प्रसवपूर्व रगत जाँचहरू

(01/2020 मा संशोधन गरिएको विषयवस्तु) (06/2020 मा फेरि प्रिन्ट गरिएको)

पहिलो प्रसवपूर्व भेटको अवधिमा, निम्न रगत जाँचहरू गर्भवती महिलाहरूलाई प्रस्ताव गरिन्छ:

  1. रगत समूह

    गर्भवती महिलाहरूलाई रगत ट्रान्सफ्युजन आवश्यक पर्ने अवस्थामा आफ्नो रगत समूह थाहा पाउन महत्त्वपूर्ण हुन्छ। चारवटा मुख्य रगत समूह O, A, B र AB हो।

  2. रेसस् (Rh) कारक

    Rh कारक रातो रक्तकोषहरूमा पाइने एन्टिजेन हो। यो कारक धारण गर्ने व्यक्तिहरूलाई ‘Rh पोजेटिभ' र धारण नगर्नेलाई 'Rh नेगेटिभ' को रूपमा वर्गीकृत गरिएको छ।

    अधिकांश चिनियाँ जनसंख्या Rh पोजेटिभ छन्। Rh नेगेटिभ भएको आमाले Rh पोजेटिभ भ्रूणलाई गर्भधारण गर्दा, भ्रूणमा हेमोलाइटिक रक्तअल्पता, सूजन वा मृत्युसम्म जस्ता समस्याहरू देखा पर्न सक्छन्। त्यसपछि, नियमित रगत जाँच आवश्यक हुनेछ।

  3. हेमोग्लोबिन तथा मीन सेल भोल्यूम

    यी परीक्षणहरूले गर्भवती आमालाई रक्तअल्पता छ वा छैन भनी पत्ता लगाउन मद्दत गर्छ। मीन सेल भोल्यूम (MCV) एक सरल तथा सहज परीक्षण हो जसले थेलासीमिया जीनहरू वा फलामको कमी भएको रक्तअल्पता हुने उच्च सम्भावना भएकाहरूको पत्ता लगाउँछ। कृपया विवरणहरूका लागि “मीन सेल भोल्यूम तथा थेलासीमिया” पुस्तिकाको सन्दर्भ लिनुहोस्।

  4. रूबेला एन्टिबडी

    रूबेला खोप प्राप्त गरेका वा गर्भाधारण अघि रूबेलाको सम्पर्कमा आएका महिलाहरूले प्रतिरोधात्मक क्षमता, अर्थात् रूबेला एन्टिबडीहरू विकास गरेको हुनुपर्दछ। यसले उहाँलाई गर्भावस्थाको अवधिमा रूबेलाको सम्पर्कमा आउनबाट सुरक्षा गर्न सक्छ। रूबेला संक्रमणले भ्रूण असामान्यताहरू हुन सक्छन्। महिलामा रूबेला एन्टिबडी छैन भने, उहाँले डेलिभरीपछि रूबेला खोप प्राप्त गर्नुपर्छ।

  5. हेपाटाइटिस B एन्टिजेन

    लगभग आठ प्रतिशत (8%) स्थानीय जनसंख्या हेपाटाइटिस B भाइरस वाहकहरू छन्। धेरैजसो वाहकहरूमा रोगको कुनै संकेत वा लक्षणहरू देखिँदैन। हेपटाइटिस B एन्टिजेनको रगत जाँचमा पोजेटिभ देखिन्छ भने, त्यसपछि आमा वाहक हुनुहुन्छ। हेपाटाइटिस B वाहक आमाले डेलिभरीमा वा लगभग डेलिभरीको समयमा शिशुलाई भाइरस सार्न सक्नुहुन्छ। नवजात शिशुलाई हेपाटाइटिस B संक्रमण विरूद्ध सुरक्षित राख्नको लागि जन्मपछि हेपाटाइटिस B खोप र हेपाटाइटिस B इम्युग्लोबुलिन दिनुपर्छ।

    थप जानकारीका लागि, कृपया स्वास्थ्य विभागको भाइरल हेपाटाइटिस नियन्त्रण कार्यालय को वेबसाइटमा जानुहोस्।

  6. भिरिङ्गी

    गर्भावस्थामा उपचार नगरिएको भिरिङ्गीले गर्भपतन वा अन्धोपना वा बहिरोपना जस्ता जन्मजात खराबीहरू निम्त्याउन सक्छ। त्यसकारण, प्रारम्भिक पहिचान र उपचार आवश्यक हुन्छ।

  7. ह्युमन इम्युनोडिफिशियन्सी भाइरस (HIV) एन्टिबडी परीक्षण

    HIV ले AIDS (एक्वायर्ड इम्युन डिफिशियन्सी सिन्ड्रोम) निम्त्याउन सक्छ। सर्ने माध्यमहरूमा यौनजन्य समागम, रगत सम्पर्क वा संक्रमित आमाबाट गर्भावस्था, डेलिभरी वा स्तनपानको अवधिमा उहाँको बच्चामा समावेश हुन्छ। संक्रमित आमाबाट उहाँको बच्चामा सर्ने दर 15% देखि 40% हो। सर्ने दरलाई गर्भावस्था, डेलिभरीको अवधिमा र जन्मपछि बच्चालाई दिइएको प्रभावकारी उपचार र रोकथामले 1 देखि 2% मा घटाउन सकिन्छ।

तपाईंसँग माथिका रगत जाँचहरू बारे कुनै पनि प्रश्न छ भने, कृपया चिकित्सा कर्मचारीलाई सम्पर्क गर्नुहोस्।