सुरक्षित सुताई मिठो सपना

(03/2019 मा संसोधन गरिएको विषयवस्तु)

आफ्नो बच्चालाई सुताईसँग सम्बन्धित दुर्घटनाहरू र शिशुको आकस्मिक मृत्यु लक्षण (SIDS) बाट बचाउनुहोस्

हामी सबै आफ्नो बच्चा दृढताले सुतोस् भन्ने चाहन्छौं। आफ्नो बच्चाको लागि सुरक्षित सुताईबारे ध्यान राख्न र सुरक्षित सुत्ने वातावरण सिर्जना गर्न महत्त्वपूर्ण हुन्छ जसकारण तपाईं दुबैजना आनन्दसँग सुत्न सक्नुहुन्छ।

उपयुक्त उपायहरू अपनाउनाले सुताईसँग सम्बन्धित दुर्घटनाहरू र शिशुको आकस्मिक मृत्यु लक्षण (SIDS) को जोखिम कम हुन सक्छ।

I. सुरक्षित सुताई आसन

आफ्नो बच्चालाई उत्तानो पारेर सुताउनुहोस्
  • बच्चाहरूलाई घोप्टो पारेर तथा छड्के पारेर सुताउनु भन्दा उत्तान्नो पारेर सुताउँदा सुरक्षित र एकदमै सहि सुताई आसन हुन्छ।
  • सुत्ने अवधिमा आफ्नो बच्चाका अनुहार र हातहरू ढाकिएको छैन भनी सुनिश्चित गर्नुहोस्।

उत्तानो पारेर सुताउँदा यसले तपाईंको बच्चालाई निम्न फाइदाहरू दिन्छ:

  • सजिलोसँग श्वासप्रश्वास गर्न सबैभन्दा राम्रो तरिका
  • धेरै तातिंदा चिसो गराउने सबैभन्दा राम्रो अवसर
  • पल्टिएर घोप्टो पर्न वा बिस्तराको तन्नामुनि पस्नबाट बचाउने सबैभन्दा राम्रो आसन

बाल्यावस्थामा सुताईसँग सम्बन्धित दुर्घटनाहरूमा निम्न कुराहरू समावेश हुन्छन्:

  1. शिशुको आकस्मिक मृत्यु लक्षण (SIDS)
    • शिशुको आकस्मिक मृत्यु लक्षण (SIDS) वा कोक्रोमा मृत्यु हुने भनेको बच्चाको अज्ञात कारणले आकस्मिक, अनपेक्षित र रहस्यमय तरिकाले मृत्य हुने हो।
    • शिशुको आकस्मिक मृत्यु लक्षण (SIDS) ले सामान्यतया पहिलो 6 महिनाका बच्चाहरूलाई प्रभावित पार्दछ जुन 2 देखि 3 महिनाको उमेरमा उच्च हुन्छ। यो बच्चाहरूमा सुताई सम्बन्धित मृत्यु हुने मुख्य कारण हो।
    • उत्तानो पारेर सुताउनाले तपाईंको बच्चा शिशुको आकस्मिक मृत्यु लक्षण (SIDS) बाट उत्कृष्ट रूपमा सुरक्षित रहनुहुन्छ।
  2. श्वास रोकिने, बिस्तराबाट खस्ने, आदि जस्ता अन्य कारणहरू।

II. सुरक्षित सुताई वातावरण

  1. तपाईंले आफ्नो बच्चालाई एउटै कोठाका छुट्टै बिस्तरामा सुताउनुपर्छ

    तपाईंको बच्चाको सुरक्षाको साथसाथै सहज स्याहारको लागि, एक वर्ष (विशेष रूपमा पहिलो 6 महिना) भन्दा मुनिका बच्चाहरूलाई आफ्नो बिस्तराको छेउको कोक्रोमा सुताउन सिफारिस गरिन्छ।

    आफ्नो सुत्ने कोठामा कोक्रो राख्न सम्भव हुँदैन भने, तपाईंले आफ्नो बच्चालाई आफूबाट छुट्टै क्रेडलमा राख्न सक्नुहुन्छ। बच्चाको आफ्नै ब्लाङकेट हुनुपर्छ। श्वास रोकिनबाट बचाउन उहाँको टाउको र अनुहार तपाईंको बिस्तराले ढाकिएको छैन भनी सुनिश्चित गर्नुहोस्।

  2. आफ्नो बच्चाको बिस्तरामा वस्तुहरू नराख्नुहोस्

    आफ्नो बच्चालाई श्वास रोकिनबाट बचाउन उहाँ सुत्ने ठाउँमा नरम वस्तुहरू तथा खुल्ला विस्तारा नराख्नुहोस्।उदाहरणहरूमा सिरानी, डायपर, भुवादार ब्लाङकेट वा डुवेट, बम्परहरू जस्तो सिरानी, भरिएका खेलौनाहरू, आदि समावेश हुन्छन्।

  3. म्याट्रेस र कोक्रो सुरक्षा
    • म्याट्रेस र कोक्रोको छेउछेउ बीच कुनै पनि खाली ठाउँ नराख्नुहोस्।
    • कोक्रोको ठाडो डण्डीहरूको दूरी 6 सेमि भन्दा कम हुनुपर्छ।
    • बच्चा कोक्रोमा सुत्दाखेरी कोक्रोका डण्डाहरूलाई माथि तान्नुहोस् र लक गर्नुहोस्।
    • मजबूत र राम्रोसँग मिलाइएको म्याट्रेसको प्रयोग गर्नुहोस्। बच्चालाई कहिल्यै पनि गद्दा, सिरानी, भेडाको छाला, बिन ब्याग वा सोफा आदिमा नराख्नुहोस्।
  4. धुम्रपान रहित वातावरण कायम राख्नुहोस्

    धुम्रपान नगर्ने। आमाहरूले गर्भावस्थाको अवधिमा धुम्रपान गर्नाले र बच्चाहरू दोस्रो व्यक्तिको घुम्रपानले प्रभावित भएमा शिशुको आकस्मिक मृत्यु लक्षण (SIDS) को जोखिम बढ्ने कुरालाई संकेत गर्ने प्रमाण भेटिएको छ।

  5. आरामदायक तापक्रम कायम राख्नुहोस्

    बच्चाहरूलाई हलुका कपडा लगाइदिन विशेष प्राथमिकता दिइन्छ। आफ्नो बच्चालाई धेरै कपडा लगाएदिएर वा कपडाले ढाकेर एकदमै तातो नगराउनुहोस्। कोठामा आरामदायक तापक्रमको साथमा राम्ररी हावा खेल्ने स्थान गराउन सम्झनुहोस्।

III. स्तनपान

आफ्नो बच्चालाई स्तनपान गराउनुहोस्

अनुसन्धानले स्तनपान गराउनाले शिशुको आकस्मिक मृत्यु लक्षण (SIDS) विरूद्ध सम्भवत: प्रत्यक्ष सुरक्षात्मक प्रभाव पुर्याउँछ भनी देखाएको छ। हामीले दुवै बच्चा र आमालाई अन्य धेरै स्वास्थ्य लाभहरू उपलब्ध गराउने स्तनपानलाई दृढ रूपमा प्रोत्साहन गर्छौं।

IV. खोप

आफ्नो बच्चालाई पू्र्णरूपमा खोप लगाउनुहोस्

आफ्नो बच्चालाई पूर्ण रूपमा खोप लगाउनुहोस्। खोपले संक्रमणबाट बचाउन सक्छ र शिशुको आकस्मिक मृत्यु लक्षण (SIDS) को जोखिमलाई घटाउँछ भनी हालैका प्रमाणले देखाएको छ।

एउटै बिस्तरामा सुत्नाले निम्न अवस्थाहरू विशेषत:मै खतरनाक हुन सक्छन्:

  • तपाईंसँग एउटै बिस्तरामा सुत्ने बच्चा परिपक्क, कम जन्म तौल भएको वा 4 महिनाले सानो हुनुहुन्छ।
  • बच्चा धुम्रपान गर्ने व्यक्ति वा गर्भावस्थाको अवधिमा धुम्रपान गर्ने आमासँग सुत्नुहुन्छ
  • बच्चासँग एउटै बिस्तरामा सुत्ने स्याहारकर्तामा थकान, मदिरा वा लागू औैषधको कारणले गर्दा सावधानी घटेको
  • नरम म्याट्रेस, खुल्ला बिस्तरा वा बिस्तरामा राख्ने सिरानी जस्ता भुवादार वस्तुहरू प्रयोग गर्ने वा आफ्नो बच्चालाई नरम सोफा, हलुका बिस्तरा, सोफा वा कुर्सी, आदि जस्ता स्थानमा राख्ने। यिनीहरूले विशेषगरी बच्चा अगाडितर्फ पल्टिदा उनीहरूको अनुहार वा टाउकोलाई ढाक्ने गर्न सक्छ
  • बच्चा आफ्नो आमाबुवा बाहेक अन्य व्यक्तिसँग सुत्दा (उदाहरण अन्य बालबालिका वा वयस्कहरू)

हाम्रो सिफारिस

आफ्नो बच्चालाई कोक्रोमा उत्तानो पारेर सुताउने!

तपाईंले अन्य सम्बन्धित सन्दर्भहरू पनि पढ्न सक्नुहुन्छ:

अडियो-भिजुअल संसाधनहरू:

प्राय सोधिने प्रश्नहरू

(1) स्तनपान सजिलो बनाउन, म मेरो बच्चासँग सुत्नुपर्छ?

केही आमाहरूलाई बारम्बार स्तनपान गराउन आवश्यक पर्न सक्छ; आफ्नो बिस्तराको ठीक छेउमा बच्चाको कोक्रो राख्नुनै सबैभन्दा उत्कृष्ट उपाय हुनेछ। यसरी, तपाईं उहाँलाई आवश्यक पर्ने जुनसुकै बेलामा आफ्नो बिस्तरामा बसेर वा पल्टेर स्तनपान गराउन सक्नुहुन्छ। आफ्नो बच्चा सन्तुष्ट भएपछि उहाँलाई आफ्नै कोक्रोमा राख्नुहोस्। त्यसो गर्नाले, यो सहज मात्रै नभएर यसले निम्न लाभहरू पनि पुर्याउन सक्छ:

  • तपाईंको बच्चा आफ्नो बिस्तरामा सुत्दा, तपाईं आनन्दले सुत्न सक्नुहुन्छ र तपाईंले आफ्नो बच्चाको सुरक्षाको बारेमा चिन्ता लिनुपर्दैन।
  • बच्चासँग एउटै बिस्तरा सत्न छोड्नाले शिशुको आकस्मिक मृत्यु लक्षण (SIDS) को जोखिमलाई घटाउन सक्छ।
  • यसले बच्चालाई निदाउनको लागि स्तनमा निर्भर रहने आवश्यकता बिना स्वस्थ सुत्ने बानी विकास गर्न मद्दत गर्छ।

(2) मेरो बच्चालाई बच्चाको सिरानीको आवश्यक पर्छ?

  • बच्चाहरू सामान्यतया सिरानी बिना नै राम्ररी सु।
  • अनुसन्धानले ठूला नरम सिरानीहरूले शिशुको आकस्मिक मृत्यु लक्षण (SIDS) को जोखिम बढाउने गरेको देखाउँछ र यिनीहरू बच्चाहरूको लागि सिफारिस गरिँदैन। सानो बच्चाका सिरानीहरू सुरक्षित छन् वा जोखिमपूर्ण छन् भन्ने विषयमा सीमित प्रमाण छ।

(3) मेरो वच्चाले शिशुको आकस्मिक मृत्यु लक्षण (SIDS) को जोखिमलाई कम गर्न डमीको प्रयोग गर्नुपर्छ?

  • अनुसन्धानले डमी प्रयोग गर्ने बच्चाहरूमा शिशुको आकस्मिक मृत्यु लक्षण (SIDS) हुने जोखिम कम हुने देखाएको छ।
  • यद्यपि, डमीको प्रयोगले ओटेटिस मिडिया (मध्यकानको शोथ) को जोखिमलाई बढाउन सक्छ।
  • डमीले केही बच्चाहरूमा पहिलो पटक स्तनपान गर्न सिक्दा प्रभाव पार्न सक्छ। त्यसैले तपाईंले स्तनपान गराउँदै हुनुहुन्छ भने, तपाईंले आफ्नो बच्चाको उमेर एक महिना भन्दा बढी पुगेको अवस्थामा राम्रोसँग स्तनपान गर्न सिकेको सुनिश्चित गर्न उहाँलाई डमी दिने विचार गर्न सक्नुहुन्छ।
  • बच्चालाई सुताउने समयमा मात्रै डमीको प्रयोग गर्नुहोस् र तपाईंको बच्चाले एकपटक सुतेको अवधिमा डमी खसाल्नुहुन्छ भने त्यसलाई पुन: राख्न आवश्यक पर्दैन।
  • आफ्नो बच्चालाई डमीको प्रयोग गर्न दबाव नदिनुहोस्।
  • डमीमा कुनै पनि गुलिया मिश्रण नलगाउनुहोस्। त्यसलाई प्राय: सफा गर्नुहोस् र नियमित रूपमा प्रतिस्थापन गर्नुहोस्।

(4) मैले मेरो बच्चालाई विस्तारामा सुताउँदा वाक्नबाट कसरी रोक्ने?

धेरैजसो नवजात शिशुहरूले उनीहरूको पाचन ग्रन्थ अपरिपक्क भएको कारण खाएपछि, डकार गर्दा वा पल्टिँदा थोरै वाक्ने गर्छन्। आफ्नो बच्चालाई वाक्ने सम्भावना कम गर्नमा मद्दत गर्न धेरै नखुवाउनुहोस्। बच्चाले अघाँएका सूत्रहरू देखाउँदा खुवाउन रोक्नुहोस्। आफ्नो बच्चालाई सधैँ खाना खुवाएपछि र उहाँले खाने समयमा सानो विश्राम लिँदा डकार गराउनुहोस्। उहाँलाई बिस्तरामा सुताउनुभन्दा अगाडि 10 देखि 20 मिनेटसम्म ठाडो स्थितिमा राख्दा वाक्न रोक्नमा मद्दत गर्न सक्छ। बिस्तरामा बच्चाको टाउकोलाई उठाउन कुनै आवश्यक पर्दैन। आफ्नो बच्चालाई उत्तानो पारेर सुताउने प्रक्रियालाई तपाईंले शिशुको आकस्मिक मृत्यु लक्षण (SIDS) रोकथाम गर्नमा मद्दत गर्नसक्ने सबैभन्दा उत्कृष्ट कार्य मानिन्छ र यसले नवजात बच्चाहरूमा अड्किने कुरालाई वृद्धि हुन दिनेछैन। त्यसैले तपाईंले यो सुताई आसनबारे चिन्ता लिनुपर्दैन।

तपाईंको बच्चालाई सन्चो छैन भने, कृपया आफ्ना चिकित्सकहरूबाट सुझाव-सल्लाह लिनुहोस्।

आफ्नो बच्चालाई सुत्ने अवधिमा सुरक्षित राख्नका लागि ध्यान दिनुपर्ने बुँदाहरू

  • बच्चालाई उहाँको अनुहार र हातहरू नढाकिने गरी बिस्तरामा उत्तानो पारेर सुताउनुहोस्
  • धुम्रपान-रहित वातावरण
  • आफ्नो बच्चा सुत्ने बिस्तरामा वस्तुहरू नराख्नुहोस्
  • बच्चालाई आफूसँगै एउटै कोठामा कोक्रोमा सुताउनुहोस्
  • ठोस म्याट्रेस प्रयोग गर्नुहोस्
  • आरामदायक तापक्रम