गर्भावस्थाको योजना बनाउनका लागि महत्त्वपूर्ण तथ्यहरू

(12/2019 मा संशोधन गरिएको विषयवस्तु)

यो ब्रोसरले तपाईं र तपाईंको साझेदारलाई गर्भावस्थाको योजना बनाउन तयार पार्छ। यसले तपाईं र तपाईंको साझेदारलाई आफै तयार रहन, आफ्नो स्वास्थ्य तथा पोषण सुधार्न सहायता गर्छ। गर्भावस्थाका कुनै पनि जटिलताको जोखिम कम गर्नका लागि, तपाईंको गर्भमा रहेको बच्चा इच्छित वातावरणमा हुर्किन र बढ्न सक्छ भनी आशा गरिएको छ।

  1. सर्वोत्कृष्ट पोषण प्राप्त गर्न सन्तुलित आहार कायम राख्नुहोस्

    अन्न, सागसब्जी, फलफूल, मासु, माछा, अण्डा र यसका विकल्पहरू, दूध र यसका विकल्पहरू सहित हरेक दिन सबै 5 वटा समूहका खानाहरू समावेश गर्नुहोस्। हामीलाई विभिन्न पोषणहरू प्राप्त गर्न सक्षम बनाउने विभिन्न प्रकारका खानाहरू खानुहोस्।

    • फ्याट/तेल, नुन र चिनी (पुरुष, महिला -एकदम कम खानुहोस्)
    • दूध र यसका वैकल्पिकहरू (पुरुष - दिनमा 2 गिलास, महिला - दिनमा 1 देखि 2 गिलास)
    • मासु, माछा, अण्डा र यसका वैकल्पिकहरू (पुरुष - दिनमा 5 देखि 8 टायल, महिला - दिनमा 5 देखि 7 टायल)
    • सागसब्जीहरू (पुरुष, महिला - दिनमा कम्तीमा 3 सर्भिङहरू)
    • फलफूलहरू (पुरुष, महिला - दिनमा कम्तीमा 2 सर्भिङहरू)
    • अन्नहरू (पुरुष - दिनमा 4 देखि 8 कचौरा, महिला - दिनमा 3 देखि 6 कचौरा)
    • हरेक दिन पानी, चिया, दूध, सादा झोल सहित 6 देखि 8 गिलास तरल पदार्थ पिउनुहोस्

    एक कचौरा अन्न ‌= 1 कचौरा भात; वा 1 कचौरा राइस नुडल; वा 1½ कचौरा पकाइएको म्याक्रोनी वा स्पाघेट्टी; वा 1¼ कचौरा चाउचाउ; वा 2 टुक्रा ब्रेड (क्रस्टसँग; एक पाउण्ड, आठ टुक्रा प्याकेटबाट); वा 10 टेबलचम्चा ओटमिल (सुख्खा)
    एक सर्भिङ सागसब्जी = ½ कचौरा पकाएको पाते सागसब्जी
    एक सर्भिङ फलफूल = 1 टुक्रा मध्यम आकारको सुन्तला वा स्याउ
    एक टायल मासु = 1 अण्डा वा ¼ ब्लक टोफु

    इष्टतम पोषणको लागि विभिन्न प्रकारका पौष्टिक खानाहरू खानुहोस्। सन्तुलित आहारले हामीले आफूलाई आवश्यक भएका पौष्टिक तत्त्वहरू प्राप्त गर्छौं भनी सुनिश्चित गर्छ। तपाईंले गर्भधारण गरेपछि यसले भ्रुणलाई आमाबाट उत्कृष्ट पोषण प्राप्त गर्नमा मद्दत गर्दछ।

    कम पौष्टिक मान भएका, विशेषगरी आलु क्रिप्स, फ्राइज, क्रिम केक, बिस्कुट, क्यान्डी, फास्ट-फुड, तयारी चाउचाउ, परिष्कृत मासु, गुलियो पेय पदार्थ र सफ्ट पेयपदार्थ जस्ता फ्याट र चिनीको सामग्री उच्च मात्रामा भएका खानाहरूको इन्टेक सीमित गर्नुहोस्। तिनीहरूले अति सीमित पौष्टिक तत्त्वहरूमा पनि उच्च क्यालोरीहरू उपलब्ध गराउँछन्। बढी उपभोग गर्नाले अधिक तौल र मोटोपना गराउन सक्छ।

    उच्च क्यालोरी भएको स्न्याकहरू कम गर्नुहोस्:

    • सफ्ट पेयपदार्थ र अन्य गुलियो पेय पदार्थहरूको ठाउँमा पानी वा सोडा पानी प्रतिस्थापन गर्न।
    • डेजर्ट वा स्न्याकको रूपमा ताजा र गुलियो भएका ताजा फलफूलहरू खान।
    • तयारी चाउचाउको ठाउँमा राइस नुडल सादा चिनियाँ चाउचाउ जस्ता फ्राइ नगरिएको चाउचाउ प्रतिस्थापन गर्न।
    • सन्तुलनमा स्न्याकको रूपमा नटहरू खान। नटहरूमा क्यालोरी बढी भए तापनि, तिनीहरूमा प्रचुर मात्रामा आहारीय फाइबर र पौष्टिक तत्त्वहरू हुन्छन्।

    विभिन्न प्रकारका खानाहरू छनोट गर्नुहोस्:

    • सेतो भातको सट्टामा ब्राउन राइस वा सेतो ब्रेडको सट्टामा होलमिल ब्रेड छनोट गर्नुहोस्। होल अन्न भएका खानाहरूमा थप पौष्टिक तत्त्वहरू समावेश हुन्छन्; तिनीहरूमा सन्तुष्टता बढाउने आहारीय फाइबर हुन्छ।
    • फरक-फरक रङहरू भएका सागसब्जी र फलफूलहरूको दायरा छनोट गर्नुहोस्। उदाहरणको लागि, गाजर, फर्सी, सिम्ला मिर्च, पालकको साग, फूलगोभी, भान्टा, अंगुर, स्याउ, ब्लूबेरी र चेरीहरू।
    • मासु, माछा, अण्डा र यसका वैकल्पिकहरूको समूहबाट विभिन्न प्रकार छनोट गर्नुहोस्। मासु, माछा, अण्डा, सिमी र सोया उत्पादनहरू जस्तै, टोफु र ताजा बिन कर्ड शिट समावेश गर्नुहोस्।
    • दूध, दही र चीज बाहेक, तपाईं क्याल्सियमको उच्च सामग्री भएको वैकल्पिकहरू छनोट गर्न सक्नुहुन्छ, उदाहरणको लागि, क्याल्सियम थपिएको सोयाको दूध, गाढा हरियो सागसब्जी र टोफु।

    स्थानीय वयस्कहरू पर्याप्त मात्रामा फलाम, क्याल्सियम र भिटामिन D प्राप्त नगर्ने जस्तो देखिन्छ। यी महत्त्वपूर्ण पौष्टिक तत्त्वहरूमा अतिरिक्त ध्यान दिनुहोस्।

    • फलाम
      • अण्डा, नट, सिमी, सुख्खा सिमीहरू
      • गाढा हरियो सागसब्जीहरू जस्तै, पालकको साग, चोय सम, बोक चोय र केल
      • फलाम-फर्मुलायुक्त ब्रेकफास्ट सेरलहरू
    • भिटामिन D
      • तपाईंलाई भिटामिन D उत्पादन र अवशोषण गर्नमा मद्दत गर्नको लागि घामको अनावरणको अत्याधिक महत्त्व हुन्छ।
      • अण्डाको पहेँलो भाग, साल्मोन, भिटामिन D-फर्मुलायुक्त दूध र ब्रेकफास्ट सेरलहरू
    • क्याल्सियम
      • दूधको, दही, चीज, क्याल्सियम थपिएको सोयाको दूध, गाढा हरियो सागसब्जीहरू, टोफु
    • आयोडीन
      • सिविड, समुन्द्री खाना, मराइन माछा, अण्डाहरू, दूध र दुग्ध उत्पादनहरू
  2. फोलिक एसिड र अन्य पोषण पूरकहरू

    फोलिक एसिड

    तपाईंले गर्भावस्थाको लागि योजना बनाउँदा र गर्भावस्थाको पहिलो त्रैमासिकको अवधिमा, तपाईंलाई दैनिक रूपमा कम्तीमा 400 माइक्रोग्राम फोलिक एसिडका पूरकहरू (1000 माइक्रोग्राम भन्दा बढी हुनुहुँदैन) लिन सुझाव दिइन्छ। यसले न्युरल ट्युब खराबी (मस्तिष्क र मेरूदण्डको विसंगति) हुने बच्चाको जोखिम कम गर्दछ।

    साथसाथै, प्रचुर मात्रामा फोलिक एसिड भएका खानाहरू छनोट गर्नुहोस् जस्तै, फोलिक एसिडले फर्मुलायुक्त गाढा हरियो सागसब्जी, सिमी र सुख्खा सिमी, फलफूल र ब्रेकफास्ट सेरलहरू।

    आयोडीन

    • औसत वयस्कलाई दैनिक रूपमा 150 माइक्रोग्राम आयोडीन आवश्यक हुन्छ। हङकङका मानिसहरूले आफ्नो दैनिक आहारमा पर्याप्त मात्रामा आयोडीन प्राप्त गरिरहेका छैनन्।
    • आयोडीनको कमीले बच्चाको मस्तिष्क विकासमा विलम्ब हुन सक्छ।
    • प्रचुर मात्रामा आयोडीन भएका खानाहरू छनोट गर्नाले र टेबल नुनको ठाउँमा आयोडीनयुक्त नुन प्रयोग गर्नाले तपाईंलाई पर्याप्त मात्रामा आयोडीन प्राप्त गर्न मद्दत पुर्‍याउँछ। यसले गर्भधारणपछि तपाईंको बच्चाले पर्याप्त मात्रामा आयोडीन प्राप्त गरिरहेको सुनिश्चित पनि गर्छ।
    • वैकल्पिकको रूपमा, तपाईं आवश्यकताहरू पूरा गर्नको लागि उपयुक्त आयोडीन-समावेश हुने पूरक छनोट गर्न आफ्नो चिकित्सक व आहार विशेषज्ञबाट सुझाव-सल्लाह खोज्न सक्नुहुन्छ।

    शाकाहारी व्यक्तिहरू

    तपाईं शुद्ध शाकाहारी हुनुहुन्छ भने, तपाईंले आफ्नो आहारबाट पर्याप्त मात्रामा भिटामिन B12, फलाम, ओमेगा-3 फ्याटी एसिडहरू (उदाहरण, DHA) प्राप्त गर्न सक्नुहुन्न। तपाईंलाई पोषण सम्बन्धी मूल्याङ्कनको लागि आफ्नो चिकित्सक वा आहार विशेषज्ञसँग परामर्श लिन र सिफारिस गरिएको मात्रामा उपयुक्त पूरक छनोट गर्न सुझाव दिइन्छ।

    बुद्धिमानीपूर्वक शाकाहारी आहारको लागि योजना बनाउन http://s.fhs.gov.hk/l1pzs

    स्मार्ट उपायहरू

    कहिल्यै पनि गलत तरिकाले पोषण सम्बन्धी पूरकहरू नलिनुहोस्। भिटामिन A को अधिक मात्राले भ्रूण असंगति निम्त्याउन सक्छ।

  3. शारीरिक रूपमा सक्रिय रहनुहोस्

    शारीरिक रूपमा सक्रिय रहनाले र सक्रिय जीवनशैली हुनाले तपाईंको शारीरिक र मानसिक स्वास्थ्यको लागि लाभदायक हुन्छ। नियमित रूपमा व्यायाम गर्नाले गर्भावस्थाको अवधिमा र त्यसपछि तौल बढ्ने सम्भावनालाई कम गर्नमा मद्दत पुर्‍याउन सक्छ।
    प्रत्येक हप्ता 150 मिनेटसम्म एरोबिक व्यायाम गर्नुहोस्। तपाईं मध्यम तीव्रताको शारीरिक गतिविधिको अवधिमा आफ्नो हृदय गति बढेको ख्याल गर्न सक्नुहुन्छ। तपाईंले व्यायाम गर्न सुरु गर्नुहुन्छ भने, तपाईंले सरल र सहज गतिविधिहरू छनोट गर्न सक्नुहुन्छ जस्तै, जगिङ, स्टेशनरी बाइक चलाउने, पौडी खेल्ने, आदि।

    • तपाईंले व्यायाम गर्न समय निकाल्न सक्नुहुन्न भने, तपाईं दैनिक रूपमा कम्तीमा 30 मिनेटसम्म शारीरिक गतिविधि गर्न सक्नुहुन्छ। दैनिक आवश्यकता पूरा गर्नको लागि, यसलाई छुट्टा-छुट्टै सत्रहरूबाट संचित गर्न सकिन्छ।
    • बाहिर जाँदा सार्वजनिक यातायात प्रयोग गर्नुहोस्। पहिले नै एउटा स्टेशनमा जानुहोस् र द्रुत रूपमा गन्तव्यको लागि हिँड्नुहोस्। यसबाहेक, लिफ्ट प्रयोग गर्नुको सट्टा सिंढीहरूको माथि वा तल हिँड्नुहोस्।
    • आफ्नो शरीरलाई व्यायाम गराउन थप घरायसी काम गर्नुहोस्।
  4. स्वस्थ तौल कायम राख्नुहोस्

    कम तौल वा बढी तौलले तपाईं गर्भवती हुने सम्भावनालाई प्रभाव पार्नेछ। स्वस्थ तौल भएका महिलाहरूको गर्भवती हुने सम्भावना बढ्छ र गर्भावस्थाको अवधिमा जटिलताहरूको जोखिम कम हुन्छ।

    तपाईको शरीरको पिण्ड सूचक (BMI) गणना गरौं

    BMI = तौल (किलोग्राम) ÷ (उचाइ (मिटर) × उचाइ (मिटर))

    • BMI < 18.5, कम तौल

      गर्भावस्थाको अवधिमा गर्भवती महिलाको तौल वृद्धि भए तापनि, उहाँले समय-पूर्व जन्म दिने वा कम जन्म तौलको बच्चालाई जन्म दिने सम्भावना बढी हुन सक्छ।

    • BMI > 23, बढी तौल / मोटोपना

      गर्भवती महिलाहरूलाई प्रि-एक्लेम्पसिया, गर्भावस्था उच्च रक्तचाप वा मधुमेह, आदिको बढी जोखिम हुनेछ।

      तपाईं बढी तौलको वा मोटो हुनुहुन्छ भने, गर्भधारण गर्नु अघि आफ्नो तौल नियन्त्रण गर्ने प्रयास गर्नुहोस्। सन्तुलित आहार कायम राखेर र आफ्नो शारीरिक गतिविधि बढाएर तौल घटाउन अझ राम्रो हुन्छ।

      आफ्नो आहार नियन्त्रण गर्नुहोस्। नियमित शारीरिक गतिविधि गर्नुहोस्।

      • आफ्नो आहार नियन्त्रण गर्नुहोस्
        • स्वस्थ तौल कायम राख्नको लागि उचित आहार नियन्त्रण महत्त्वपूर्ण हुन्छ। तपाईं अहिले सामान्य तौलमा हुनुहुन्छ भने, स्वस्थ तौलमा रहनुहोस्। तपाईं बढी तौलको वा मोटो हुनुहुन्छ भने, तपाईंले स्वस्थ तौलको लक्ष्य बनाउनुपर्छ। आफ्नो आहार नियमन गर्न र आफ्नो तौल सामान्य दायराभित्र कायम राख्नको लागि आहार विशेषज्ञ वा चिकित्सकसँग परामर्श लिनुहोस्।
      • हुनेवाला बुवा मोटो हुनुहुन्छ भने, उहाँको साझेदार गर्भवती बन्ने सम्भावना पनि घट्नेछ। उहाँले पनि आफ्नो तौल नियन्त्रण गर्नुपर्छ!
      • तपाईं तौल व्यवस्थापनको लागि हङकङ आहार विशेषज्ञ संघको वेबसाइटमा जान र आहार विशेषज्ञ वा सम्बन्धित संस्थाहरूमा सम्पर्क गर्न सक्नुहुन्छ। https://www.hkda.com.hk/
  5. खाद्य सुरक्षामा ध्यान दिनुहोस्

    मिथाइलमर्कुरीको कम स्तर भएको माछा छनोट गर्नुहोस्:

    • हाम्रो आहारमा मिथाइलमर्कुरीको साधारण स्रोत भनेको माछा हो। मिथाइलमर्कुरीलप उच्च स्तरले भ्रूण र शिशुको स्नायु प्रणालीको विकासमा क्षति पुर्‍याउन सक्छ।
      • ध्यानपूर्वक माछा छनोट गर्नुहोस्। मिथाइलमर्करीको उच्च मात्रा भएको माछा नखानुहोस् जस्तै, शार्क, स्वर्डफिस, सेलफिस, किङ म्याकरेल, ब्लुफिन टुना, बिगआई टुना, अल्बाकोर टुना, यलोफिन टुना, अल्फोन्सीनो, आदि।
      • जोखिम कम गर्नको लागि सन्तुलनमा माछा उपभोग गर्नुहोस् र माछाको विभिन्न प्रकारबाट खानुहोस्।

    ब्याक्टेरियाद्वारा सहजै दूषित हुने खानाहरू वा काँचो वा राम्रोसँग नपकाएका कुनै पनि खाना नखानुहोस्।

    • चिसो बनाइएको खानाको लागि तयार वा फ्रिजमा राखिएको खानाहरू लिस्टेरियाद्वारा सहजै दूषित हुन सक्छन् जसले गर्भपात सम्मको अवस्था निम्त्याउन सक्छ।

    कृपया निम्न संस्थाहरूको वेबसाइटमा जानुहोस्:

    • स्वास्थ्य सुरक्षा केन्द्र
    • खाद्य सुरक्षा केन्द्र
  6. धुम्रपान नगर्नुहोस्

    भ्रूणको वृद्धिको लागि धुम्रपान खतरनाक हुन्छ। धुम्रपानले महिलाको अण्डा र पुरुषको शुक्रकीटलाई पनि क्षति पुर्‍याउनेछ, जसले गर्भावस्थाको सम्भावना कम गर्दछ।

    तपाईं र तपाईंको साझेदारले सम्भव भएसम्म छिटो धुम्रपान त्याग्नुपर्दछ।

    तुरून्तै कदम चाल्नुहोस्

    स्वास्थ्य विभागको एकीकृत धुम्रपान छुटाउन मद्दत गर्ने हटलाइन: 1833 183

  7. मादक पेय पदार्थहरू नपिउनुहोस्

    मदिराले अण्डा र शुक्रकीटलाई क्षति पुर्‍याउनेछ र महिला र पुरुष दुवैको प्रजनन क्षमता घटाउनेछ। मदिरा आमाबाट भ्रूणमा स्थानान्तर हुन सक्छ र यसले अङ्गहरूको विकासमा प्रभाव पार्न सक्छ, जसको परिणाम स्वरूप कम जन्म तौल वा मानसिक अपूर्णता पनि निम्तिन सक्छ। गर्भवति महिलाहरूले सबै मादक पेय पदार्थहरू त्याग्नुपर्छ।
    तपाईं र तपाईंको साझेदारले गर्भावस्थाको सम्भावना बढाउनको लागि सबै मादक पेय पदार्थहरू त्याग्नुपर्दछ।

    सुर्तीजन्य पदार्थ तथा मदिरा नियन्त्रण कार्यालयको वेबसाइट: http://www.taco.gov.hk/

  8. आफ्नो पारिवारिक चिकित्सकसँग कुरा गर्नुहोस्
    • स्त्री रोगहरू, दीर्घकालीन रोग वा वंशाणुगत रोगहरू भएको पारिवारिक इतिहास
      • तपाईंलाई थाइराइड असन्तुलन, मधुमेह, उच्च रक्तचाप वा डिप्रेसन जस्ता दीर्घकालीन बिमारी छ भने, कृपया गर्भावस्थाको लागि उपयुक्त औषधिहरू प्रयोग गर्न आफ्नो चिकित्सकबाट सुझाव-सल्लाह खोज्नुहोस्।
      • तपाईंलाई डाउन सिन्ड्रोम, थेलासीमिया, हेमोफिलिया जस्ता वंशाणुगत रोगहरू भएको कुनै पनि पारिवारिक इतिहास छ भने, तपाईंले वंशाणुक्रम रोगहरूको सम्भावना बुझ्नको लागि उचित चेक-अप प्राप्त गर्नुपर्छ।
      • तपाईंलाई कुनै पनि यौन सम्पर्कबाट सर्ने बिमारीको संदिग्ध भएमा, कृपया भ्रूणलाई कुनै पनि प्रसारण नगर्नका लागि सम्भव भएसम्म छिटो चिकित्सकसँग परामर्श लिनुहोस्।
    • औषधिहरू र लागू औषधको प्रयोग
      • केही औषधिहरूले भ्रूणको विकास र स्वास्थ्यमा प्रभाव पार्न सक्छ। तपाईंले लामो समयदेखि औषधिहरू लिइरहनुभएको छ भने, कृपया सुझाव-सल्लाहको लागि आफ्नो चिकित्सकसँग परामर्श लिनुहोस्।
    • खोप
      • गर्भवती महिला ठेउला वा रूबेलाबाट संक्रमित हुनुहुन्छ भने, यसले भ्रूणमा जन्मजात असंगति निम्त्याउन सक्छ। हेपाटाइटिस B सर्फेस एन्टिजेन पोजेटिभ भएका गर्भवती महिलाहरूले डेलिभरीको अवधिमा बच्चामा भाइरस स्थानान्तर गर्न सक्छन्। तपाईंले यी खोपहरू कहिल्यै पनि प्राप्त गर्नुभएको छैन भने, कृपया सुझाव-सल्लाहको लागि आफ्नो चिकित्सकसँग परामर्श लिनुहोस्।
    • सर्भिकल परीक्षण
      • सर्भिकल परीक्षणले सर्भिकल कोषहरूमा प्रारम्भिक पूर्व-क्यान्सरका परिवर्तनहरू पत्ता लगाउन सक्छ। पूर्व-क्यान्सरका परिवर्तनहरूको लागि केही उपचार गर्भावस्थाको अवधिमा उपयुक्त नहुन सक्छ। तपाईंलाई गर्भवति हुनुभन्द अगाडि परीक्षण गर्न र अग्रिम रूपमा उचित उपचार प्राप्त गर्न सिफारिस गरिन्छ।
  9. व्यक्तिगत सरसफाइको बारेमा सचेत रहनुहोस्

    केही पशु वा माटोमा ब्याक्टेरिया र परजीवीहरू समावेश हुन सक्छन्। तपाईं व्यक्तिगत सरसफाइको बारेमा सचेत रहनुपर्छ र पशुहरूलाई छोएपछि राम्रोसँग आफ्ना हातहरू धुनुपर्छ। पशुहरूको मलमूत्र सम्हाल्दा वा बोटबिरूवा सार्दा, पन्जाहरू लगाउनुहोस् र त्यसपछि राम्रोसँग हातहरू धुनुहोस्। घरपालुवा जनावरहरू भान्सामा जानुहुँदैन। तपाईंले यात्राको योजना बनाउनुहुन्छ भने, कृपया यात्रा अगाडि संक्रामक रोगको रोकथाम बारे चिकित्सा सुझाव-सल्लाह खोज्नुहोस्।

  10. मुखको स्वास्थ्य कायम राख्नुहोस्

    गर्भावस्थाभन्दा अगाडि दन्त चेक-अपको लागि जानुहोस्। गर्भावस्थाको अवधिमा कुनै पनि मुख वा दाँत सम्बन्धी समस्याहरूको रोकथाम गर्न दैनिक जीवनमा राम्रो मुखको स्याहार कायम राख्नुहोस्

  11. राम्रो मनोवैज्ञानिक तयारी गर्नुहोस्

    गर्भवती हुनु र आफ्नो नवजात शिशुलाई देख्न पाउनु भनेको जीवनकै सबैभन्दा महत्त्वपूर्ण र बिर्सिन नसिके क्षणहरू हुनेछन्। तपाईं गर्भावस्थाको लागि योजना बनाउँदा उत्साहित महसुस गर्न सक्नुहुन्छ तर तपाईं धैर्यहीन हुन सक्नुहुन्छ। गर्भवती हुनुदेखि लिएर बच्चाको जन्मपछि, तपाईं र तपाईंको साझेदार दुवैमा फरक-फरक भावनाहरू आउन सक्छ, जसमा चिन्ता, व्यग्रता, अतिसंवेदनशीलता, चिडचिडापन, स्नेह आदि पर्दछन्। शारीरिक असहजता, हर्मोन सम्बन्धी परिवर्तन, भूमिका परिवर्तन र बच्चाको स्याहार गर्नमा चुनौतीहरूका कारणले महिलाहरूलाई गर्भावस्थाको अवधिमा र बच्चाको जन्मपछि मनोदशा अशान्ती हुन सक्छ। राम्रो मानसिक स्वास्थ्य बढाउन र आमाबुवा बन्नको लागि राम्रोसँग तयारी गर्न, तपाईं र तपाईंको साझेदार:

    • गर्भवती हुनुभन्दा अगाडि परिवारको लागि आर्थिक योजना बनाएर आर्थिक रूपमा तयारी रहन सक्नुहुन्छ।
    • बालस्याहार प्रबन्धको लागि तयार रहन सक्नुहुन्छ, जस्तै आवश्यक भएमा परिवारका अन्य सदस्यहरूसँग बालस्याहारमा उहाँहरूको सहायताको लागि आवश्यकता बारे कुराकानी गर्ने।
    • अन्य नयाँ आमाबुवाले साझा गर्नुभएको अनुभवबाट गर्भावस्था र अभिभावकताको लागि वास्तविक अपेक्षाहरू स्थापना गर्न सक्नुहुन्छ।
    • एक-अर्कासँग पालन-पोषण समस्याहरूमा दृष्टिकोण र मान्यता बारे कुराहरू साझा गर्नुहोस् र आवश्यक भएमा प्रबन्धहरू मिलाउनुहोस्।
    • एक-अर्कासँग आन्तरिक र बलियो सम्बन्ध निर्माण गर्नुहोस्, जसकारण तपाईंको बच्चा मायाले भरिपूर्ण परिवारमा हुर्किनेछ।

    तपाईं वा तपाईंको साझेदारले निरन्तर भावनात्मक अशान्ती अनुभव गर्नुहुन्छ भने, सम्भव भएसम्म छिटो पेशेवरसँग मद्दत खोज्न आवश्यक हुन्छ।

बच्चाको अपेक्षा राख्ने

  • गर्भावस्थाको सम्भावना कसरी बढाउने?

    गर्भावस्थाको सम्भावना बढाउनको लागि नियमित रूपमा प्रत्येक दुई वा तीन दिनमा यौन सम्पर्क राख्नुहोस्।

    तपाईं आफ्नो साझेदारसँग विशेष कारणहरूले गर्दा बारम्बार यौन सम्पर्क राख्न सक्नुहुन्न भने, तपाईं गर्भावस्थाको सम्भावना बढाउनको लागि आफ्नो महिनावारी चक्रसँग परिचित हुने प्रयास गर्न र अण्डोत्सर्गको अवधिमा आफ्नो साझेदारसँग यौनजन्य समागम गर्न सक्नुहुन्छ। उदाहरणको लागि, 28 दिनको महिनावारी चक्र भएका महिलाहरूले सामान्यतया अर्को महिनावारी हुनुभन्दा 10 देखि 16 दिन अगाडि अण्डोत्सर्ग गर्छन्। यो प्रत्येक महिनावारी चक्रको लगभग 12 देखि 18 दिनमा (रजस्वलाको पहिलो दिनदेखि) हुन्छ।

तपाईंको जैविक चक्रमा परिवर्तन

  • शरीरको तापक्रममा परिवर्तन

    शरीरको तापक्रम अण्डोत्सर्ग अघिभन्दा 0.2 डिग्री सेल्सियससम्म उच्च हुनेछ।

  • म्युकसमा परिवर्तन

    अण्डोत्सर्ग हुने दिनसम्म, योनीबाट पानी बग्ने क्रम वृद्धि हुनेछ। डिस्चार्ज चिप्लो र स्पष्ट हुन्छ र काँचो अण्डाको सेतो भाग जस्तो देखिन्छ। यसले तन्काइरहन सकिन्छ ('स्पिनबार्केट')।

  • अण्डोत्सर्ग जाँचले तपाईंलाई अण्डोत्सर्ग पूर्वानुमान लगाउन मद्दत गर्न पनि सक्छ।

तपाईं गर्भवती हुन सक्नुहुन्न भने …

लगभग 80% देखि 90% सामान्य दम्पत्तिहरूले कुनै पनि जन्म नियन्त्रणबिना एक वर्षभित्र गर्भधारण गर्न/गराउन सक्छन्। यदि दम्पत्ति गर्भधारण गर्न असक्षम भएमा, चिकित्सा सुझाव-सल्लाह खोज्नुपर्छ। तपाईंले पहिले नै समस्याको समाधान गर्नुहुन्छ भने, गर्भावस्थाको सम्भावना बढी हुनेछ।

बाँझोपन बारे विवरणहरूका लागि, कृपया पारिवारिक स्वास्थ्य सेवाको वेबसाइटबाट सन्दर्भ लिनुहोस्।

स्वस्थ जीवनशैली कायम राख्न सिफारिस गरिन्छ, जसकारण तपाईं आफ्नो गर्भावस्था र बच्चाको स्याहारको लागि राम्रोसँग तयारी गर्न सक्नुहुन्छ।

गर्भावस्थाको लागि तयारी गर्ने सम्बन्धी सुझाव-सल्लाह

  • पौष्टिक खानाहरू, विशेषगरी प्रचुर मात्रामा फोलेट, फलाम, क्याल्सियम, आयोडीन, भिटामिन D भएका खानाहरू छनोट गर्नुहोस्।
  • दैनिक रूपमा 400 माइक्रोग्राम फोलिक एसिड पूरकहरू (1000 माइक्रोग्राम भन्दा बढी होइन) लिनुहोस्। आयोडीनको कमी नहुन दिनका लागि, तपाईं आयोडीन-समावेश भएको पूरक लिने विचार गर्न सक्नुहुन्छ। कृपया आफ्नो चिकित्सक वा आहार विशेषज्ञसँग परामर्श लिनुहोस्।
  • मिथाइलमर्कुरीको उच्च स्तर भएको माछा नखानुहोस्।
  • नपकाएको खाना नखानुहोस्।
  • प्रति हप्ता कम्तिमा 150 मिनेटको शारीरिक गतिविधि गर्नुहोस्।
  • स्वस्थ तौल कायम राख्नुहोस्। स्वस्थ तौल भएको महिला थप सजिलैसँग गर्भवती हुन सक्नुहुन्छ।
  • धुम्रपान गर्न र मदिराजन्य पेय पदार्थहरू पिउन छोड्नुहोस्। मदिरा र चुरोटले अण्डा र शुक्रकीटलाई खराब पार्छ र गर्भावस्थाको सम्भावना कम गराउँछ।
  • तपाईं र तपाईंको साझेदारलाई भएको कुनै पनि चिकित्सा इतिहास र वंशाणुगत पारिवारिक रोगहरू र संक्रामक रोगको रोकथाम बारे आफ्नो परिवारको चिकित्सकसँग कुरा गर्नुहोस्।
  • राम्रो मुखको स्वास्थ्य कायम राख्नुहोस्। यसले गर्भावस्थाको समयमा मुखका समस्याहरू नहुन दिन मद्दत गर्दछ।
  • व्यक्तिगत सरसफाइको बारेमा सचेत रहनुहोस् र बारम्बार हातहरू धुनुहोस्।
  • गर्भावस्था अगाडि तयार रहनुहोस् र आफ्नो बच्चालाई मायाले भरिपूर्ण परिवारमा हुर्किन दिनुहोस्।

पारिवारिक स्वास्थ्य सेवा
वेबसाइट:www.fhs.gov.hk
24-घण्टा उपलब्ध जानकारी हटलाइन:2112 9900