पालनपोषण शृङ्खलाहरू 22 – तपाईंको प्रिस्कुलरलाई लचिलो बन्न मद्दत गर्ने 1 (3 देखि 5 वर्ष उमेरको)

(Content revised 02/2014)

लचिलोपनको महत्त्व

हाम्रो जीचनहरूमा कठिनाइहरू अपरिहार्य हुन्छन्। नतिजाको रूपमा केही बालबालिकाले नतिजाको रूपमा चिडचिडे वा तनावयुक्त महसुस गर्नुहुन्छ भने अन्य यसमा समायोजित हुन सक्षम हुनुहुन्छ वा कठिनाइबाट तीव्र रूपमा रिकभर गर्नुहुन्छ। पछिल्लोले सामान्यतया लचिलोपन भने चिनिने सकारात्मक समायोजन प्रक्रियालाई चित्रण गर्छ। बालबालिका, जसले लचिलोपन प्रदर्शन गर्नुहुन्छ प्रायजसो कठिनाइको समयमा पनि अग्रसक्रिय र आशावादी रहनुहुन्छ। लचिलोपन देखाउने बालबालिकाहरू सक्षम, आत्मविश्वासी, स्वस्थ, उच्च शैक्षिक उपलब्धि प्राप्त गरेको र विद्यालयमा अध्ययनहरूमा थप सन्तोषजनक रहेको अनुसन्धानले संकेत गरेको छ।

तपाईंले आफ्नो प्रिस्कुलरमा गुणहरूको निर्माण गरेर र उहाँको वातावरणमा तत्त्वहरूलाई बढाएर लचिलो बन्न मद्दत गर्न सक्नुहुन्छ। बच्चाभित्र लचिलोपनलाई सुविधाजनक बनाउने मुख्य गुणहरू आत्म सम्मान, आशावाद, आशा, सञ्चार र समस्या समाधान गर्ने सीपहरू हुन्। सकारात्मक अभिभावकत्व, समर्थन र विद्यालयसँगको सहकार्य समानरूपमा महत्त्वपूर्ण वातावरणीय तत्त्वहरू हुन्।

तपाईंको बच्चाभित्र गुणहरूको विकास गर्ने

आत्म सम्मान

आत्म सम्मान भनेको व्यक्तिले आफ्नो बारेमा महसुस गर्ने गुणको भाव हो। उच्च आत्म सम्मानले कठिनाइको समयमा नैतिक पतनको विरूद्ध प्रतिरोध गर्छ। अर्कोतर्फ, न्युन आत्म सम्मान भएका बालबालिकामा असफलता र अस्वीकरणले उहाँहरूको आत्मविश्वासलाई असर गरेको हुनसक्छ। तपाईंले निम्न कार्य गरेर आफ्नो बच्चाको आत्म सम्मानलाई बढाउन सक्नुहुन्छ:

  • आफ्नो बच्चालाई माया र ध्यानाकर्षण देखाउने
    • आफ्नो बच्चालाई गैर-मौखिक (उदाहरणको लागि मुस्कान, अंकमाल, थपडी) को साथसाथै मौखिक (उदाहरणको लागि “मैले तिमीलाई सधैव माया गर्नेछु, मेरो सानो मायालु") माध्यमद्वारा माया देखाउनुहोस् र ध्यान दिनुहोस्।
    • सबै बालबालिकाले कहिलेकाहीँ अभद्र व्यवहार गर्नुहुन्छ। तपाईंको बच्चामा (उदाहरणको लागि “तिमी खराब छौं”) नभई बच्चाको अनुपयुक्त व्यवहारमा (उदाहरणको लागि “झगडा गर्नु गलत हो”) अस्वीकृति जनाउनुहोस्।
    • आफ्नो बच्चालाई जस्तो हुनुहुन्छ त्यस्तै स्वीकार गर्नुहोस् ताकी उहाँले पनि आफुलाई स्वीकार्न सिक्नुहुनेछ।
  • तपाईंको बच्चाको सबल पक्षहरूलाई प्रशंसा गर्ने
    • तपाईंको सकारात्मक प्रतिक्रियाद्वारा बच्चाले आफ्नो व्यक्तिगत सबलताहरूको पहिचान गरेपछि आत्म सम्मानको विकास हुन्छ।
    • आफ्नो बच्चाको रुचि र सबलताहरूलाई पहिचान गर्नुहोस्, उदाहरणको लागि भकुण्डो खेल्ने, पढ्ने, राम्रो सहयोगी बन्ने आदि।
    • उहाँको सबलताहरूलाई पूर्ण सक्षमतामा विकास गर्नको लागि वास्तविक र प्राप्य लक्ष्य तय गर्नुहोस्। तपाईंको बच्चाको क्षमतासँग मेल खाने स्तरबाट सुरु गर्नुहोस्। उदाहरणको लागि, तपाईंको 3 वर्षको बच्चासँग विवरणसहितको चित्रको अपेक्षा गर्नुभन्दा केरमेट गर्ने कार्यमा उहाँको उत्साहको प्रशंसा गर्नुहोस्। यसले एक पुरस्कृत सुरुवातको ग्यारेण्टी दिन्छ र तपाईंको बच्चाले आफ्नो पूर्ण सबलतालाई निरन्तर रूपमा प्राप्त गर्ने सम्भावना हुन्छ।
  • तपाईंको बच्चाको सकारात्मक आत्म-छवि को विकास गर्ने
    • तपाईंको बच्चाको बारेमा तपाईंको रचनात्मक मूल्याङ्कनले सकारात्मक आत्म-छविको उहाँको विकासलाई सहज बनाउनेछ।
    • तपाईंको बच्चाले कुनै सकारात्मक व्यवहार र उपलब्धि देखाउने बित्तिकै आफ्नो प्रशंसा अभिव्यक्त गर्ने हरेक अवसरलाई पक्रनुहोस्। प्रशंसा विशिष्ट हुनुपर्छ, उदाहरणको लागि “खेल खेलेपछि खेलौनाहरूलाई राख्नुभएकोमा धन्यवाद”
    • जति नै सानो भएपनि तपाईंको बच्चाले पूरा गर्नुभएको कार्यलाई उहाँसँग बसेर समीक्षा गर्नुहोस्

सकारात्मकता र आशावादी दृष्टिकोण

बालबालिकाहरूले चुनौतीहरूलाई सकारात्मक रूपमा हेर्ने गरेमा कठिनाइका क्षतिपुर्ण असरलाई कम गर्न सकिन्छ। सकारात्मक बालबालिकाहरूले सकारात्मक रूपमा सोच्नुहुन्छ र श्रेष्ठताको महसुस गर्नुहुन्छ। आफ्नो कार्यहरूले नतिजालाई असर गर्छ भन्ने सोच्ने भएकाले उहाँहरूले सजिलै हार मान्नुहुन्न। साथै, आशावादी मनोवृत्ति भएका बालबालिकाहरूले आफ्नो दिशा चिन्नुहुन्छ र कठिन समयमा पनि प्रगति गर्न प्रेरित हुनुहुन्छ। तपाईंले निम्न तरिकाले आफ्नो बच्चाको सकारात्मकता र आशालाई विकास गर्न मद्दत गर्न सक्नुहुन्छ:

*सकारात्मकताको विकास गर्ने
तपाईंको बच्चालाई कठिनाइलाई निम्न रूपमा हेर्न मद्दत गर्नुहोस्: नभन्नुहोस्:
  • अस्थायी उदाहरणको लागि “तपाईंले यो पटक गोल गर्न सक्नुभएन, यसको अर्थ अर्को पटक पनि सक्नुहुन्न भन्ने होइन। प्रयास गरिराख्नुहोस र तपाईंले यो गर्न सक्नुहुन्छ भनी म विश्वस्त छु।”
  • “तपाईं सधैँ गोल गर्न असफल हुनुहुन्छ!”
  • “तपाईंले कहिल्यै गोल गर्न सक्नुहुनेछैन!”
  • त्यो विशिष्ट कार्यक्रमको लागि उदाहरण “माफ गर्नुहोस् तपाईंले खेल हार्नुभयो”
  • “तपाईंले कुनै पनि खेलहरू राम्री खेल्न सिक्न सक्नुहुन्न।”
  • बाह्य तत्त्वहरूको परिणाम स्वरुप उदाहरणको लागि “तपाईंसँग खेल जित्नको लागि पर्याप्त अभ्यास थिएन”
  • “तपाईं खेल जित्नको लागि अत्यन्तै मुर्ख हुनुहुन्छ।”

तपाईंले बोल्नुभएको शब्दहरूले तपाईंको बच्चाको सकारात्मकतामा अतयन्तै असर गर्नेछन्। तपाईंको बच्चाले कार्य पूरा गर्दा वा उपलब्धि प्राप्त गर्दा, उहाँलाई निरुत्साहित गर्ने प्रकारका वाक्यहरू नबोल्नुहोस् जस्तै, “धेरै उत्साहित नहुनुहोस्!” यो पटक मात्र यसलाई बनाउनुभयो”, “तपाईं चित्रकलामा मात्र राम्रो हुनुहुन्छ” वा “तपाईं भाग्यशाली मात्र हुनुहुन्छ।” त्यसको सट्टामा, उहाँलाई प्रशंसा र प्रोत्साहन गर्नुहोस्, “तपाईंले यो बनाउनुभयो!” वा “तपाईं चित्रकलामा एकदमै सिपालु हुनुहुन्छ।”

  • निपुणताको भावनालाई प्रवर्द्धन गर्ने
    • तपाईंको बच्चाको विकासको स्तरको लागि उपयुक्त खेलौनाहरू चयन गर्नुहोस्। तपाईंको बच्चाको नियन्त्रण भएको र कार्यहरूमा प्रतिक्रिया जनाउने खेलौना र औजारहरू निपुणतालाई प्रवर्द्धन गर्ने प्रकारका हुन्छन्। यिनीहरूले तपाईंको बच्चाको कार्यहरू र परिणामको बीचमा सहज सम्बन्धको विकास गर्छन्। उदाहरणको लागि, एक वर्षको बच्चाले बटनहरू दबाउँदा संगीत बजेको सुनेर आनन्द लिनुहुनेछ; र चार वर्षको बच्चाले सजिलै कैँचीको प्रयोग गर्नुहुनेछ।
    • बालबालिकाहरू जिज्ञासाले भरिएको हुनुहुन्छ। प्रायजसो, तपाईंले उहाँहरू सिक्न तयार हुनुभएको छ भनी सोच्नुभन्दा अगाडि नै उहाँहरूले वयस्कको व्यवहारको नक्कल गर्नुहुन्छ। तपाईंको बच्चाले एकपटक रुचि देखाएपछि, उहाँलाई खाने र कपडा लगाउने जस्ता स्वयं-स्याहार क्रियाकलापहरूमा सहभागी हुन प्रोत्साहित गर्नुहोस्।
    • बच्चालाई उचित सीमाभित्र रहेर विकल्पहरू प्रदान गर्नुहोस् (उदाहरणको लागि दुई वा तीन विकल्पहरू), जस्तै उहाँको रोजाइको कपडा, स्न्याक, खेलौना र पढ्नको लागि पुस्तकहरू।
    • तपाईंको बच्चालाई उद्देश्य सेटिङसँग परिचित गराउनुहोस्। लक्ष्य विशिष्ट र प्राप्य हुनुपर्छ, उदाहरणको लागि “टिभी हेर्नुभन्दा अगाडि चित्र बनाएर सकौं”।
    • तपाईंको बच्चालाई चरणबद्ध रूपमा लक्ष्य प्राप्त गर्न सहयोग गर्नुहोस्। उदाहरणको लागिम उहाँलाई तस्विर पूरा गर्न निर्देशित गर्नुहोस्, “कुकुरको छेउमा अन्य केहीको चित्र कोर्न चाहनुहुन्छ? थप रङहरू भर्न चाहनुहुन्छ?” प्रोत्साहित गर्नुहोस् र प्रयास गरेकोमा प्रशंसा गर्नुहोस्। “लगभग सकियो। कस्तो रङ्गिन चित्र!”
  • आशालाई बढाउने
    • आफ्नो बच्चाको रोल मोडलको रूपमा कार्य गर्नुहोस् र जीवनको आशावादी दृष्टिकोण प्रदर्शन गर्नुहोस्, उदाहरणको लागि, "मैले यो पसलमा आफ्नो लागि सही आकारको टि-शर्ट भेटिन, मलाई लाग्छ मैले अर्को पसलमा भेटाउन सक्छु"।
    • आफ्नो बच्चासँग 'कछुवा र खरायो' र 'होल्याण्डको सानो हिरो' जस्ता आशा र दृढताको विचारहरूलाई व्यक्त गर्ने कथाहरू पढ्नुहोस्।
    • तपाईंको बच्चाको निरूत्साहित विचारहरूलाई उत्साहजनकसशक्त बनाउनुहोस्। उदाहरणको लागि, तपाईंको बच्चाले “म सधैँ शिक्षकबाट स्टिकर लिने कार्यमा असफल हुन्छु” भन्दा, तपाईंले “तपाईंले आज आफ्नो शिक्षकबाट स्टिकर प्राप्त गर्नुभएन भनी प्रतिक्रिया जनाउन सक्नुहुन्छ। ठीक छ! केही छैन, आफ्नो लागि खुसी हुनुहोस्! भोलि फेरि प्रयास गर्नुहोस्!”
    • तपाईंको बच्चालाई गल्ती वा कठिनाइहरूबाट पाठ सिक्न मद्दत गर्नुहोस्। तपाइमले विकल्पहरूतर्फ उहाँलाई निर्देशित गर्नुभन्दा अगाडि समाधानहरू उत्पादन गर्न दिनुहोस्। उदाहरणको लागि, तपाईंले असफलताको कारणहरू पहिचान गर्न निर्देशित गर्न सक्नुहुन्छ र “अर्को पटक पुरस्कार पाउनको लागि के कुरा फरक गर्न सक्नुहुन्छ?” भनी सोध्न सक्नुहुन्छ।

सञ्चार र समस्या समाधान सीपहरू

सञ्चार र समस्या समाधान सीपहरू भएका बालबालिकाहरू कठिनाइहरूलाई सुल्झाउन सक्षम हुनुहुन्छ। सञ्चालन गर्ने सिद्धान्तहरू निम्न छन्:

  1. तपाईंको बच्चालाई आफुलाई अभिव्यक्त गर्नको लागि प्रोत्साहित गर्ने
  2. उहाँको लागि समस्याहरू समाधान नगरी उहाँ आफैलाई समस्या समाधान गर्न दिने।
  • सञ्चार सीपहरूलाई बढाउने
    • तपाईंको बच्चालाई उहाँका विचार र भावनाहरूलाई अभिव्यक्त गर्न प्रोत्साहित गर्नुहोस् र सुविधा दिनुहोस्। उदाहरणको लागि, “तपाईंको टेडी हराएदेखि तपाइं एकदमै चुपचाप हुनुभएको छ। आउनुहोस्, कस्तो महसुस भइरहेको छ भनी बताउनुहोस्?” तपाईंको बच्चा चुप रहनुहुन्छ भने, “तपाइं हराएको टेडीको बारेमा निराश हुनुहुन्छ? मलाई त्यसको बारेमा बताउनुहोस्” भनी सोध्नुहोस्।
    • असन्तुष्टि जनाउने, रिसाउने वा आक्रामक हुनेजस्ता अनिच्छित व्यवहारहरूद्वारा अभिव्यक्तिलाई निरूत्साहित गर्नुहोस्। उहाँलाई शान्त रहने समय दिनेजस्ता परिणामहरू दिनुहोस्। तपाईंहरू दुबै जना शान्त भएको अन्य कुनै समयमा उहाँलाई सामाजिक रुपमा स्वीकार्य तरिका ले भावनाहरूलाई कसरी अभिव्यक्त गर्ने भनी सिकाउने अवसरहरू खोज्नुहोस्।
    • वार्तालापमा पालो लिने बानी सम्झाउनुहोस् र अभ्यास गर्नुहोस् उदाहरणको लागि “ठीक छ! म पहिले तपाईंको कुरा सुन्छु र त्यसपछि मेरो बोल्ने पालो आउनेछ।”
    • काल्पनिक खेलद्वारा तपाईंको बच्चालाई सञ्चार सीपहरूको अभ्यास गर्न प्रोत्साहित गर्नुहोस्। उदाहरणको लागि, उहाँले चिकित्सकको भूमिका निभाउँदा सुन्ने र प्रश्न गर्ने अभ्यास गर्न सक्नुहुन्छ; उहाँले बिरामीको भूमिका निभाउँदा भावनाहरू अभिव्यक्त गर्ने अभ्यास गर्न सक्नुहुन्छ।

यस अभिभावकत्व श्रृङ्खलाहरूको हातेपर्चा 13 ले सञ्चार सीपहरूको विकासको व्याख्या गर्छ भने हातेपर्चा 16 ले थप विवरणमा व्यवहार व्यवस्थापनको व्याख्या गर्छ।

  • समस्या समाधान सीपहरूको विकास गर्ने
    • खेलहरूद्वारा समास्या समाधान गर्नेचुनौतीहरूको सामना गर्ने रुचि जगाउनुहोस्, उदाहरणको लागि सामान्य जिग्स पजल, मोडेल रेलमार्ग बिल्डिङ्ग र काल्पनिक खेल।
    • तपाईंको बच्चालाई समस्याको पहिचान गर्नस्पष्ट हुनमा मद्दत गर्नुहोस्। उदाहरणको लागि, तपाईंले आफ्नो बच्चालाई ‘तीन साना सुँगुरहरू’ पढेर सुनाउँदा “पहिलो सुँगुर किन खतरामा पर‍यो?” भनी सोच्न प्रोत्साहित गर्नुहोस्
    • तपाईंको बच्चालाई सकेसम्म धेरै समाधानहरू उत्पादन गर्न प्रोत्साहित गर्नुहोस्
    • तपाईंको बच्चालाई समाधान छनोट गर्न मद्दत गर्नुहोस्। उहाँलाई निर्णय गर्न गाह्रो भएमा केही विकल्पहरू उपलब्ध गराउनुहोस्, उदाहरणको लागि “तपाईं चित्र बनाउनको लागि पेन्सिल प्रयोग गर्न चाहनुहुन्छ वा पेन?”

संक्षेपमा, तपाईंले आफ्नो बच्चालाई सकारात्मकता, आशावाद र आत्मविश्वासको साथ कठिनाइको सामना गर्न र समस्याहरूको समाधान गर्न मद्दत गरेर आफ्नो बच्चाको लचिलोपनलाई वृद्धि गर्न सक्नुहुन्छ। एउटा बच्चामा गुणहरूलाई बढाउने विषयमा चर्चा गरेपछि तपाईंले आफ्नो बच्चामा लचिलोपनालाई विकास गर्ने वातावरणीय तत्त्वहरूको बारेमा अभिभावकत्व श्रृङ्खलाहरूको हातेपर्चा 23 तपाईंको प्रिस्कुलरलाई लचिलो बन्न मद्दत गर्ने पढ्न सक्नुहुन्छ।

हामीसँग गर्भवती आमा र बालबालिकाहरूको अभिभावक र प्रिस्कूलका बालबालिकाहरूको लागि बाल स्याहार र अभिभावकत्वको बारेमा “सुखद पालन-पोषण!” कार्यशाला र पुस्तिकाको श्रृंखलाहरू छन्। कृपया जानकारीको लागि हाम्रो स्वास्थ्यस्याहार कर्मचारीलाई सम्पर्क गर्नुहोस्।