गर्ने।
  • कार्यलाई स-साना चरणहरूमा विभाजन गर्नुहोस्:
    1. उहाँलाई स्याण्डविच बनाउन के-के आवश्यक पर्छ भनी हेर्नुहोस् – चक्कु, स्प्रेड, ब्रेडको स्लाइस, ह्याम, टमाटरहरूको स्लाइस, बाकस।
    2. उहाँलाई एकपछि अर्को गरी वस्तुहरू निकाल्न मद्दत गर्नुहोस्।
    3. चक्कुले केही स्प्रेड निकाल्नुहोस्।
    4. यसलाई ब्रेडको स्लाइसमा विस्तारै लगाउनुहोस्।
    5. ब्रेडको स्लाइको शीर्ष भागमा ह्यामको टुक्रा राख्नुहोस्।
    6. ह्याममा टमाटरहरूको दुईवटा स्लाइस राख्नुहोस्।
    7. ब्रेडको अर्को स्लाइस लिनुहोस्।
    8. चम्चाले ब्रेडको स्लाइसलाई फैलाउनुहोस्।
    9. यसलाई छेउको भाग एक-अर्कातर्फ फर्किनेगरी फैलाएर पहिलो स्लाइसको शीर्ष भागमा राख्नुहोस्।
    10. ब्रेडको स्लाइसलाई बीचबाट काट्न चक्कुको प्रयोग गर्नुहोस्।
    11. स्याण्डविचहरूको दुईवटा टुक्रा बाकसमा राख्नुहोस्।
  • बच्चालाई पहिलो चरण गर्न अनुरोध गर्नुहोस् र आवश्यक हुँदा मार्गनिर्देशन दिनुहोस्।
  • उहाँले चरण पूरा गरेपछि उहाँको प्रशंसा गर्नुहोस्।
  • दोस्रो चरण के हो भनीरे उहाँलाई सोध्नुहोस्। आवश्यक हुँदा मार्गनिर्देशन दिनुहोस्। माथि उल्लिखित 4 देखि 7 बिन्दुहरू र त्यस्तै अन्य कुराहरू दोहोर्याउनुहोस्।

अवस्था 2: तपाईंको बच्चा सामान्यतया 5 मिनेटभन्दा बढी समयसम्म पढ्नको लागि बस्न सक्नुहुन्न। तपाईं उहाँसँग सँगसँगै पढ्न र कथाको बारेमा कुरा गर्न चाहनुहुन्छ भने, उहाँले 5 मिनेटपछि सिट छोड्नुहुनेछ र छलफलको भाग प्राय: असम्भव हुन्छ।

  • लक्ष्य सेट गर्नुभन्दा अघि, बच्चाको विकासात्मक स्तरका लागि पुस्तक धेरै गाह्रो छ वा छैन भनी विचार गर्नुपर्छ। भौतिक वातावरण पनि जाँच गर्नुहोस्। यो सहज र न्यूनतम अवरोध भएको हुनुपर्छ। सम्भव भएमा, यी तत्वहरूलाई सुधार गर्नुहोस्।
  • शिक्षणको लक्ष्य विचार गर्नुहोस्। बच्चा यस उमेरमा धेरै शब्दहरू पढ्नभन्दा कथा बुझ्न र त्यसबारे कुरा गर्न थप सक्षम हुने हुँदा, पठनपछि कथाको बारेमा छलफल गर्नु थप उचित लक्ष्य हुनेछ। बच्चालाई सहज हुने र सफलताको अवसर बढ्दै जाने भएकाले पहिला एउटा र त्यसपछि अर्को लक्ष्यतर्फ कार्य गर्नुहोस्।
  • बच्चाले तपाईंसँग 5 मिनेटसम्म परिचित पुस्तक कत्तिको राम्रोसँग पढ्न सक्नुहुन्छ भनी अवलोकन गर्नुहोस् (उदाहरण, तपाईंले उहाँलाई पढाउँदा कथालाई पछ्याउन र केही ज्ञात शब्दहरू पढ्न सक्षम हुने)
  • लक्ष्य: बच्चालाई तपाईंसँग कथा पढ्न र त्यसको बारेमा कुरा गर्नका लागि 5 मिनेटसम्म सिटमा बस्न अनुरोध गर्ने।
  • तपाईंले चाल्न सक्ने कदमहरू:
    1. बच्चालाई उहाँको मनपर्ने पुस्तक छनोट गर्न अनुरोध गर्ने।
    2. बच्चासँग बस्ने। पुस्तक खोल्ने र उहाँसँगै पढ्न सुरु गर्ने (माथि वर्णन गरिए अनुसार उहाँको पठन स्तर जाँच गरेपछि)।
    3. उहाँलाई ज्ञात शब्दहरू भर्न दिनको लागि ठाउँहरूमा रोकिने। त्यसो गर्न सक्षम भएकोमा हरेक समय उहाँको प्रशंसा गर्ने।
    4. 5 मिनेट पूरा भएपछि, उहाँलाई सिट छोड्न र दुई-मिनेटको विश्राम लिन दिने।
    5. एक मिनेटपछि, उहाँलाई उहाँ एक मिनेटको समयमै आफ्नो सिटमा फर्कनुपर्छ भनी सम्झाउने।
    6. समय समाप्त भएपछि, बच्चालाई आफ्नो सिटमा फर्कन अनुरोध गर्ने। आवश्यक भएमा उहाँलाई फर्काउने।
    7. बच्चालाई नियम पालना गरेकोमा उहाँको प्रशंसा गर्ने।
    8. उहाँसँग पुस्तक पढ्ने कार्य पूरा गर्ने र उहाँको प्रशंसा गर्ने। त्यसपछि उहाँसँग कथाको बारेमा कुरा गर्ने। यदि उहाँले पुस्तकमा भएका केही विवरणहरू सम्झन वा शब्दहरूको प्रयोग गर्न सक्नुहुन्छ भने, उहाँलाई त्यसो गर्न सक्षम भएकोमा प्रशंसा गर्नुहोस्।
  • यो विधिले समयको -उपभोग गर्ने काम गर्छ। तर पनि, तपाईं र तपाईंको बच्चा दुवैले यो लक्ष्यतर्फ कार्य गर्न सक्नुहुन्छ तसर्थ कुनै पनि अनावश्यक द्वन्द्व र निराशा हुँदैन। यसले तपाईंको बच्चालाई उहाँको उपस्थिति विविधता बढाउन पनि मद्दत गर्छ।
  • बच्चा प्रक्रियामा परिचित भएपछि, तपाईंले अझ राम्रो नतिजाहरूका लागि चरणहरूमा विस्तारै समायोजनहरू गर्न सक्नुहुन्छ। उदाहरणका लागि, तपाईंले उहाँलाई अज्ञात शब्दहरूमा भन्नका लागि मद्दत गर्न 'टेड्डि'लाई 'टेड' भन्ने जस्ता ध्वनी सम्बन्धी संकेतहरूको प्रयोग गर्न वा बच्चालाई पाँच मिनेटको सट्टा छ मिनेटको अध्ययनपछि विश्रम लिन दिन सक्नुहुन्छ। बच्चा परिवर्तनहरूमा अभ्यस्त भएपछि, क्रमबद्ध आधरमा थप समायोजनहरूसँग परिचित गराउनुहोस्।

यी धेरै उदाहरणहरूमध्ये दुईवटा मात्र हुन्। आमाबुवा तथा बाल श्रमिकहरूले लचकताका साथ भिन्न-भिन्न अवस्थाहरूमा यो प्रणालीगत अवधारणा र सकारात्मक पालन-पोषणका रणनीतिहरू (पालन-पोषण श्रृंखला 1516) को सन्दर्भ लिनुहोस्) लागू गर्नुपर्छ। तपाईंले धेरै रणनीतिहरूको प्रयास गर्नाले, तपाईं थप सपालु हुनुहुनेछ।

हामीसँग गर्भवती आमाबुवा, शिशु र प्रिस्कूल बालबालिकाका आमाबुवाहरूका लागि 'सुखद पालन-पोषण!' कार्यशालाहरूका श्रृंखला र पुस्तिकाहरू छन्। कृपया जानकारीको लागि हाम्रो स्वास्थ्य स्याहार कर्मचारीलाई सम्पर्क गर्नुहोस्।

* स्वास्थ्य विभागद्वारा प्रकाशित बाल विकास श्रृंखला 8A8B ले विकासात्मक विशेषताहरूको व्याख्या गर्छ र 3 देखि 6 वर्ष उमेरमा हुने विकासलाई बढाउन सुझावहरू दिन्छ। शिक्षा ब्यूरोले https://www.edb.gov.hk/attachment/en/edu-system/preprimary-kindergarten/overview/pre-primaryguide-net_en_928.pdf मा पूर्व-प्राथमिक संस्था र आमाबुवाका लागि सन्दर्भको रूपमा “पूर्व-प्राथमिक मार्गनिर्देशन” जारी गरेको छ